No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निषेधाज्ञाले कामदार पाइएन, मध्यपहाडी राजमार्गकाे काम प्रभावित

निषेधाज्ञाले कामदार पाइएन, मध्यपहाडी राजमार्गकाे काम प्रभावित

कास्की  : राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ । पछिल्लो पटक गत चैतदेखि देशभर आह्वान गरिएको बन्दाबन्दीका कारण आयोजनामा कार्यरत मजदूर घर गएको तथा अहिलेसम्म पनि फर्किने वातावरण नबन्दा आयोजना तोकिएकै समयभित्रमा बन्न नसक्ने देखिएको छ ।

विसं २०७३ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो राजमार्ग निर्माणको ठेक्का सम्झौता भए पनि शुरुआतमा बिजुुलीका पोल र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदासमेत काम प्रभावित बनेको थियो । राजमार्गको कास्की खण्ड अन्तर्गतको हाल निर्माणाधीन ३७ किमी सडकलाई तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदेखि घट्टेखोलासम्म शर्मा एन्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । त्यसैगरी घट्टेखोलादेखि नयाँपुल सम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ को लागतमा ठेक्का सम्झौता गरिएको थियो । घट्टेखोलाबाट नयाँपुलसम्म ९० प्रतिशत हाराहारीमा भौतिक प्रगति भए पनि याम्दीदेखि घट्टेखोलासम्म भने ७० प्रतिशत हाराहारीमा मात्र काम भएको छ ।

बन्दाबन्दीका अवधिमा समेत सीमित मजदूर तथा उपकरणबाट आयोजनाको काम भएकामा हाल कालोपत्रको काम शुरु गर्न मजदूर अभाव भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना पर्वतले जनाएको छ । काममा ढिलाइ हुँदा आयोजनाको लागतसमेत बढ्ने भएको छ ।

याम्दीदेखि घट्टेखोलासम्म सडक समथर बनाउने (बेस बिछ्याउने) काम भइरहेको छ । केही स्थानमा अब कालोपत्रको तयारी भए पनि निर्माणस्थलमा मजदूर ल्याउन निर्माण कम्पनीले नसकेको आयोजनाका इन्जिनीयर अनन्त बरालले बताउनुभयो । असोज पहिलो साता भित्रमा बेस बिछ्याएर कालोपत्र शुरु गर्ने तयारीस्वरुप मजदूर ल्याउनका लागि प्रशासनसँग समन्वय गरिएको उहाँको भनाइ छ । सडक कालोपत्र गर्ने अधिकांश मजदूर भारतीय रहेकाले समेत उनीहरुलाई कार्यस्थलमा ल्याउन नसक्दा काम प्रभावित भएको बताइन्छ । उच्च प्रविधिको ‘अस्पात’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्र गर्ने योजना रहेको बताइन्छ ।

राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर (मेडियन) तथा दायाँबायाँ दुई – दुई मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलादेखि नयाँपुलसम्म भने दुई लेनमात्र बन्नेछ । “घट्टेखोला–नयाँपुल प्याकेजको भौतिक प्रगति राम्रो रहे पनि याम्दी देखिको सडक निर्माण शुरुआतमै ढिलाइ भएको थियो, लकडाउनमा सीमित नेपाली मजदूरबाट काम भए पनि कालोपत्र गर्न भारतीय कामदार नै चाहिन्छ”, बरालले भन्नुभयो, “सडकमा बेस राखेर पिचको तयारी गरिएको छ तर अहिल्यै काम शुरु गर्ने अवस्था छैन, असोजदेखि सहज भयो भने पिचको काम पनि शुरु हुन्छ ।”

मध्य पहाडी राजमार्ग छ लेनमा विस्तार शुरु भएपछि साबिकको दुई लेनको कालोपत्र सडक भत्काइएपछि सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलोले गर्दा स्थानीयवासी पीडित हुने गरेका छन् । आयोजनाको निर्माण कम्पनीले अन्य सबै काम सकिएको र कालोपत्रमात्र बाँकी रहेको जनाउँदै विसं २०७७ भित्रमै आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।

याम्दीदेखि घट्टेखोलासम्मको कामको जिम्मा पाएको स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले असोजपछि मजदूर पनि ल्याउन सहज हुने विश्वास रहेको बताउँदै कालोपत्रको धमाधम शरु गरेर यसै वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । साबिक पोखरा–बाग्लुङ राजमार्ग हुँदै राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग विस्तार गरिएपछि बाग्लुङ, पर्वत, म्याग्दी तथा मुस्ताङवासीलाई थप सहज हुनेछ । आव २०६५ – ०६६ देखि सञ्चालन भएको यस आयोजनालाई सरकारले पछिल्ला वर्षहरुमा प्राथमिकतामा राखेको छ ।

नेपाल–भारत सीमा पूर्व पाँचथरको चियोभञ्ज्याङबाट शुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुङ्गिने यो लोकमार्ग एक हजार ८७९ किमी लामो छ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post
जनकपुरमा दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरमा दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

कोरोना महामारीका कारण यस वर्ष गेरुका मेला नलाग्ने

कोरोना महामारीका कारण यस वर्ष गेरुका मेला नलाग्ने

“म क्लब छाड्न चाहन्छु” मेसीले भने

बार्सिलोना छाड्ने असफल प्रयासपछि मेसीले खेले पहिलो खेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .