No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

मुम्बई। लन्डन र नयाँदिल्लीबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत आइपुगेका छन्।

यो उनको भारतको पहिलो आधिकारिक भ्रमण हो। भ्रमणबाट दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। उनीसँग १२५ सदस्यीय प्रतिनिधिमण्डल समेत आएको छ। प्रतिनिधिमण्डलमा ब्रिटिश एयरवेजका प्रमुख सिइओ सीन डोयल लगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन्।

दुई दिने यो भ्रमण स्टार्मर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जुलाईमा लन्डनमा भएको भेटपछि भएको हो। लन्डनमा दुवै नेताले दीर्घ प्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए।

स्टार्मरले बिहीबार मोदीसँग भेटवार्ता गर्ने र त्यसपछि मुम्बईमा आयोजित फिनटेक सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एक विज्ञप्तिमा प्रधानमन्त्री स्टार्मरले भनेका छन्, “सन् २०२८ सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने क्रममा छ र उनीहरूसँग व्यापार छिटो र सस्तो बनाउने अवसरहरू अतुलनीय छन्।”

भारत र यसको पूर्व औपनिवेशिक शासक बेलायत हाल विश्वका पाँचौं र छैटौं ठूलो अर्थतन्त्र हुन्। दुवै देशबीच करिब ५४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार र लगानीले छ लाखभन्दा बढी रोजगारीलाई समर्थन पुर्‍याएको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले भारत–बेलायतबीच अग्रगामी साझेदारी निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने बहुमूल्य अवसर प्रदान गर्नेछ।”

नयाँ सम्झौताअनुसार भारतले ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणजस्ता ब्रिटिस वस्तुहरूमा आयात कर घटाउने भएको छ भने बेलायतले कपडा, जुत्ता र भारतबाट फ्रोजन झिँगेमाछा लगायतका खाद्य वस्तुहरूमा भन्सार शुल्क कम गर्ने सहमति जनाएको छ।

तर प्रधानमन्त्री स्टार्मरले उद्योग क्षेत्रको दबाबका बावजुद भारतीय पेशेवरहरूका लागि भिसा पहुँच विस्तार गर्न अस्वीकार गरेका छन्। मुम्बईतर्फ जाँदै गर्दा उनले पत्रकारहरूलाई भने, “त्यो योजनाको हिस्सा होइन । हामीले हस्ताक्षर गरिसकेको व्यापार सम्झौताबाट फाइदा लिनु नै हाम्रो उद्देश्य हो—अब त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।”

यसैबीच, मानवअधिकार समूहहरूले प्रधानमन्त्री स्टार्मरलाई सन् २०१७ देखि भारतमा हिरासतमा रहेका स्कटिस सिख ब्लगर जगतर सिंह जोहलको मुद्दा उठाउन आग्रह गरेका छन्।

जोहालमाथि दक्षिणपन्थी हिन्दू नेताहरूको हत्याको कथित षड्यन्त्रको आरोप लगाइएको थियो, तर अहिलेसम्म उनलाई दोषी ठहर गरिएको छैन। उनीविरुद्धका नौमध्ये एउटा आरोप गत मार्चमा अदालतले खारेज गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .