No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

महेश सिंह, सिरहा (लहान) — ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित मधेश प्रदेशका विभिन्न जिल्लामा एकैसाथ ‘मधेश महा–रक्तदान कार्यक्रम’ आयोजना गरिएको छ। ‘Blood for Nepal’ को अग्रसरतामा सञ्चालन गरिएको उक्त अभियानले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा हुने रगत अभाव न्यूनीकरण गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
सिरहाको नवराजपुर गाउँपालिका–४ स्थित सोनवर्षा चोकमा सम्पन्न कार्यक्रममा बिहानैदेखि स्थानीय युवाहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानवीय सेवाप्रति ऐक्यबद्धता जनाएका थिए। कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेको जानकारी संयोजक सन्तोष कुमार यादवले दिए।
कार्यक्रममा जेसीआई लहान सिटी लगायतका संघसंस्थाको सहकार्य रहेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्रले उपलब्ध गराएको थियो। आयोजकका अनुसार यस्तो अभियानले युवाहरूमा सकारात्मक सोच विकास गर्नुका साथै सामाजिक उत्तरदायित्वबोध अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
अभियान अन्तर्गत ‘रक्तका कुरा’ जस्ता जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो। यसमार्फत रक्तदानसम्बन्धी भ्रमहरू हटाउँदै आवश्यक जानकारी प्रदान गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा समाजसेवी जयकिशोर यादव, शिवदेव साह, रोबिन यादव, शैलेन्द्र यादव, बिश्वनाथ कामैत लगायत सयौं युवाहरूको सहभागिता रहेको समाजसेवी जयकृष्ण यादवले जानकारी दिए।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले नियमित रक्तदानले मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिएका छन्। सहभागीहरूले पनि आगामी दिनमा यस्ता सामाजिक अभियानमा अझ सक्रिय रूपमा जोडिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .