एजेन्सी : इस्लामिक मुलुकहरुको साझा संस्था (ओआईसी) ले काश्मीरको विषयमा पाकिस्तानलाई झड्का दिएको छ । ५७ मुस्लिम मुलुकहरुको शक्तिशाली संस्था ओआईसीले काश्मीरको विषयमा आफू नबोल्ने बताएको हो ।
पाकिस्तानले भारतले काश्मीरमा दमन गरेको आरोप लगाउँदै ओआईसीका सदस्य राष्ट्रका विदेश मन्त्रीहरुको सम्मेलनमा यस विषमा छलफल गर्न आग्रह गरेको थियो । पाकिसतानले यसअघि पनि विभिन्न पटक काश्मीरको विषयमा ओआईसीमा छलफल गराउन चाहेको थियो ।
तर, ओआईसी सदस्य राष्ट्रहरुले भने पाकिस्तानको प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए । उनीहरुले भारतको आन्तरिक मामिलामा आफूहरु नबोल्ने बताएका छन् ।
कानुनी र संवैधानिक रुपमा भारतमा पर्ने भूभागमा पाकिसतानले दाबी गर्दै पाकिसतानले काश्मीरमा भारतले लगाएको नियम उल्लंघन गर्न उकासिरहेको छ ।
भारतले काश्मीरका विषयमा प्रावधान गरिएको धारा ३७० सन् २०१९ ५ अगस्तमा खारेज गरेपछि यस विषयमा ओआईसीमा छलफल गराउने बताएको थियो । तर, ओआईसीले यस विषयमा मुख नखोल्ने जनाएको हो ।
ओआईसीले भनेको छ, “यो भारतको आन्तरिक मामिलाको विषय हो । कुनै पनि मुलुकले ऐतिहासिक निर्णयको विरुद्ध बोल्नु हुँदैन र अनावश्यक टिप्पणी गर्नु हुँदैन ।”
भारतले ५ अगस्तमा काश्मीर केन्द्र सरकारको अधिनमा आएको खुसीयालीमा पहिलो उत्सव मनाएका थिए ।
लामो समयदेखि इस्लामिक आतंकवादको केन्द्र बनेको काश्मीर केन्द्र शासनमा आएसँगै विकास र समृद्धिका कामहरु भइरहेका छन् भने काश्मीरीहरुको जीवनमा परिवर्तन आएको छ ।