काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भातृ संगठन युवा संघले आइतबार स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
विरोध स्वरुप उनिहरु कालो बेलुन बोकेर सडकमा उत्रिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लगातार बढाइरहेको सन्दर्भमा चौतर्फी विरोध भइरहेको छ । पछिल्लो पटक पेट्रोलको मुल्य गत साता प्रति लिटर ३ रुपैयाँ बढाइएको थियो ।
सरकारले स्थानीय तहको निर्वाचन जेठमा गर्ने तयारी गरेपनि औपचारिक निर्णय गरिसकेको छैन । प्रदर्शनमा उत्रिएका केही युवा संघ कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ ।