No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्

जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्

हरि अधिकारी/विराटनगर । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् ।
२६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिइन् । घर परिवार आफन्त र साथीसंगीका आँखा चिसो बनाउँदै उनी सदाका लागि अस्ताइन् । प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत श्रेष्ठ मोरङको लेटाङ–५ मा भएको झडपमा परेर मारिइन् ।
होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि आरोपितलाई त्यत्तिकै बाहिर निकाल्दा भीडले आक्रमण गर्ने डर थियो । प्रहरीमा बुझाएपछि पौडेललाई कुनै कारबाही नहुने भन्दै एउटा समूह आफैंले कारबाही गर्ने भन्दै ‘अराजक’ बनेको थियो । अर्को पक्ष पौडेललाई जोगाउन लागि परेको थियो । दुई पक्षका कारण लेटाङमा तनाव बढ्दो थियो ।
त्यही तनाव नियन्त्रण गर्न, आरोपित शिक्षकलाई पक्रन र स्थानीयबासिन्दाको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्न उर्मिला लेटाङ पुगेकी थिइन् । तर त्यो भीडमा कसैले उनीमाथि चक्कु हान्यो, त्यो पनि घाँटीमा ।
घटनास्थलमा नै रक्ताम्मे बनेकी उनलाई आइतबार राति नै कोशी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् ।
श्रीमान र दाजु पनि प्रहरी सेवामा
उर्मिलका श्रीमान इलाममा प्रहरी जवानमै कार्यरत छन् । दाजु भुवन श्रेष्ठ विराटनगरमै प्रहरी सहायक निरीक्षक छन् । प्रदेश १ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविन राईका अनुसार श्रेष्ठ प्रहरीको तालिमपछि गणमा कार्यरत थिइन् ।
शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र आक्रमणबाट रोक्ने प्रहरीबीच आइतबार दिनभर झडप भएको थियो । भिडले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल आगजनी गर्दै स्कुलमा पुगेको एम्बुलेन्स पनि तोडफोड गरेको थियो ।
आइतबार दिनभर तनाबग्रस्त भएको स्कुलबाट प्रहरीले राति करिब साढे ७ बजे शिक्षकलाई प्रहरी कार्यालय ल्याएको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा घरेलु हतियारसहित आएको समूहले आक्रमण गरेको थियो ।
झडपमा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित २९ जना प्रहरी घाइते भए । आन्दोलनकारी सात जना घाइते भएको प्रहरीले बताएको छ । एक जना आन्दोलनकारीको छातीमा गोली लागेको छ । घाइतेहरुको कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
हत्यामा संलग्न भएको अरोपमा पाँच जना पक्राउ
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको हो ।
घटनापछि आज बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी भएपछि लेटाङको अवस्था सामान्य रहेको बताउँदै उनले आइतबारको घटनामा संलग्न अन्यको खोजी जारी रहेको बताए । प्रहरीले घटनाको विषयमा गम्भीर अनुसन्धान गरिरहेको दाहालले बताए ।–अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
यी हुन् चिनियाँ ऋणले थिचिएका देश

यी हुन् चिनियाँ ऋणले थिचिएका देश

‘एमसीसीले कर्णालीको कायापलट गर्छ’

‘एमसीसीले कर्णालीको कायापलट गर्छ’

एमाले–माओवादी–नेकपा एस जोड्ने ‘सुपर ग्लु’ लिएर आउँदै चिनियाँ विदेशमन्त्री

एमाले–माओवादी–नेकपा एस जोड्ने ‘सुपर ग्लु’ लिएर आउँदै चिनियाँ विदेशमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .