चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् । कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्धान व्यक्तिहरुसँग बसेर पनि छलफल गर्छु । नयाँ शैक्षिक सत्रदेखि चलचित्रको बिषय पढाउने भन्ने लगभग सहमती भएको छ ।’
from onlinekhbar