सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा यात्रुबाहेक बसबाट लडेर एक सहचालकको मृत्यु भएको छ। मृतक लहान नगरपालिका–१ बस्ने ऋषिदेव यादवका २१ वर्षीय छोरा पवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीका अनुसार विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट पवन यादव अचानक लडेका थिए। लडेर गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल सिराहा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रमेश पालले जानकारी दिएका छन्। उक्त घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।