No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जंकफुड होइन यस्ता खानेकुरा जरुरी छ बालबालिकाका लागि

जंकफुड होइन यस्ता खानेकुरा जरुरी छ बालबालिकाका लागि

अहिले बालबालिका जंकफुडको लतमा फसेका छन् । उनीहरु चाउचाउ, चिजबल, कुरकुरे, चकलेट, बिस्कुटमा लोभिएका छन् । नतिजा, घरको खाना खाँदैनन् । जबकी जंकफुडले जिब्रोको तलतल मेट्न सकेपछि शरीरका लागि आवश्यक पोषक तत्व त्यसमा हुँदैन । बरु जंकफुडलाई मिठो बनाउन, आकर्षक देखाउन र लामो समय टिकाउन त्यस्ता बस्तुहरुको मिसावट गरिन्छ, जो शारीरिक स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

वाल्यवस्थाबाट नै बच्चाको खानपान सही भयो भने बच्चा जीवनभर स्वस्थ्य रहन्छ । तर बच्चालाई के खाना खान दिने,  के खाना खान नदिने भन्ने हरेक आमाको लागि समस्याको बिषय बनेको हुन्छ । बच्चाको आहारमा के समावेश गर्दा बच्चालाई पोषकतत्व प्राप्त हुन्छ र उ स्वस्थ्य रहन्छ भन्ने आमाको चिन्ताको बिषय बनेको हुन्छ ।

बच्चालाई शरीरमा अत्याधिक तागत दिने किसिमका खाना खान दिनु पर्छ । तर धेरै क्यालोरी भएको खाना दिनु हुन्न, त्यस्ता खानाले शरीरमा बोसो बढाउने काम गर्छ भने आवश्यकता अनुरुप तागत भने दिदैन  । धेरै क्यालोरी भएका खानाले बच्चालाई नोक्सान पुर्याउनुका साथै बच्चाको खाने बानी पनि बिगार्ने काम गर्छ ।

अण्डा

आठ महिनापछि बच्चालाई अण्डा सजिलै दिन सकिन्छ । अण्डालाई उमालेर, फ्राई गरेर खान सकिन्छ । यसबाहेक खानामा पनि अण्डाको समावेश गर्न सकिन्छ । अण्डालाई पेनकेक बनाएर पनि खान दिन सकिन्छ ।

आलु

आलुलाई बच्चाको पहिलो आहार मानिन्छ । नरम हुने भएकोले यसलाई सजिलै मिचेर खुवाउन सकिन्छ । आलू खानाले बच्चालाई कुनै प्रकारको पनि एलर्जी हुँदैन । शुरुमा बच्चालाई ग्यास नहोस् भनेर थोरै आलु सेवन गर्न दिनु पर्छ, पछि यसको मात्रा विस्तारै बढाउ“दै लानु पर्छ । आलुमा खनिज भिटामिन बाहेक केरोटेनोयड्स र प्राकृतिक फिनोयल जस्ता रसायन पनि हुन्छ । आलुमा सबैभन्दा धेरै कार्बेाहाइड्रेट हुन्छ । आलुलाई खिचडी, सुप बनाएर पनि खान दिन सकिन्छ ।

घिउ

बच्चाको लागि  घिउ अति नै आवश्यक हुन्छ । बच्चा ८ महिना भएपछि घिउ उसको खानामा कम मात्रामा दिन सकिन्छ । बढि मात्रामा घिउको सेवनले पाचन प्रक्रियालाई नकारात्मक प्रभाव पार्न सक्छ ।

मासु

मासुले बच्चालाई धेरै पोषण दिने भएकोले यसलाई बच्चा ८ महिना भएपछि नै खान दिन सकिन्छ । बच्चालाई मासु खान दिदा उमालेर मसिनो बनाएर निल्न मिल्ने गरि खान दिनु पर्छ । यसका साथै मासुको सुप पनि बच्चाको लागि उपयुक्त हुन्छ । मासुमा भिटामिन ए, बी१२, फस्फोरस आदि उपयोगी तत्वहरु प्राप्त हुन्छ । मासु हप्तामा एक पटक सेवन गर्नु आवश्यक छ ।

मटर

मटरलाई पनि बच्चाको खानाको रुपमा एक उपयोगी र राम्रो स्रोतको रुपमा लिन सकिन्छ । मटरमा फाइबर, भिटामिन सी, म्याग्नेसियम, फस्फोरस, भिटामिन ए र बी पाइन्छ । जुन बच्चाको शारीरिक विकासको लागि अति आवश्यक हुन्छ । त्यसैले बच्चाको खानामा मटर समावेश गर्नु आवश्यक छ । मटरलाई जाउलोमा मिसाएर अथवा जुस बनाएर पनि खान सकिन्छ ।

केरा

केरामा त्यस्ता धेरै तत्वहरु समावेश हुन्छन्, जसको आवश्यकता बच्चालाई स्वस्थ्य रहनका लागि हुन्छ । केरामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी ६ प्रचुर मात्रामा हुन्छ । केराको प्यूरी मफीन अथवा प्यान केके बनाएर पनि खुवाउन सकिन्छ ।

आरु

आरु पौष्टिक गुणहरुले भरिपुर्ण छ । आरुमा अत्याधिक मात्रा फाइबर, भिटामिन ए र भिटामिन सी पाइन्छ । यदि तपाईंको बच्चालाई आरु मन पर्दैन भने आरुको जुस बनाएर खाना दिन सकिन्छ । यसको मिल्क शेक बनाएर खान दिदा बच्चा रमाउँदै खान्छन् ।

नासपाती

बच्चाको लागि नासपाती उपयुक्त पोषक तत्व भएको फल मानिन्छ । नासपातीको स्वाद पनि मिठो हुनुको साथै यसमा फाइबर, आइरन, भिटामिन बी६ र भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ ।

शखरखण्ड

शखरखण्डमा फाइबर, म्याग्नेसियम, भिटामिन बी ६, भिटामिन ए, भिटामिन सी आदि पोषक तत्व अत्याधिक मात्रामा उपलब्ध पाइन्छ । त्यसैले बच्चा ६ महिना भएपछि शखरखण्ड प्रथम आहारको रुपमा दिन सकिन्छ ।

चिज

तपाईंको बच्चा ८ महिनाको भएपछि उसलाई चिज पनि खान दिन सकिन्छ । चिजमा फस्फोरस, क्याल्सियम र सेलेनियम प्रचुर मात्रामा हुन्छ । बच्चालाई चिज त्यसै पनि खान दिन सकिन्छ । यस बाहेक फ्रूट सलादमा पनि चिज मिसाएर बच्चालाई खान दिन सकिन्छ ।

नट्स-बदाम

बच्चाको लागि नट्स अर्थात बदाम अति नै यपयोगी हुन्छ । प्रँरम्भमा बदाम, पेस्ता, काजु, अंजीर जस्ता नट्सको पीनेर दुध अथवा खानामा मिलाएर बच्चालाई खान दिन सकिन्छ । बच्चाले चपाएर खाने भएपछि नट्सको लड्डु अथवा बर्फी बनाएर पनि खान दिन सकिन्छ । तर अत्याधिक मात्रा सेवन गर्नाले बच्चालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले यसलाई हप्तामा दुई पटक सेवन गर्नु पर्छ । कुनै बच्चालाई नट्स खानाले एलर्जीको समस्या पनि हुन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नु पर्छ ।

एभोकाडो

एभोकाडोमा धेरै मात्रामा फाइबर हुनुको साथै यसमा चिल्लोको मात्रा पनि कम हुन्छ । यसलाई ब्रेड अथवा रोटिमा हालेर पनि खान दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
जसपाले संसद विघटनको विरोधमा फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

जसपाले संसद विघटनको विरोधमा फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपी अर्कै मुद्दामा कारागार चलान

शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपी अर्कै मुद्दामा कारागार चलान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .