No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

सन् १९४९ मा न्युयोर्क टाइम्सका चर्चित चलचित्र समीक्षक बोस्ली क्राउचरले एउटा इटालियन चलचित्रबारे लेखेका थिए – मानिसहरूले यसलाई हेर्नुपर्छ । उनीहरूले चासो दिनुपर्छ ।

अमेरिकी दर्शकमाझ ‘द बाइसाइकल थीफ’को नामले परिचित त्यो चलचित्र आज ‘बाइसाइकल थिभ्स’ (इटालियनमा ‘लद्री डि बाइसिकेट’)को नामले चिनिन्छ । रोचक तथ्य के छ भने चलचित्रमा धेरै साइकल चोरी हुने भएकाले अहिले यो नाम राखिएको थियो ।

खैर, चलचित्रमा साइकल चोरेको दृश्य त छ । तर यो चोरीको कथा मात्र होइन । बरु आधुनिक जीवनको क्रूरताले कसरी सबैलाई चोर्न बाध्य पार्न सक्छ भन्ने गहिरो सामाजिक यथार्थको चित्रण हो ।

भिट्टोरियो डे सिकाको यो निराशा र मानवीय संघर्षको अनुपम गाथालाई साढे ७६ वर्षभन्दा बढी समयदेखि विश्वभरका दर्शक, समीक्षक र विद्यार्थीहरूले निरन्तर अध्ययन, विश्लेषण र प्रशंसा गर्दै आएका छन् ।

तर आजको समयमा तपाईंले यो चलचित्र किन हेर्नुपर्छ ? फेरि किन हेर्नुपर्छ ? अझै पनि किन चासो दिनुपर्छ ? सामान्यत: उत्कृष्ट कृतिलाई यस्तै प्रश्नहरूले जीवित राख्ने गर्छन् । बाइसाइकल थिभ्सको हकमा यी प्रश्न अझ बढी सान्दर्भिक छन् ।

लुइगी बार्टोलिनीको पुस्तकमा आधारित यो फिल्म दोस्रो विश्वयुद्धपछिको रोमको पृष्ठभूमिमा सेट गरिएको छ । एक वाक्यमा भन्दा यो फिल्म गरिबी, आशा र संघर्षको मार्मिक कथा हो ।

चलचित्रको केन्द्रमा एन्टोनियो रिची (लामबर्टो म्यागियोरानी) नामक एक बेरोजगार व्यक्ति छन् । केही समयपछि उनले विज्ञापनहरू टाँस्ने काम पाउँछन्  ।  तर त्यो काम गर्न उनलाई एउटा साइकल अनिवार्य हुन्छ । आर्थिक अभावका कारण उनले नयाँ साइकल किन्न सक्दैनन् । यद्यपि उनकी पत्नी मारिया (लियानेला क्यारेल)ले घरका महत्वपूर्ण कपडाहरू धितो राखेर साइकल जुटाइदिन्छिन् ।

एन्टोनियोको जीवनमा त्यो खुसीको क्षण छोटो समयका लागि मात्र रहन्छ । कामको पहिलो दिनमा नै उनको साइकल चोरी हुन्छ । उनका लागि सो साइकल यातायातको साधन मात्र नभएर परिवारको एकमात्र आशा र जीविकोपार्जनको आधार थियो ।

साइकल चोरी भएपछि एन्टोनियो र उनका सानो छोरा ब्रुनो रोमका सडकहरूमा दिनभर साइकल खोज्न निस्कन्छन् । त्यसबीच के-के हुन्छ भन्ने कुरा देखाउँदै चलचित्रको कथा अघि बढ्छ ।

यस चलचित्रका धेरै जसो कलाकार व्यावसायिक थिएनन् । यसले पनि फिल्मलाई अझै यथार्थ बनाएको छ । खासमा यो फिल्म इटालियन नवयथार्थवादी (नियोरियालिज्म) शैलीको उत्कृष्ट उदाहरण हो ।

नवयथार्थवादी शैली दोस्रो विश्वयुद्धपछि इटालीमा विकसित भएको एक प्रकारको चलचित्र शैली हो । यसमा सामान्य मानिसहरूको जीवन, सामाजिक/आर्थिक सङ्घर्ष र यथार्थवादी कथावस्तुलाई देखाइने गरिन्छ।

यस चलचित्रमा युद्धपछिको इटालीको यथार्थ जीवनलाई सरल, सजीव र साँचो ढंगले प्रस्तुत गरिएको छ । यो फिल्म कुनै ठूलो बजेट, नाम चलेका कलाकार, बनावटी कथा भन्दा टाढा छ । अझ फिल्म स्टुडियो सेटमा नभई रोमका सडकहरू, खुला बजार र बस्तीहरूमा खिचिएको छ ।

यसमा गरिबी, बेरोजगारी, वर्ग भेद र समाजको कठोरता देखाइएको छ । फिल्ममा कुनै नाटकीयता, नायकवाद वा कल्पना छैन । यो नै यस चलचित्रको बलि‍यो पक्ष हो ।

यो फिल्म हेर्दा जति सरल र साधारण लाग्छ, त्यति नै मात्रामा यसको अर्थ र भाव गहिरो छ । दोस्रो विश्वयुद्धपछिको समय इटालीमा धेरै कठिन थियो । न पैसा थियो, न राम्रो उपकरण । ठूला फिल्म स्टुडियोहरू बन्द भइसकेका थिए ।

त्यस्तो अवस्थामा दे सिकाले जुन आँट र हिम्मत लिएर मानिसको पीडा, सङ्घर्ष र भावना देखाए, यही सच्चाइ र इमान्दारी नै अहिले यत्रो समय बित्दा पनि यो फिल्म हेर्नुको प्रमुख कारण बनेको छ ।

तर केही फिल्म समीक्षकहरूले यो चलचित्रलाई पूर्णरूपमा नवयथार्थवादी मान्दैनन् । यसको कारण भनेको चलचित्रको कथामा कतै न कतै नाटकीयता छ । संरचना रैखिक छ । केही ठाउँमा निर्देशकीय हस्तक्षेप छ ।

कहिलेकाहीँ चञ्चलता, कहिलेकाहीँ काव्यात्मक आत्म-चेतना छ । तर धेरै जना यो पूर्णतया उपदेशबिहीन चलचित्र भएकोमा भने सहमत जनाउँछन् । फिल्मले सबै कुरा देखाउँछ । तर ती केही पनि व्याख्या गर्नुपर्दैन ।

बाइसाइकल थिभ्स अहिलेका लागि एउटा पुरानो चलचित्र मात्र होइन, यो अहिलेको वर्तमान पनि हो । भोलिको भविष्य पनि हो । यसकारण देख्ने र महसुस गर्ने यस्तो फिल्म हेर्नु कुनै समयवर्वादी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
जलवायु मैत्री समुदाय बनाउन महासंघको जोड

जलवायु मैत्री समुदाय बनाउन महासंघको जोड

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

युरोपमा चिनियाँ अटो ढुवानी सहज बनाउन बार्सिलोना बन्दरगाह स्तरोन्नति हुँदै

युरोपमा चिनियाँ अटो ढुवानी सहज बनाउन बार्सिलोना बन्दरगाह स्तरोन्नति हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .