No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रकम निकासाको महिनौ बित्यो तर संचालन भएन रौतहटमा पीसीआर

रकम निकासाको महिनौ बित्यो तर संचालन भएन रौतहटमा पीसीआर

गौर : रकम निकासा भएको तीन महिना बितिसक्दा पनि प्रदेश २ को रौतहट जिल्ला स्थित गौर अस्पतालमा पीसीआर मेसिन जडान हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा गत जेठ महिनामै गौर अस्पतालमा आरटी पीसीआर मेसिन जडान तथा व्यवस्थापनका लागि डेढ करोड रुपैया निकासा गरि सकिएको छ । तर हालसम्म जडान हुन सकेको छैन ।

हुनत अस्पताल व्यवस्थापकले उधारोमै एक साता अघि नै मेसिन जडानका लागि भौतिक संरचना तयार गरिसकेको छ । तर आपूर्ति केन्द्रले आजभोली गर्दै पन्छिदै आएका छन ।

अस्पतालका मेसु डा. कृष्ण यादवले भने आपूर्ति केन्द्रको निर्देशन बमोजिम हामीले पुर्वाधार तयार पारिसकेका छौं तर मेसिन कहिले जडान हुन्छ भन्ने पखाईमा बसेका छौं ।

यता आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले मेसिन खरीद गरिसकिएको छ हाल प्रादेशिक ल्याबमा ट्राइलमा रहेको दाबी गरेका छन । उनले एक÷दुई दिनभित्रै जडान भइसक्ने प्रतिबद्धता जनाएका छन ।

मन्त्रालयले जेठको अन्तिम सातामा सार्वजनिक गरेको कोरोना संक्रमण रोकथाम खर्च हिसाबमा जनकपुर र राजविराजमा थप आरटी पीसीआर मेसिन खरीदका लागि ४०/४० लाखको दरले ८० लाख रुपैया तथा गौर अस्पतालमा पीसीआर मेसिन संचालन तथा व्यवस्थापनका लागि डेढ करोड गरी कुल २ करोड ३० लाख रुपैया केन्द्रको नाममा निकासा गरेको छ ।

जनकपुर र राजविराजमा आरटी पीसीआर मेसिन त जडान भयो तर गौर अस्पतालमा के कति कारणले जडान हुन सकेन भन्ने बारे आजभोली भन्दै पन्छिदै आएका छन । जनकपुर र राजविराजको लागि मात्र ४० लाख र गौरका लागि डेढ करोड निकासा गर्नु भनेको खुल्ला भ्रष्टाचार रहेको नागरिक समाजका अगूवाहरुको रहेको छ ।

प्रदेश सरकारले सहयोग गर्छ भन्ने बाटो कुर्दाकुर्दै अन्ततः शुक्रवार स्थानीय राजनीतिक, जनप्रतिनिधि लगायतको सहभागितामा जिल्ला विपत व्यवस्थापन समितिले पीसीआर मेसिन जडान र आइसोलेशन निर्माणका लागि स्थानीय तहबाट ५ लाख, प्रदेश सांसदबाट ५ लाख, संघीय सांसदबाट १० लाखको दरले ४० लाख रुपैया चन्दा संकलन गर्ने निर्णय गरेको थियो ।

हुनत यसअघि साउन ३० गतेपनि डा. यादवले एक साताभित्रै पीसीआर मेसिन जडान हुने प्रतिबद्धता जनाएका थिए । तर महिना बित्न लाग्दा पनि जडान हुन सकेको छैन । डा.यादवले मेसिन खरिद गरिसकिएको दाबी गरेपनि मेसिन खरिदका लागि टेन्डर भईसकेको र हालसम्म कमिसनको कुरा नमिलेकोले खरिद गर्न बाँकी रहेको स्रोतले जनाएको छ ।

प्रदेशकै सबैभन्दा बढी संक्रमित जिल्लाको रुपमा रौतहट रहेको छ । रौतहटमा हालसम्म १ हजार ७ सय ८ जना संक्रमित भईसकेका छन् भने ५ जनाको मृत्यु समेत भईसकेको छ । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो

कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो

थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निकाे भए

थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निकाे भए

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .