महेश सिंह लहान २ बैशाख – बोर्डिङ स्कुल तथा निजि बिधालय छाडेर सामुदायिक स्कुल लक्ष्मण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा २०८० देखि लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहानलाई शिक्षाको हब बनाउने उदेश्यले सामुदायिक बिधालयमा बोर्डिङ स्कुल जस्तै अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरेका छन्।
अङ्ग्रेजी माध्यमबाट पढाई सुरु हुँदा सिरहा सप्तरीमा बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरु निजी बिधालय छाडेर सामुदायिक बिधालय ल.ल.कु स्कुलमा भर्ना हुने गरेका छन। एक सुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षाको लागी अभिभावक र बिद्यार्थीको रोजाइमा ललकु स्कुल राम्रो रहेको अबिभावकले जनाए।
प्रहिलो शैक्षिकसत्रमा ईन्ट्रानको लागी ४ सय विद्यार्थी फर्म फिलप गरेका थिए भने नामङन २२९ जनाले भर्ना भएको थियो। त्यसै गरी २०८१ शैक्षिकसत्रको लागी ७ फर्म फिलप भएको थियो भने ५५० जनाले इनट्रान परिक्षामा सहभागी भएको मध्येबाट ३६० जना मात्र भर्ना गर्ने प्रधान अध्यापक शिव शंकर महतोले जनाए।
अब बोर्डिङ स्कुल पढाउन नसकिने अभिभावकहरुले थोरै पैसामा पढाउन मिलने ल.ल. कु. माध्यमिक बिधालयमा विद्यार्थी केन्द्रित हुन् लागेका हुन। लहानमा धेरै सामुदायिक माबी बिधालय मध्ये उक्त स्कुल जहिले नमुनाको रूपमा चिनिएका हुन्।
परिक्षाको गमन गर्न लहानका नगरप्रमुख महेश चौधरी,उप प्रमुख राम चलितर महतो, शिक्षा शखा प्रमुख अमिरी यादव शिक्षाको श्रोत ब्यक्ती मनोज कुमार यादव लगायतका सरोकारवालाले अनुगमन गरेका थिए।