९ भदौ, उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साता को निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।
एकै दिन उपत्यकामा २३२ संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार भएको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । सन्क्रमित को संख्या बढेको कारण निषेधाज्ञा बढ्नेमा उपत्यका बासी भने तयारीमा बसेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए । उनले भने, ‘निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’ यद्यपि, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको बताए ।