वैशाख २ । शीतलताको प्रतीक मानिने जुडशीतल पर्व नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो ।
नयाँ वर्ष शुरू भएसँगै यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन् ।
जुडशितलको दिन मान्यजनबाट आशीर्वाद ग्रहण गरेपछि विभिन्न प्रकारका पकवान तयार गरेर चुल्होको पूजापाठ गरेर अनि खान पिन शुरू गरिन्छ । यस दिन एक अर्काको घरमा खाना खाने चलन रहेको पाईन्छ ।
जुडशितलको दिन खेतबारी र बोटबिरुवाको जरामा पानी हाल्ने काम समेत गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1