No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

खान युनिस। प्यालेस्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ।

दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताएका हुन्।

खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्यधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन्।

अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मंगलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गरेका छन्। ‘तीन दिनको शिशु र एक महिनाभन्दा कम उमेरका अर्को एक शिशु गरी अन्य दुई अत्यधिक तापक्रममा आएको गिरावटका कारण मृत्यु भएको छ,’ उनले भने।

गाजामा १४ महिनाभन्दा लामो युद्धका कारण विस्थापित भएका प्यालेस्टिनीहरूलाई संकेत गर्दै उनले भने, ‘उनीहरू टेन्टमा बस्छन् र जाडो यामसँगै पछिल्ला केही दिनमा चिसो बढेपछि उनीहरू बिरामी परेका र यो नै उनीहरूको मृत्युको कारण बनेको छ।’

‘टेन्टले चिसोबाट जोगाउँदैन, र रातको समयमा धेरै जाडो हुन्छ, न्यानो राख्ने कुनै उपाय छैन,’ फर्राले भने। विशेष गरी नवजात शिशुका लागि जोखिम तीव्र रहेको बताउँदै उनले अगाडि भने, ‘धेरै आमाहरू कुपोषणको सिकार हुन्छन् जसले गर्दा उनीहरूका बच्चाहरूले खाने दूधको गुणस्तरमा असर पार्छ।’

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीका क्रममा गाजा पट्टीका २४ लाख बासिन्दामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post
विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .