No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अब पालो बलात्कारीलाई तह लगाउने

अब पालो बलात्कारीलाई तह लगाउने

काठमाडौँ : एसिड अपराध विरुद्धको कानुन (अध्यादेश) ले पीडितलाई राहत र पीडकलाई कठाेर कारवाही हुने पक्का भएकाे छ । सरकारले फास्ट ट्‍याकबाट ल्याएको साे कानुनले एसिड पीडितको मुहारमा खुशी छाएको छ ।

 कानुनले क्रुर अपराधीलाई झस्काएको छ । अपराध गर्ने मनोवृत्तिलाई निरुत्साहित गर्न खोजेको छ ।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेको यो कामले जनभावनाकाे सम्बाेधन गरेकाे छ । जनतामा न्यायकाे आभाष दिलाएकाे छ । सरकारले जनतासामू गरेका बाचा पूरा गर्दै अघि बढेको अनुभूति दिएको छ  ।

सरकारका काँधमा अब अर्काे निक्कै ठूलाे जिम्मेवारी आइपुगेकाे छ – त्याे हाे बलात्कार विरूद्ध  कठाेर कानुन बनाउनु । सरकारले अब बलात्कारीलाई कडा भन्दा कडा सजाय दिने कानुन बनाउन तत्काल कदम चाल्नुपर्छ ।

यस्तो कानुन बनोस् बलात्कारी जीवनभर तड्पियोस र बलात्कारी सोच भएका नरपिचासले कुनैपनि छोरी चेलिमाथि शीर उठाएर हेर्ने आँट पनि नगरोस् ।  भोलि अर्कोले यस्तो अपराध गर्न डराओस् ।

मानवीय संवेदना हराएका केही मानिसकाे समाजमा विगविगी छ । तीनै मानवता विरोधी अपराधीकै कारण अहिले हाम्रा सञ्चारमाध्यम र सामाजिक सञ्जाल बलात्कारका समाचारले भरिएका छन् ।  जुन समाचार पढ्दा र सुन्दा पनि जीउ नै जिरिंगं हुन्छ।

केही दिन यता भएका बलात्कारका घटनाको विवरण सुन्दा पनि शरिर काप्छ । कैयौं छोरी-चेलीले बलात्कारीको चंगुलमा परेर तीनै मानवरूपी दानवकाे प्रहारबाट संसार छाडेका छन् । कोही पीडामै बाँचेका छन् त कोही जीवनदेखि हारेर सदाका लागि अस्ताएका छन् ।

नेपालमा जबरजस्ती करणीसम्बन्धी अपराधहरू बढ्दै गइरहेका छन् । बाहिर जिल्ला छाडाैं केही दिन अघि भक्तपुरमा सार्वजिक बसभित्रै एक किशाेरीमाथि सामूहिक बलात्कार भयाे । काठमाडौं उपत्यकामै सामूहिक बलात्कारका घटना हुनुले गम्भीर प्रश्न उठाएको छ । दुरदराजको अवस्था कस्तो होला ?  छोरीहरू कहिलेसम्म यसरी असुरक्षित हुने ?

सप्तरीकी १७ वर्षीया किशोरीले बलात्कार भएपछि न्याय माग्दा स्थानीय पञ्चले मेलमिलाप गराउन खोजेपछि आत्महत्या गरिन् । बझाङमा ससुरा, श्रीमान र काका ससुराबाट महिला बतात्कृत भएकी छिन् । बझाङकै मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कारपछि त्रिशुलले हानेर हत्या गरेका घटना प्रतिनिधि मात्र हुन् ।

सरकारका कारणले बलात्कारका घटना बढे भनेर आराेप लगाइन्छ । तर यसमा सरकारलाई दाेष दिनुभन्दा पहिला हरेक परिवार, समाज र स्थानीय तहले साेच्नुपर्छ । अपराधी चाहे जाे हाेस् त्यसलाई उम्कन दिनुहुँदैन ।

स्थानीय सरकारले यस्ता घटनामा कडा निगरानी गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला परिवाबाट नै सचेतना अभियान थाल्नुपर्ने देखिन्छ । तीनै तहका सरकारबीच समन्वय गरेर यी घटना न्यूनीकरणमा जाेड दिनुपर्छ ।

दूरदराजमा भइरहेका बलात्कार, अत्याचार र जघन्य अपराधका पीडितलाई न्यायको पहुँचमा ल्याउन जनप्रतिनिधि र राजनीतिक सामाजिक कार्यकर्ताको दायित्व मुख्य रहन्छ । उहाँहरू यसमा अडिग भएर लाग्नुपर्छ । सरकारलाई पूर्ण सहयाेग गर्नुपर्छ ।

संसदीय समितिमा बलात्कारीलाई कडा भन्दा कडा कारबाही गर्ने विषयमा निरन्तर छलफल भइरहेकाे सांसद् विन्दा पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार हिंसाका मुद्दाकाे निरन्तर सुनुवाई, जघन्य घटनाका अपराधीलाई श्रमशिविर-रसायनीक बन्ध्याकरण-आजीवन कैद, अन्तर्राष्ट्रिय कानुनकाे पुनरावलाेकबारे  सभामुख र अध्यक्ष-उपाध्यक्षसँग छलफल भएकाे छ ।

सांसद पाण्डेकै नेतृत्वमा संघीय संसद्काे दुबै सदनका महिला सांसद्‍बीच निरन्तर छलफल भइरहेकाे छ । सांसदहरूबीच अपराधीलाई गरिने कारबाहीबारेकाे बहस स्वागतयोग्य छ । अब याे बहस सरकारसँग पनि गरेर चाँडाे भन्दा चाँडाे कानुन बनाउनुपर्छ । पुराना कानुनलाई परिमार्जन गर्नुपर्छ । यस्ता अपराधविरूद्ध हातेमालाे गरेर अगाडि बढ्नुकाे विकल्प नभएकाे सांसद् पाण्डेकाे भनाइ छ ।

बलात्कारका अपराधीलाई मृ्त्युदण्ड दिनुपर्ने कुरा सांसद्हरूले उठाएका छन् । याे कुरा धेरैजसाे उठ्ने गर्छ । तर कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालमा मृत्युदण्डकाे कानुन बन्न नसक्के बताउनुहुन्छ ।

मन्त्री तुम्बाहाङ्फेले नेपालमा जस्तोसुकै गम्भीर अपराधमा संलग्न भए पनि अपराधीलाई मृत्युदण्ड दिन नसकिने बताउनुभयाे । अन्तर्राष्ट्रिय महासन्धीमा नेपालले गरेको हस्ताक्षर, नेपालकै संविधान लगायत व्यवस्थाले गर्दा कसैले चाहेर पनि नेपालमा मृत्युदण्डको सजाय लागू गर्न नसकिने उहाँकाे भनाइ छ ।

एसिड आक्रमणकारीलाई पछिल्लो समय केही कठोर कानुनी व्यवस्था सरकारले गरेकाे  उहाँ बताउनुहुन्छ । बलात्कार जस्ता जघन्य अपराधमा पनि कठाेर कानुन ल्याउन नसकिने तर मृत्युदण्डकाे सजाय हुन नसक्ने उहाँले बताउनुभयाे ।

एसिड पीडितकाे आवाज सुनुवाई भएपछि अब बलात्कार र जघन्य हिंसाका मुद्दामा कडा कानुन आउने अपेक्षा धेरैकाे छ । गाउँमा बलात्कारका घटना गुपचुप पार्ने गरेका समाचार पनि आउने गरेका छन् । यस्ता घटना लुकाउन खाेज्नेहरूलाई पनि कठाेर सजाय दिने कानुन बनाउन आवश्यक छ ।

त्यसैले अब सरकारले बलात्कारीलाई ठेगान लगाउने कानुन तत्काल बनाउनुपर्छ ।sunrisekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
प्रैसीडेंट ट्रम्प एडवाइजरी बोर्ड के मेम्बर बने कपूरथला के ग्रैंड मास्टर डॉ जसबीर सिंह –

प्रैसीडेंट ट्रम्प एडवाइजरी बोर्ड के मेम्बर बने कपूरथला के ग्रैंड मास्टर डॉ जसबीर सिंह -

चमार समाजद्धारा गोलबजारमा उदाहरणीय काम, आफुहरु दलित भएकै कारण वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार गरी बेवास्ताः उपाध्यक्ष महरा

चमार समाजद्धारा गोलबजारमा उदाहरणीय काम, आफुहरु दलित भएकै कारण वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार गरी बेवास्ताः उपाध्यक्ष महरा

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .