काठमाण्डौ । ब्युटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा भविष्यमा मेयर बन्न चाहन्छिन् । उनले आफुसंग मेयरले गर्ने सबै गुण र क्षमता रहेको बताउँछिन् । कलेज विदाका समयमा नेपाल फर्किएकी उनले केही सोसल मिडियामा कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छन् । हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन् । उनी कलेज विदाको समयमा नेपाल आएकी छन् । क्रिश्मस र नयाँ वर्षमा कलेज विदा भएकाले उनी नेपाल आएकी थिइन् । सो क्रममा उनी केही सामाजिक सञ्जालमा सकृय थिइन् ।
सामाजिक सञ्जालमा संचालित एक कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले आफुसंग भएको योजना सुनाएकी हुन् । भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले आफुसंग मेयर भएर गर्ने सबै क्वालिटी र योजना भएको बताइन् । सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् ।
साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो ।