No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ।

उनलाई भारततिर लिएर जाँदै गरेका तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर-५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी-१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका-३ घर भएका सुनसरीको रामधुनी-५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन्। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ। प्रदीप उनका सहयोगी हुन्।

सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए। ‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजान खोज्नेलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।’ एसपी खड्काले पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पुर्‍याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रुपमा लिइएको बताए।

प्रहरी स्रोतका अनुसार दिदीसँग झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएको खुलेको छ। झुम्का बसाईकै क्रममा मनिकाको चिनजान किशोरीको परिवारसँग भएको र किशोरीकी आमाले उनलाई भान्जी भनेर बोलाउने गरेको पाइएको छ।

प्रहरीका अनुसार उनको तीन÷चार वर्षअघि फेसबुकमार्फत सप्तरी घर भएका सुमितसँग चिनजान भएको खुलेको छ। सम्पर्क बढेपछि नजिकिएका सुमितले किशोरीलाई विराटनगरसम्म ल्याउन मनिकालाई प्रयोग गरेको देखिने प्रहरीका एक अधिकारीले बताए। उनका अनुसार सुमितले सिकाए अनुसार मनिकाले आइतबार बिहान ७ बजेतिर विराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउनेभन्दै आमासँग अनुमति मागेर किशोरीलाई घरबाट ल्याएको खुलेको छ।

चिनजानकै युवतीले भनेपछि आमाले पनि सहज रुपमा छोरीलाई जान दिएको पाइएको छ। ‘कन्या (कुमारी) केटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर आमालाई विश्वस्त पारेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँमाथि मेरो पनि पैसा आउने भएकाले एउटा मोबाइलसमेत किनिदिन्छुभन्दै मनिकाले थप प्रलोभन देखाएको खुलेको छ।’

दुई घण्टामा आइपुग्छौं भनेर चिनजानकी युवतीसँग बिहान निस्किएकी छोरी साँझ पर्दा पनि नफर्किएपछि घरमा उनको खोजी भएको थियो। एक्कासी साना हातहरु नामक संस्थाले सोमबार साँझ फोन गर्दै छोरीलाई सीमा क्षेत्रबाट उद्धार गरिएको जानकारी आमालाई दिएको थियो। त्यस क्रममा किशोरीले मनिकासँगै नचिनेका दुई व्यक्तिले आफूलाई भारत पुर्‍याएको र भागेर नेपाल आउन सफल भएको आमालाई बताइन्।

गाडीबाट हामफालेर भागें : किशोरी 
सीमा कटाएर भारतीय भूमिमा पुर्‍याएपछि किशोरीलाई एउटा गाडीमा हालेर भारतको फारवेशगञ्जतर्फ लगेको खुलेको छ।

सीमा कटाएर जोगवनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन्। ‘मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले भनिन्, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए।’ त्यस क्रममा धेरै फकाउने काम उनीहरुले गरे पनि आफूले नमानेको उनले बताइन्।

बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएको किशोरीले बताएकी छन्। प्रहरीका अनुसार सुमितका भिनाजु रन्दीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ।

भिनाजु र उनका भाइ वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘नेपालबाट फारवेशगञ्ज पुर्‍याएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर बीचैमा सम्पर्क टुट्दा नेपाली किशोरीलाई उनीहरुको जिम्मा लगाउन असफल भएको देखिन्छ।’

प्रहरीका अनुसार किशोरीलाई लिएर जानेसँग नेपाली नम्बरको मोबाइल मात्रै थियो। नेपाली सीमले जोगवनीबाट फारवेशगञ्जतर्फ लागेपछि काम गरेन। नेपालबाट जानेसँग भारतीय नम्बरको सीम नभएका कारण उनीहरुबीच सम्पर्क टुटेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुबीच सम्पर्क टुटेसँगै युवाले शंकास्पद गतिविधी गर्न थालेको चाल पाएर आफू गाडीबाटै हामफालेर उम्किएको किशोरीले बताएकी छन्।

त्यसपछि किशोरीसँगै विराटनगरतर्फ आएका उनीहरुले इश्लामपुरमा भेट्दा शंकास्पद गतिविधि गरेको देखेपछि सोधीखोजी गर्न थालिएको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताए। ‘विराटनगरमा एक रात होटलमा राखेर भोलिपल्ट पुनः लगेर जिम्मा लगाउने योजना रहेछ,’ उनले भने, ‘भारत पुगेर फर्किदै गर्दा इश्लामपुरबाट प्रहरीको सहयोग लिएर किशोरीको उद्धार गर्दै उनलाई लिएर जाने तीन जनालाई नियन्त्रणमा लिन सकिएको हो।’

उद्धार गरिएका बेला किशोरी पूरै डराएको अवस्थामा रहेको बताउँदै श्रेष्ठले नियन्त्रणमा लिएर सोधीखोजी गर्दा झुक्याएर भारततर्फ लैजान खोजेको पाइएको जानकारी दिए। उनले दिउँसो १२ बजेपछि उनीहरु किशोरीलाई लिएर भारततर्फ छिरेको हुन सक्ने बताए।

१२ लाखमा भएको थियो ‘डिल’ 
सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको खुलेको छ। प्रहरी स्रोतका अनुसार किशोरी लगिदिए वापत १२ लाख रुपैयाँ भिनाजु र उनका भाइले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो।

त्यही सर्तका आधारमा सुमितले मनिकालाई प्रयोग गरेर किशोरीलाई भारत पुर्‍याउँदै भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी गरेको पाइएको छ। किशोरी उपलब्ध गराएवापत सुमितले तीन÷चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले बताएकी छन्। रामधुनीस्थित घरबाट किशोरीलाई उनी एक्लैले विराटनगर ल्याएको खुलेको छ। सुमित र प्रदीपसँग भने उनीहरुको विराटनगरमा भेट भएको थियो।
किशोरीले बाटोमा लैजाने क्रममा फित्ता लगाएर आफ्नो उचाई पनि नाप्ने काम भएको बताइकी छन्। ‘पूजामा बस्न ५.२ फिट उचाई भएकी केटी चाहिन्छभन्दै उचाई नापेका थिए,’ उनले भनिन्, ‘रजस्वला भए÷नभएको बारेमा पनि सोधिखोजी गरे।’ विवाह गरेर र महिनावारी भएका बेला पूजामा बस्न नहुनेभन्दै उनीहरुले रजस्वलाका बारेमा आफूसँग सोधिखोजी गरेको किशोरीले प्रहरीलाई बताएकी छन्।

उनले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्नेभन्दै सिकाएको पनि बताएकी छन्। १२ लाख रुपैयाँमा ‘डिल’ भएको घटना सार्वजनिक भएपछि प्रहरीले बली दिन बालिकालाई लगिएको हुन सक्ने आशंका गरेको छ।

‘१२ लाखमध्ये मनिकालाई तीन/चार लाख जति दिएर अरु पैसा सुमित र प्रदीपले राख्ने योजना रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर योजना सफल नहुँदा किशोरीलाई उद्धार गर्दै उनलाई भारत लैजान खोज्नेहरुलाई पक्राउ गर्न सकियो।’ प्रहरीका एक अधिकारीले घटनाको प्रकृति हेर्दा र यसमा संलग्नले दिएको जानकारीको अध्ययन गर्दा किशोरीलाई बली दिन भारत लगिएको हुन सक्ने बताए।

एसपी खड्काले घटनामा संलग्नको अरु ‘कनेक्सन’का खोतल्न थालिएको बताए। ‘घटनाको प्रकृति हेर्दा यसमा अरुको पनि संलग्नता हुन सक्छ,’ उनले भने, ‘उनीहरुको थप ‘कनेक्सन’ खोतल्दै घटनामा ककसको संलग्नता छ भन्ने बारेमा अध्ययन थालिएको छ।’ एसपी खड्काले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post
खुल्न थाले मुस्ताङका विद्यालय

खुल्न थाले मुस्ताङका विद्यालय

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .