No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खुल्न थाले मुस्ताङका विद्यालय


खुल्न थाले मुस्ताङका विद्यालय

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा सञ्चालित सामूदायिक तथा निजी विद्यालय मंगलबारदेखि क्रमशः खुल्न थालेका छन् । यसअघि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९)कहरका कारण लामो समयदेखि यहाँको शैक्षिक पठन/पाठन ठप्प रहँदै आएको थियो ।  नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेसँगै यहाँका विद्यालयले सम्बन्धित तहको अनुमतिमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विद्यालय खोल्ने तैयारी गरेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका ८ वटा सामूदायिक विद्यालय मंगलबारबाट सञ्चालनमा आएका छन् । गाउँपालिका भित्रको २ निजी विद्यालय भने बुधबारदेखि सञ्चालनमा आउने जनाइएको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत हिमलाल शर्माले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शिक्षासँग सम्बन्धित सरोकारवालाबीचको छलफलपछि सहजीकरण निर्देशिका बमोजिम विद्यालयको शैक्षिक पठन/पाठन अघि बढाउने निर्णय भएको बताए ।

यसका लागि पालिकाले विद्यालय सञ्चालन पूर्व विद्यालयको परिवेशका आधारमा सहजीकरण निर्देशिकाले तोकेको मापदण्डमा आधारित रही सिकाइ क्रियाकलाप कार्ययोजना पेश गरेपछि शैक्षिक गतिविधि अघि बढाउन दिने अनुमति प्रदान गरेको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।

घरपझोङ गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले तोकेको मापदण्डमा रही विभिन्न ६ वटा अप्सनमा शैक्षिक गतिविधि अघि बढाउन सक्ने विद्यालयलाई जानकारी गराएको थियो।

जसका आधारमा पालिकाले उपलब्ध गराएको मापदण्ड अनुसार केही विद्यालयले जोर/विजोर प्रणाली र केहीले विभिन्न कक्षागत कार्यतालिका बनाएर शैक्षिक पठन/पाठन अघि बढाएको घरपझोङका शिक्षा अधिकृत शर्माले बताए ।

जिल्लाको थासाङ गाउँपालिकाले यसअघि नै वैकल्पिक प्रणाली अन्र्तगतको रेडियो र टेलिभिजन कक्षाको माध्यमबाट दुर शिक्षा पढाइ सञ्चालन गरेको थियो ।वैकल्पिक प्रणालीको निर्दैशिका जारी भएपछि थासाङले पालिका भित्रका ११ वटै विद्यालयमा असार १ देखि वैकल्पिक शिक्षा सहजीकरणको पठन-पाठनलाई निरन्तरता दिँदै आइरहेको शिक्षा अधिकृत टंकनाथ पौडेलले जानकारी दिए ।

उनले पछिल्लो समय निर्देशिका हेरफेरपछि आएको बिद्यार्थी शिकाई सहजीकरण निर्दैशिकाको जगमा रही यसअघिको वैकल्पिक प्रणालीको दूर शिक्षा पढाइको अनुभव संगाल्दै आवश्यक पामदण्ड अपनाइ पठन/पाठनलाई जारी राखेको बताए ।

यस्तै,मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका ३ बालविकास केन्द्र र १ गुम्बा विद्यालयसहित १७ विद्यालय पनि संञ्चालन गर्ने अन्तिम तयारीमा रहेको शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए । उनले पालिकाका अधिकाश शिक्षक जिल्ला बाहिर रहेकाले पालिकाले शिक्षकलाई कार्यक्षेत्रमा फर्किन आग्रह गरेको बताए ।

उनका अनुसार यसअघि वारागुङमा जननर्मल र जनशान्ति विद्यालयमा वैकल्पिक प्रणालीको दुर शिक्षा रेडियो र टेलिभिजनबाट पठाई भएकोमा आजै छेङ्गुर विद्यालय पनि संञ्चालनमा आएको र अन्य विद्यालय पनि क्रमश खुल्दै जाने उल्लेख गरे । ‘शिक्षक कार्यक्षेत्रमा आईपुगेका छन् ।यहाँ आएका शिक्षक क्वारेन्टाइनमा छन्, ‘उनले भने, ‘क्वारेन्टाइनबाट बाहिरिएपछि सजहजीकरण निर्देशिका बमोजिम पढाइ सुरु हुन्छ ।’

उपल्लो मुस्ताङमा सञ्चालनमा समस्या 

उपल्लो मुस्ताङमा विद्यालय सञ्चालनमा ल्याउन असजह परेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका शिक्षा अधिकृतहरुले बताए ।लोमान्थाङमा ४ वटा निजी गुम्बा विद्यालयले साविक बमोजिम शैक्षिक पठन/पाठन गरेपनि सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन कठिन परेको लोमान्थाङकी शिक्षा अधिकृत मिरादेवी शर्माले बताइन् ।

लोमान्थाङमा स्थानीय शिक्षक नभएको र सबै शिक्षक जिल्ला बाहिरका भएकाले बिद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार पठन/पाठन गर्न अप्ठ्यारो परेको उनले स्पष्ट पारिन् । उनले कोरोना कहर र लकडाउनले शिक्षक कार्यक्षेत्रमा आउन नसकेको शिक्षा अधिकृत शर्माले जनाईनन् ।पालिकाले सबै सामुदायिक विद्यालयका प्रअलाई कार्यक्षेत्रमा फर्किन आह्वान गरेर र उनीहरु आएपछि विद्यालयको प्रशासनिक ,वैकल्पिक विद्यार्थी सिकाइ सहजीकरण र पाठ्यपुस्तक वितरण गर्ने योजना रहेको शर्माले उल्लेख गरिन् ।

सरकारले जेठ २८ गते वैकल्पिक प्रणालीको रेडियो ,टेलिभिजन र अनलाइन कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको भएपनि शिक्षक नहुदाँ र विद्यार्थीको पहुचमा दूरशिक्षाको श्रोतसाधनको पहुँच नहुदा ६ महिना देखि पठन/पाठन ठप्पै भएको बताईन् । तर ,पालिकाको लोमान्थाङ-२ छोसेरस्थित दिव्यदिप माविमा भने एनबिआरआई संस्थाको संस्थाको सहयोगमा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई कल ट्रि शिक्षा दिँदै आएको बताइन् । यसप्रकारको कल ट्रि को माध्यमबाट शिक्षकले विद्यार्थीको फोन नम्बर संकलन गरी विद्यार्थीलाई होमवर्क दिने नबुझेका कुरा फोनबाट बताउने,घरमै बसेर पढेका विद्यार्थीको सिकाइमा सहजीकरण गर्ने गरिएको शिक्षा अधिकृत शर्माले उल्लेख गरिन् ।

यस्तै, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि विद्यार्थीको सिकाई सहजीकरण गराउन संञ्चारको पहुच नभएको शिक्षा अधिकृत प्रकास नेपालीले जानकारी दिए । उनले यसअघिको वैकल्पिक प्रणालीको शिक्षा उपलब्ध गराउन विद्यार्थीको पहुचमा रेडियो ,टेलिभिजन र अनलाइनको समस्या भएको र शिक्षकहरु समेत कार्यस्थलमा नभएकाले शैक्षिक गतिविधि गर्न समस्या परेको भएपनि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकापछि पालिकाले विद्यालय खोल्ने गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले पालिका भित्रको घमी र घिलिङका २ विद्यालयमा वैकल्पिक कक्षा भइरहेको र त्यसलाई औपचारिकरुपमै पढाउन अनुमति दिइएको बताए । शिक्षा अधिकृत नेपालीले विद्यालय खोल्ने बिषयमा अभिभावक समेत मानसिक रुपमा सहमत नभइसकेकाले विद्यालय खोल्ने पूर्ण वातावरण बन्न नसकेको स्पष्ट पारे । उनका अनुसार लोघेरमा पनि अधिकाश शिक्षक जिल्ला बाहिर रहेकाले कार्यक्षेत्रमा र्फिर्कन अनुरोध गरिएको र शिक्षक सबै आईपुगेपछि पालिका ,विद्यालय र सरोकारवालाको सहमतीमा विद्यालय खोल्ने तैयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

Next Post
मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

पुस्तक बितरणमा रोक शिक्षामन्त्री

पुस्तक बितरणमा रोक शिक्षामन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .