काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै उनले अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका हुन् ।
नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि कानूनी अड्चलन भए पनि अध्यादेशमार्फत् अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रूपमा भित्र्याउन पाउने प्रधानमन्त्रीको भनाइ छ ।
हिजो ९शुक्रबार०को मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ ।’