No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा चिकित्सकको लापरबाहीले शिशुको मृत्यु, मुद्दा दिने चेतावनीपछि रकम छुट

जनकपुरमा चिकित्सकको लापरबाहीले शिशुको मृत्यु, मुद्दा दिने चेतावनीपछि रकम छुट

काठमाडौं । जनकपुरधामको रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा चिकित्सकको लापरबाहीले एक नवजात शिशुको ज्यान गएको छ ।

चिकित्सकको लापरबाहीका कारण शिशुको जन्म भएको तेस्रो दिनमै मृत्यु भएको हो ।

सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए ।

अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको थियोे ।

शिशु जन्मिएपछि दुई दिनदेखि गम्भीर अवस्थामा रहेको र उसलाई एनआईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए ।

‘तर, बुधबार बिहान साढे ११ बजे एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो,’ उनले थपे ।

अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रिफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारले बताएका छन् ।

‘डा. यादवलाई मंगलबारदेखि नै शिशुको अवस्था ठिक छैन भने अन्यत्र रिफर गरिदिन आग्रह गर्दै आएका थियौँ ।

तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रिफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ अजयले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्‍यौं ।’

सामान्यतया बच्चा जन्मिने समय ३८ हप्तापछि रहे पनि डा. सहनीले ३४ हप्ता ५ दिनमै गर्भबाट शिशुलाई निकालेका कारण बाँच्न नसकेको उनले जिकिर गरे ।

अस्पतालले शिशु र आमा दुवैलाई बचाउनु छ भने तुरुन्त बच्चा निकाल्नुपर्छ भन्दै अप्रेसन गर्नुपर्ने सुझाब दिएको थियो । उनका अनुसार हतास हुँदै आफूले सहमति जनाएको तर सोमबार दिउँसो साढे १२ बजे शिशुको जन्म अप्रेसनबाट नभई नर्मल भएको थियोे ।

चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा हजारौं रुपैयाँ खर्च गराएर आफ्नो सन्तानलाई मारेको अजयले गुनासो गरे ।

अजयका ससुरा रामभगत साहले आक्रोशित हुँदै भने,‘तराई राजधानी अस्पतालले एक त शिशुको ज्यान लियो, त्यसपछि नर्मल डेलिभरीको बिल ७५ हजार रुपैयाँ थमायो । के यो देशमा कुनै कानुन छैन ?’

पैसा कमाउने उद्देश्यले सोझासाझा बिरामीलाई प्रभावमा पारी समयअगावै डेलिभरी गर्नु गलत रहेको भन्दै उनले आगामी दिनमा अन्य व्यक्तिसँग पनि यस्तो घटना दोहोरिन नदिन सम्बन्धित निकायले यसको छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।

यता घटना सम्बन्धमा अस्पतालका सञ्चालक समेत रहेका डाक्टर गंगाप्रसाद यादवले शिशु जन्मेपछि उनको हर्टबिट कम रहेको कारण एनआईसीयूमा राखेर उपचार हुँदै आएको बताए ।

उनले भने,‘सरिताको डेलिभरी कुन अवस्थामा भयो त्यो मलाई जानकारी भएन् । तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो । अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।’

पीडित परिवारले न्यायका लागि अदालतमा मुद्दा दिने चेतावनी दिएपछि अस्पतालले ‘डेलिभरी चार्ज’ रकम छुट गरेको छ ।

यसअघि सोही अस्पतालले गत असार १४ गते महोत्तरीको धमौरा बस्ने निलम सदालाई उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेको थियो ।

अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरी पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भनेको थियो ।

जनकपुरधामको रामानन्दचोकमा रहेको तराई राजधानी अस्पताल कानुनी रुपमा अझै दर्ता भइसकेको छैन । अस्पतालका सञ्चालक डा. यादवले भने, ‘हामी दर्ता प्रक्रियामा छौं, अब छिट्टै दर्ता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
नेपालको अफगानिस्तान नीति

नेपालको अफगानिस्तान नीति

भारतीय विदेशमन्त्रीले भनेजस्तो विशेष सम्बन्धबारे छलफल भएन : परराष्ट्रमन्त्री खड्का

भारतीय विदेशमन्त्रीले भनेजस्तो विशेष सम्बन्धबारे छलफल भएन : परराष्ट्रमन्त्री खड्का

भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग

भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .