काठमाडौं। गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा हिस्सात्मक गतिविधि गरेको आरोपममा पक्राउ परेका ४१ जनालाइ थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरिएको छ
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिए।
काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियाेहो।
शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।