No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘आखिर हुने भनेको एक्लै त हो’

‘आखिर हुने भनेको एक्लै त हो’

dav

पशुहरूले बासस्थान भेटेको, उनीले पति जलाएको यो पशुपतिले मलाई मेरो धरातल सम्झाएको हुन्छ । धेरै भएको थियोे महादेवले मेरो दर्शन नपाएको । धेरै भएको थियाै मैले मलाई भुलाएको ।आज पनि त उस्तै भिड छ सोचाइहरूको मगजमा तछाड-मछाड गरिरहेका छन् रहरहरू ओठमा ।। चुपचाप बसिरहेका छन बाध्यता आँखाको डिलमा ।

म सार्है मुडी छु । या भनु म निकै इमोस्नल । आज मेरो मुडमा-इमोसनमा पशुपति छाएको छ।अटेरी म बौद्वको गाडी चढेर गौशाला पुगिसके । कारण थाह छैन तर आँखाबाट यसै आँसु खसिरहेका रहेछन् । एउटै सिटमा बसेकी दिदिले अचम्मित भएर हेर्दाको थाह पाए मेरा आँखा रोइरहेका छन भनी ।।

गौशालामा उत्रिए । लास जलाउने तिर सास तान्दै पुगे । सार्है गर्मी छ । घामले बदन तताइरहेका छन् ।।। शरीरले छहारी खोज्यो । म छहारीमुनिको फलैचामा बसे । वरपर हेर्दा म एक्लो थिइन । मेरो चारैतिर मान्छे थिए । कोही डेटिङ आएर प्रेमका संवाद गर्दै थिए । कोही परिवारसँग आएर ग्रुप फोटो खिच्दै थिए । कोही साथीसँग आएर टिकटक बनाउँदै थिए । कोही शिवजीको प्रसादमा लठ्ठ भएर फलैचामा पल्टिरहेकै थिए ।। त्यसैले म एक्लो थिइन ।

खासमा म एक्लो कहिल्यै थिइन । मसँग केही न केही, कोही न कोही त भइरहेकै हुन्छन ।। आज पनि मसँग प्रश्नहरू थिए, शंकाहरू थिए, डरहरू थिए, यादहरू थिए । सबै कुरा थिए ।

कल लगमा मिस पराजुली मलाई कता छौ भन्दै गाली गरिरहेकी छे । मेसेन्जरको अधिकारीले पनि मन पराउदिन म पशुपति गएको । मेसेज बक्सकी घिमिरे हुन्थी त मलाई ‘आस्था तिमी बुद्धि भएको मान्छे त हैन के’ भन्दै सिकाउथी धेरै राम्रा-राम्रा कुराहरू ।

यी भन्दा निकै महत्त्वपूर्ण छन मलाई मेरा फिलिङ्स, मेरा इमोसन्स, मेरा थट ।।

बिहानदेखि चिया र मफिन बाहेक केही नपरेको मेरो पेटहरू अहिले निकै शान्त छन् । यी नै हुन राती हल्ला मच्चाउने ।। भोको पेटलाई गुरूङसेनी साथीले दिएको सालीमार ज्वलर्सको बोटलको पानी दिए ।। गर्मी असह्य भयो । लाइरहेको मरून कलरको आउटर खोलेर ब्यागमा राखे अनि चिहाउन थाले जलिरहेको लास भए तिर ।

भर्खरै एम्बुलेन्सबाट दुई लास निकालियो । लास श्रीमान्-श्रीमतीको रहेछ । लासको बच्चाहरू सानै थिए । अरू रोएको देखेर रूने खालका साना ।। किनियो फुलमाला, दियाबाती, धुप ।। तयार भैरहेको चिता माथि राखियो लास ।। लासलाई सजाइयो फुलमालाले । बालियो आगो । दिइयो दाग । जले ती बच्चाको बा-आमा ।। त्यो एक जोडी अब धुवाँ र खरानीमै सिमित भए ।। म हेरिरहे अनि सोच्दै आफैलाई सुनाएस् आखिर बा-आमाले पनि त छाड्ने रैछन’। यो माहोलबाट भाग्न मन लाग्यो अनि हिँडे बाटैबाटो ।।

अलि उता पुगे । नि: शूल्क सौचालय लेखेको तिर फ्रेस हुन भनी गए । फ्रेस त त्यस्तै हो झन्डै त्याको फोहोरले भमिट भयो ।

ब्यागको पानी निकालेर मुख कुल्ला गरे अनि पसलमा सजाएको सामान हेर्दै । भाउ सोध्दै गेटै नीर पुगेर फेरि रूखमुनि बसे ।

मेरो दाँयातिर करिब २४-२५ का देखिने एक युवा र एक युवतीको भनाभन परिरहेको थियो।उनीहरू जोडी रहेछन ।। के कुरामा चित्त नबुझेर झगडा गर्दै थिए ।। मलाई कसैको चिओचर्चा गर्न त मन पर्दैन तर उनीहरूको कुरा सुन्दा यस्तो भेटियो”

केटि- पहिल्यै जस्तो छैनौ तिमी फेरियौ रोहित! तिमीलाई मेरो वास्ता लाग्दैन, न समय दिन्छौ न मेरो कुरा नै मान्छौ । आइ थिन्क तिम्रो म मा इनट्रेस घटेको छ ।

केटा- के ? मानषी तिमी होसमा त छौ । म बिजी छु । सधै तिम्रो पछि लाग्न म तिम्रो पुच्छर होइन ।सधैंको किचकिच । लेट्स ब्रेकअप !!!

यति भनेर केटिको हातमा एउटा डेरी मिल्क थमाएर केटा पार्किङ तिर लाग्यो र भेस्भाको एउटा स्कुटि लिएर केटिको आखै अघिबाट निस्कियो ।। केटि हातको डेरी मिल्क निचोर्दै सुकसुकाउन थाली ।। ब्यागबाट टिस्यु निकाल्दै आँसु पुस्दै,आसु बगाउन थाली ।। म साइडमा बसेर त्यो दिदी उमेरको केटिलाई हेरिरहे ।। केटिले मोबाइल निकाली र गनगनाउन थाली ।। सायद उ मोबाइलको फोटेज डिलिट गर्दै थिइ ।। करिब ३-४ बर्षको उनीहरूको सम्बन्धले तोडिन १ घण्टा पनि लागेन ।।

त्यो माहोलबाट म फेरि भागे ।

रोड क्रस गरेर चक्रपथ परिक्रमा ‘महानगर यातायात’ चढे। झ्यालकै सिट पाएकाले मैले देखेको दुई घटनालाई जोडेर यति सोच्न भ्याए ।। पहिलो दृश्यमा ‘बा-आमा मरेर बच्चालाई छाडे’।
दोस्रो दृश्यमा ‘प्रेमि प्रेमिकाले एकअर्कालाई स्वइच्छा छाडे’।

अन्ततः एक्लै झ्यालको सिटमा बसेकी मैले चक्रपथ परिक्रमा भरि यति सोच्न भ्याए ‘बा-आमा मर्छन, प्रेमीहरूले छाड्छन्-आखिर हुने भनेको एक्लै रहेछ’ ।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव

मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

चुरे विनाशको कथा र व्यथा

चुरे विनाशको कथा र व्यथा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .