No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

के तपाईं लाई थाइराइड त भाको हैन ?


थाइराइड

थाइराइड एउटा पुतली आकर को सानो घाँटीको आघिलो भागमा हुने ग्रन्थि हो । जसले थाइरोइड नामक हर्मोन शरिरमा उत्पन्न गर्छ । थाइरोइड हर्मोनले मानिसका दैनिक कृयाकलापमा महत्वपूर्ण रुपमा भाग लिएको हुन्छ । मनिसका दैनिक गतिबिधी लाई बसमा राख्नु यस्को महत्वपूर्ण काम हो । बिभिन्न कारणले यो हर्मोन ले मानिस मा बिभिन्न समस्या निम्ताएको हुन्छ । जस्लाई थाइरोइड भनेर समान्य भाषा मा भन्ने गरिन्छ ।

हाइपोथाइरोइडिज्म र हाइपरथायरायडिज्म भनेको के हो ?
थाइराइड को समस्या विशेष गरी दुई प्रकारको हुन्छ- थाइराइड ग्रन्थीले शरीरमा आवश्यक भन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपोथाइरोइडिज्म भनिन्छ भने शरीरमा आवश्यक भन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपरथाइरोइडिज्म भनिन्छ । थाइराइड बिकार लाई सामान्य रोग ठानेर हेलचक्र्याईं गर्नु हुँदैन । समय मै एसको उपचार गरिएन भने एसल क्यान्सर को रुप समेत लिन सक्दछ । जब तपाइँको थाइरोइड ग्रंथिले तपाइँको शरीरलाई चाहिने भन्दा बढी थाइरोइड हर्मोनहरू बनाउँदछ तब तपाईंलाई बढी नै फुर्तिलो बनाउँछ जस्ले गर्दा तपाईं लाई थकन महसुस हुन्छ र तपाईं को मुटु पनि एक्दम छिटो धद्किन्छ । शरिर को तौल नि घट्न थाल्छ साथै तपाईं नर्भस हुन थाल्नु हुन्छ ।ग्रन्थि सुनिएको कारण यस्तो समस्या आउँछ । खाने कुरामा iodine को असन्तुलन को कारण यो समस्या देखिने गर्छ ।

लक्षणहरु :

थाइराइड बिकार को किसिम अनुसार यसका लक्षण लाई दुई भाग मा बाँड्न सकिन्छ-

(१) हाइपोथाइरोइडिज्म : रगत मा T3 र T4 को मात्रा घट्न गयो भने स्वाभाविक रुप ले शरीरका उपापचय (मेटाबोलिजम) न्यूनता आउँछ र शरीर मा निम्न लक्षणहरु देखा पर्छन्-

१. आलस्यता

२. छाला मा शुष्कता

३. कपाल झर्नु

४. महिनाबारी मा गडबडी

५. कब्जियत

६. जाडो खप्न नसक्नु

७. मांसपेशी बाउँडिनु

८. कमजोरी हुनु

९. मोटापा बढ्नु

१०. मुटु को धड्कन कम हुनु

(२) हाइपरथाइरोइडिज्म : रगत मा T3 र T4 को मात्रा बढ्न गयो भने स्वाभाविक रुप ले शरीरका उपापचय (मेटाबोलिजम) मा चाहिने भन्दा बढी तिब्रता आउँछ र शरीर मा निम्न लक्षणहरु देखा पर्छन्-

१. मुटु को धड्कन बढ्नु सँगै पल्पिटेशन हुनु

२. रक्तचाप मा वृद्धि

३. शरीर बाट बढ्ता पसिना निस्कनु

४. तारन्तार दिसा लाग्नु वा पातलो दिसा हुनु

५. अत्याहट र छटपटी हुनु

६. धेरै भोक लाग्नु र खानु तर तौल नबढ्नु

७. राम्ररी निद्रा नपर्नु

८. आँखा वरिपरि को भाग फुल्नु

९. महिनाबारी रोकिनु वा गडबडी हुनु

रोग को निदान :

बिरामी का लक्षणहरु का आधार मा थाइराइड बिकार को शंका गरिन्छ र प्रयोगशाला मा रगत को जाँच गरे पछि थाइराइड बिकार भए नभएको यकीन हुन्छ । प्रयोगशाला मा गरिने जाँचहरु निम्न प्रकार का हुन सक्छन्-

रगत मा ट्राइआयोडोथाइरोनिन (T3) तथा थाइरोक्सिन (T4) हर्मोन को मात्रा ।
रगत मा थाइराइड स्टिमुलेटिङ हर्मोन (TSH) को मात्रा ।
Functional Stimulation Test (FST) द्वारा शरीर मा देखिएका लक्षणहरु को सम्बन्ध पिट्यूटरी ग्रन्थी वा थाइराइड ग्रन्थी सँगै हो वा अरु नै कुरा हो भन्ने पत्ता लगाइन्छ ।
यदि थाइराइड मा गिर्खाहरु भएको आशंका भयो भने अल्ट्रासाउण्ड तथा न्यूक्लियर थाइराइड स्क्यान पनि गर्न सकिन्छ ।
रोग को उपचार :

रोग को प्रकृतिका आधार मा थाइराइड बिकार को उपचार अलग अलग प्रकार ले गर्नुपर्ने हुन्छ-

बिरामी मा हाइपोथाइरोइडिज्म देखिएको खण्ड मा उसलाई कृत्रिम थाइरोक्सिन हर्मोन दिएर शरीर मा भएको हर्मोन को कमी लाई पूर्ति गर्ने प्रयास गरिन्छ । तिनमा लिभोथाइरोक्सिन प्रमुख हो । यो आपूर्ति जीवनपर्यन्त गरिरहनुपर्ने हुन्छ ।
बिरामी मा हाइपरथाइरोइडिज्म देखिएको खण्ड मा रेडियोधर्मी (Radioactive) आयोडिन को मद्दत ले उपचार गर्न सकिन्छ । रेडियोधर्मी आयोडिन को प्रयोग ले थाइराइड ग्रन्थी को केही भाग नष्ट गरिन्छ । यो उपचार झण्डै ८० प्रतिशत हाइपरथाइरोइडिज्म का बिरामी मा उपयोगी सिद्ध भएको छ । तर पाठेघर मा हुर्किरहेको भ्रूण मा यो विधि ले थाइराइड ग्रन्थी नष्ट हुने सम्भावना भएकाले गर्भवती महिला लाई यो उपचार गरिंदैन ।
नियमित रुप मा आयोडिन चक्की को सेवनले पनि हाइपरथाइरोइडिज्म को उपचार गर्न सकिन्छ ।
थाइराइड ग्रन्थी को कार्य लाई नियन्त्रण गर्ने औषधिहरु को पनि प्रयोग गर्न सकिन्छ ।
कहिलेकाहीं रोग को अवस्था हेरेर अपरेशन नै गरेर थाइराइड ग्रन्थी को केही भाग निकाल्नु पर्ने पनि हुन सक्छ ।
थाइराइड क्यान्सर भइसकेको अवस्था मा रेडियोधर्मी आयोडिन को प्रयोग वा अन्य रेडियोविकिरण को उपयोग गरेर वा विभिन्न क्यान्सर नियन्त्रक औषधि को प्रयोग गरेर उपचार गर्न सकिन्छ ।
थाइराइड रोग को रोकथाम तथा निराकरण का उपायहरु :

हुनत आजसम्म पनि थाइराइड हुनुका मुख्य कारणहरु पत्ता लागेका छैनन् । तर पनि आफ्नो खानपान र जीवनचर्या लाई सन्तुलित बनाएर थाइराइड को समस्या बाट केही हद सम्म मुक्त हुन सकिन्छ । केही उपायहरु लाई तल बूँदागत रुप मा दिइएको छ-

थाइराइड को बारे मा सचेत हुने र चिकित्सक सँग नियमित परामर्श लिने ।
दाँत को टाउका को वा छाती को एक्स रे गर्दा घाँटी लाई विकिरण मुक्त बनाउन आवश्यक उपाय अपनाउने ।
आयोडिनयुक्त नून को सेवन गर्ने ।
धूलो, धुवाँ सँगै धूमपान बाट जोगिने ।
बढ्ता चिल्लो, पीरो तथा अजिनोमोटोयुक्त खानेकुरा नखाने ।
सेलेनियमयुक्त खानेकुरा को सेवन गर्ने । जस्तै ब्राजिल नट, कोदो, काउनो, ब्राउन राइस आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

Next Post
अवैध रकम ओसारपसार, हेलमिटभित्र ६ लाख ४० हजार

अवैध रकम ओसारपसार, हेलमिटभित्र ६ लाख ४० हजार

जनकपुरमा नाममात्रको निषेधाज्ञा, प्रदेश राजधानीको भिड किन देख्दैनन् धनुषाका सिडियो ?

जनकपुरमा नाममात्रको निषेधाज्ञा, प्रदेश राजधानीको भिड किन देख्दैनन् धनुषाका सिडियो ?

दिएको रकम पनि खर्च गर्न नसक्नु कस्तो दुर्भाग्य : मुख्यमन्त्री राउत

दिएको रकम पनि खर्च गर्न नसक्नु कस्तो दुर्भाग्य : मुख्यमन्त्री राउत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .