No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा नाममात्रको निषेधाज्ञा, प्रदेश राजधानीको भिड किन देख्दैनन् धनुषाका सिडियो ?

जनकपुरमा नाममात्रको निषेधाज्ञा, प्रदेश राजधानीको भिड किन देख्दैनन् धनुषाका सिडियो ?

धनुषा : जनकपुरमा पैदलयात्रीसँगै सडकमा मोटरसाइकल र ई रिक्साको लर्को छ । सडकको दुबै छेउतिरर फलफूल र तरकारीको ठेला । ग्राहक तान्न व्यापारीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

ग्राहकको भीड पनि उत्तिकै छ । तर, यी भीडमा मास्क लगाउने बिरलै देखिन्छन् । लगाउनेहरू केहीले नाकको टुप्पो छोप्नुपर्ने मास्क पनि चिउँडोमुनि पुर्‍याएका छन् ।

प्रहरीको भ्यान देख्दा उनीहरूमध्ये केही सर्तक भएकोजस्तो हाउभाउ देखाउँछन् । र, प्रहरी हिँडिसकेपछि फेरि सबैको उस्तै सुरताल ।

औषधि पसलसँगै कपडा, किराना र फेन्सी पसलका सटरसमेत खुलेकै छन् । रामानन्द चोक, पिडारी चोकलगायतका स्थानमा होटेलसमेत खुलेकै छ । हल्का मात्र सटर उठाएर खोलिएको होटेलभित्र खाना र खाजा खानेको भीड पनि उस्तै छ । यस्तै दृष्य देखिन्छ जनकपुरमा जहाँ गत २९ साउनदेखि नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, सञ्चार सेवा, बैंकिङ्ग सेवा, खानेपानी, इन्धन, विद्युत सेवालगायतका बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक रहेको भनिएको छ ।

तर, स्थानीय प्रशासनले तोकेका बाहेक सवारी साधन निर्वाध रूपमा हिँडिरहे पनि कसैले रोकतोक गरेको छैन । कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी गरिएको निषेधाज्ञाको प्रभाव प्रदेश २ मा एकदमै न्यून छ ।

संक्रमणको उच्च जोखिम रहे पनि स्थानीयले बेवास्ता गरिरहेका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेमाथि स्थानीय प्रहरी–प्रशासनसमेत मूकदर्शक देखिन्छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरमा मध्याह्न १२ बजेसम्म किनमेलका लागि निषेधाज्ञा खुकुलो पारिएको छ । उक्त समयमा हटिया, बजार, बैंक तथा वित्तीय संस्थामा भीड त लाग्छ नै, तर त्यसपछि पनि सहरी क्षेत्रमा चहलपहल घटेको देखिँदैन ।

यहाँको मुख्य बजार क्षेत्रमा प्रहरी परिचालित छ । तर सर्वसाधारण निस्फिक्री टहलिरहेका हुन्छन् । प्रहरीले पनि सामान्य सोधपुछ गरेर मात्रै छोडिदिँदा यहाँ निषेधाज्ञा उल्लंघन गरेर पैदल तथा साइकल, मोटरसाइकल र गाडीमा हुइँकिनेहरूको संख्या बढ्दो छ । सुरक्षाकर्मी नै संक्रमित हुन थालेपछि निषेधाज्ञामा पनि खासै कडाइ गरिएको छैन ।

‘यहाँ सबथोक खुलेकै छ । बजारमा भीडभाड देखिएकै छ । यहाँ त प्रशासन नै चाहन्छन् कि कोरोना फैलियोस् नभए यो के गर्न खोजिएको हो रु प्रशासनले कि त कडाइकासाथ निषेधाज्ञा पालना गराउनुपर्‍यो कि त नाममात्रको निषेधाज्ञा हटाउनपर्‍यो,’ स्थानीय विनोद मण्डलले भने ।

जनकपुर लगायतका अधिकांश स्थानमा समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको भन्दै औषधि व्यवसायी प्रमोद यादवले स्थानीय सरकारले कडाइकासाथ निषेधाज्ञा पालना नगराए भयावह अवस्था आउने दाबी गरे ।

तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुर लगायतका क्षेत्रमा भइरहेको भिडभाडबारे बेखबर छन् । नामकैलागि मात्र निषेधाज्ञा लगाइएको प्रश्नमा उनले गैरजिम्मेवार जवाफ दिए । निषेधाज्ञा कडाइकासाथ पालना गराउन प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए ।

तर निषेधाज्ञाको वास्तविक्ता अनुगमन उनले गरेका छैनन् । ‘हामीले प्रहरी परिचालन गराइसकेका छौँ । कहाँ भीडभाड छ ? मलाई थाहा भएन । मलाई भन्नुस् म प्रहरी पठाइदिन्छु,’ उनले भने । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
दिएको रकम पनि खर्च गर्न नसक्नु कस्तो दुर्भाग्य : मुख्यमन्त्री राउत

दिएको रकम पनि खर्च गर्न नसक्नु कस्तो दुर्भाग्य : मुख्यमन्त्री राउत

थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

कोराेनाबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

कोराेनाबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...