काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने । नेकपा एकीकृत समाजवादी पार्टी ( माधव नेपाल ) लाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने श्रोतबाट जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री देउवालाई आफ्नो पार्टी बैठकमा सहभागी नहुने जानकारी गराईसकेका बताए । बैठकमा सहभागी नहुने कारण माधव नेपालको पार्टी नेकपा एसलाई बोलाएकोले हामी सहभागी जानकारी गराइसकेको एकजना नेताले बताए । ’प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसदमा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान मिल्दैन नेकपाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।
यश अघि नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पु¥याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् । १४ जना सांसदमाथि कारबाही हुनुपर्ने मागसहित एमालेले सर्वोच्च अदालतमा समेत मुद्दा हालेको छ । त्यस्तै यही विषयलाई लिएर उसले निरन्तर संसद् अवरुद्ध पनि गरिरहेको छ ।
यसअघि संसद्को गतिरोध खुलाउनकै लागि सभामुख अग्निप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाएका थिए ।
तर ससद बैठक सुचारु गराउन प्रधानमन्त्री देउवाको पहलले कति सफलता पाउने भन्ने प्रश्न उठेको छ ।