No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव

एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताए।

अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकांक्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गरे।

‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विभिन्न खालका खेल भइरहेका छन्। यस व्यवस्थालाई संस्थागत गर्दै कार्यान्वयनका क्रममा देखिएका त्रुटी सच्याउने र समीक्षा गर्ने बेला भएको छ’, उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ बलियो र संस्थागत लोकतन्त्र नै हो। यसको विकल्प एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था वा कुनै प्रकारको तानाशाही शासन हुन सक्दैन।’

अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘व्यवस्थामाथि यस किसिमका प्रश्न किन आए भनेर हामीले समीक्षा गर्नुपर्दछ। हामीले बहुदल ल्याएको ३५ वर्षभन्दा बढी समय भयो। ३५ वर्षमा अनेकौँ सरकार बदलिए तर सुशासन दिन सकेनौँ। गरिबी, बेराजगारी घटाउन सकेनौँ। आर्थिक विकास गरी समृद्धिको बाटोमा जाने, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा सुधार गर्न सरकार चुकेको छ।’

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्वराजाका नामबाट तीनकुनेमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गरे। उनले हिंसात्मक, दुःखदायी र निन्दयीय घटनाका रूपमा त्यसलाई लिइनुपर्ने बताए।

क्लबका अध्यक्ष ऋषि धमलाले विद्यमान शासन व्यवस्थाका पक्षमा आफू र आफ्नो संस्था दृढ रहेको बताए। उनले पूर्वराजा पक्षधरहरूको आन्दोलनको निसानामा सञ्चार क्षेत्र परेकामा निन्दा गर्दै आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकलाई राज्यले सहिद घोषणा गर्नुपर्ने बताए। कार्यक्रममा क्लबका तर्फबाट पत्रकार रजकका परिवारलाई रु २५ हजार सहयोग उपलब्ध गराउने घोषणासमेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
पत्रकारिता : सत्यको बलिदान होइन, परिवर्तनको अभियान

पत्रकारिता : सत्यको बलिदान होइन, परिवर्तनको अभियान

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

रवीन्द्र र धवलसहित ४१ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

संयुक्त जनआन्दोलन गन्तव्य नजिक : धवल शम्शेर

संयुक्त जनआन्दोलन गन्तव्य नजिक : धवल शम्शेर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .