No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले–माओवादी–नेकपा एस जोड्ने ‘सुपर ग्लु’ लिएर आउँदै चिनियाँ विदेशमन्त्री

एमाले–माओवादी–नेकपा एस जोड्ने ‘सुपर ग्लु’ लिएर आउँदै चिनियाँ विदेशमन्त्री

काठमाण्डौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यही शुक्रबारबाट शुरु हुँदैछ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका वाङ यीको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

उनको भ्रमणको मिति नजिक नजिक आउँदा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण कुटनीतिक क्षेत्रमा जति महत्व हुन्छ त्यो भन्दा बढी राजनीतिक रुपमा महत्व रहेको छ ।

नेपालको संघीय संसदबाट अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

कम्युनिष्ट पार्टीकै सहयोगमा एमसीसी पास भएपछि चीनका उच्च अधिकारीहरु उनीहरुप्रति झस्किएका छन् । बलियो कम्युनिष्ट बनाउन चाहेका चिनियाँ अधिकारीहरुले पछिल्लो पटक एमाले र माओवादी केन्द्र विभाजित भएकोमा चित्त दुखाएका छन् । तैपनि नेपालको सरकार सञ्चालन जुन पार्टीले गर्यो त्यसलाई उनीहरुले समर्थन गर्दै आएका छन् ।

एमसीसी संसदबाट अनुमोदन भएपछि चिनियाँ अधिकारीहरुले नेपालका दुई कम्युनिष्ट पार्टी फेरि जोड्ने प्रयासको थालनी गरेका छन् । अहिले उच्च अधिकारीहरुको भ्रमण पनि यसमै केन्द्रीत भएको स्रोतको दाबी छ ।

‘नेपालमा रहेका चिनियाँ जासुसहरुलाई थप परिचालन गर्नु र उनीहरुबाट नेपालका कम्युनिष्ट पार्टीका नेताहरुको धारणाबारे जानकारी लिनु हो’, स्रोतले भन्यो ।

यद्यपि यो भ्रमण नेपाल सरकारकै व्यवस्थापनमा र निमन्त्रणमा भएका कारण अन्य शंका गर्ने ठाउँ छैन । एमसीसी अनुमोदनअघि चिनियाँ अधिकारीहरुले त्यसलाई पास नगराउन हर प्रयास गरेका थिए ।

तर अमेरिकी सरकारको चर्को दबाबका अघि नेपाल सरकार र नेपालका कम्युनिष्ट पार्टीको कुनै जोड नचलेपछि अन्ततः गत फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएरै छाड्यो ।

चिनियाँ पक्षसँग नजिक रहेका नेताहरुले सो विषयमा असन्तुष्ट देखिए पनि नेतृत्व तहले पास गराएपछि नेपालमा रहेका चिनियाँ अधिकारीलाई कम्युनिष्ट पार्टीलाई गोलबन्द गराउने टास्क दिइएको छ ।

‘चिनियाँहरुले पार्टी विभाजन नहोस् भनेर धेरै प्रयास गरेका थिए तर सकेनन् । अहिले भने उनीहरु स्थानीय तहको निर्वाचनअघि वा पछि जसरी भए पनि कम्युनिष्टहरुले कार्यगत एकता र त्यसपछि पार्टी एकता होस् भन्ने अभियानमा लागेका छन् । यो काम निकै मसिनो गरी हुँदैछ’, स्रोतले भन्यो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितको टोली सोमबारमात्रै चीन गएको छ । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणअघि एमाले उपाध्यक्षको टोली चीन जानुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले पहिलेदेखि नै एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेपछि चिनियाँ पक्षले दूरी बढाएको थियो ।

कुटनीतिक मामिलाका जानकारहरु भने चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नियमित भ्रमणको रुपमा बुझ्नुपर्ने र आपसमा रहेका असमझदारी तथा अविश्वास हटाउने एउटा अवसरका रुपमा लिनुपर्नेमा जोड दिए पनि अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरुको बेमेललाई न्यूनिकरण गर्नु नै प्रमुख उदेश्य रहेको स्रोतको दाबव्ी छ ।

‘नेपाल कम्युनिष्ट पार्टी बलियो हुँदा मात्रै आफ्नो स्वार्थ अनुकुल नेपाललाई प्रयोग गर्न सकिने चिनियाँ बुझाइ रहेको देखिन्छ’, स्रोतले भन्यो ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगै चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सङ ताओ पनि नेपाल आउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य विदेश विभाग प्रमुख समेत रहेका सङले हालै विदेश विभागको प्रमुखको हैसियतमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो वार्ता गरेका थिए ।

नेपाल भ्रमणका क्रममा पनि उनीहरुसँग भेट हुनेछ । चिनिया राजदूत हाउ यान्छीले उनीहरुको भेटघाट तय गरिसकेकी छिन् । ओली र प्रचण्डसँग भेटेर समय व्यवस्थापन गरिसकेकी हुन् ।

राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङलाई सिधै रिपोर्ट गर्न सक्ने भएकाले सङ बेइजिङमा विदेशमन्त्री वाङपछि नेपाल मामिलामा प्रभावशाली नेता मानिन्छन् ।

भ्रमणको क्रममा ७ देखि ९ जना चिनियाँ अधिकारी वाङ नेतृत्वको प्रतिनिधिमण्डलमा नेपालमा आउने छ । हाम्राकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
खेसरहिया बाजारको नाम अब श्रीराम चौक भयो : प्रभु साह

खेसरहिया बाजारको नाम अब श्रीराम चौक भयो : प्रभु साह

पहाडमा ठोक्किए १३३ यात्रु बोकेको विमान दुर्घटना

पहाडमा ठोक्किए १३३ यात्रु बोकेको विमान दुर्घटना

धनुषामा कोरोनाविरुद्धको खोप लगाउँदा एउटै विद्यालयका १० विद्यार्थी बिरामी

धनुषामा कोरोनाविरुद्धको खोप लगाउँदा एउटै विद्यालयका १० विद्यार्थी बिरामी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .