धनुषा : धनुषा प्रहरीले सुनचाँदीको गहनामा प्रयोग हुने करीब साढे १० लाख रुपैया बराबको रयासन धातु बरामद गरेको छ ।
भन्सारी छलेर चोरी पैठारी गरी सुनचाँदीमा प्रयोग हुने रयासन धातु साइकलमा लगिरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा जनकपुरधाम वडा नम्बर ५ सोनरपट्टीबाट दस लाख ६६ हजार ५ सय रुपैया बराबरको बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
चेकजाँचको क्रममा तस्कर महोत्तरीको मठिहानी नगरपालिका ७ का श्याम दास र नुरारी लहेरीलाई समेत साइकल सहित नियन्त्रणमा लिइएको कुरा जिप्रका धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिएका छन ।
बरामद गरिएको सेतो रंगको देखिने ५० किलोको मात्रा रहेको सो रसायन धानु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको समेत उनले बताएका छन ।