काठमाडौँ : पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै संयुक्त धार्मिक संगठन संघर्ष समितिले पशुपति क्षेत्रमा धर्ना दिएको छ ।
पशुपति दर्शन गर्न आउने भक्तजनका लागि पशुपतिनाथको दर्शन गर्न मन्दिर खुल्ला गर्नुपर्ने माग राख्दै समितिले पशुपतिको मुख्य द्धारमा धर्ना दिएको हो ।
बजार, यातायात सबै खुल्ला हुँदा पनि धार्मिक स्थल भने नखुलाएर सरकारले हिन्दुहरुको धार्मिक आस्थामाथि कुठाराघात गरेको पशुपतिथान सेवा संघका अध्यक्ष केदारमान भण्डारीले बताउनु भयो । पशुपतिथान खुल्ला गर्न आग्रह गर्दै आएको भएपनि सरकारले पशुपति खोल्ने विषयमा कुनै निर्देशन नदिएको भन्दै आफुहरुले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको उहाँले बताउनु भयो ।
विश्व हिन्दु महासंघ नेपालका महासचिव गणेश प्रसाद न्यौपानेले कोरोना संक्रमणका कारण विश्व भयावित भइरहेकको अवस्थामा सरकारले बन्द गर्नुपर्ने कुरा बन्द नगरेर पशुपति मन्दिर मात्र बन्द गरेको बताउनु भयो ।
उहाँले मन्दिर बन्द गरेर कोरोना कम नहुनेभन्दै सरकारलाई दवाव दिन ध्यान धर्ना कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
पशुपतिथान सेवा संघका अध्यक्ष केदारमान भण्डारी
विश्व हिन्दु महासंघ नेपालका महासचिव गणेश प्रसाद न्यौपाने
धर्नामा सहभागिहरुले सांकृतिक अतिक्रमण बन्द गर, राज्यले जनताको हक निषेध र नियन्त्रण गर्ने होइन, नियमित र व्यवस्थीत गरियोस् लगायतका प्लेकार्ड समेत बोकेका थिए ।