काठमाडौं । नेपाल लाई इसाई कारण गराउन बिदेशी नागरिक सक्रिय देखिएका छन् । बिदेशी नागरिक अहिले नेपालका दुर दराजमा रहेका गाउँमा झोलाभरि बाइबल बोकेर गाउँ बस्ती गएर इसाई धर्मको प्रचारप्रसार गरिरहेको अवस्थामा बिश्व हिन्दु युवा संघ बैतडीले फेला पारेको हो । बिगत लामो समय देखि सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा दुईजना बिदेशी नागरिक र एक जना नेपाली नागरिक बाइबल बितरण गरिरहेको अवस्थामा बिश्व हिन्दु युवा संघलाई स्थानीयले जानकारी गराउदा बैतडीको पाटनमा फेला पारेको बिश्व हिन्दु युवा संघका संयोजक सम्राट सिंहले बताए । नेपाल संविधानमै धर्मको प्रचारप्रसार गर्ने लिखिएता पनि सरकार नै अहिले धर्म परिवर्तन गराउने लाई नै संरक्षण गरेको बिश्व हिन्दु युवा संघका सुदुरपश्चिम प्रदेशका संयोजक सम्राट सिंह ले बताए । धर्म परिवर्तन गराउने बिदेशी नागरिक र नेपाली नागरिकलाई बिश्व हिन्दु युवा संघ बैतडीले धर्म परिवर्तन नगर्ने सर्तमा सम्झाइ बुझाए गरिएको र एक पटकलाई गल्ती सुधार्ने मौका दिएको संयोजक सिंहले बताए ।
एक पटकलाई गल्ती सुधार्ने मौका दिइएको र अर्को पटक भेटिएको अवस्थामा बिश्व हिन्दु युवा संघले यस्ता धर्म परिवर्तन गराउनेलाई भौतिक गर्ने चेतावनी दिएर दिएका छन् ।संयोजक सिंह भन्नू हुन्छ बिश्व हिन्दु युवा संघको सिधा सिधा सम्बोधन छ । राष्ट्र र धर्म बचाउनका लागि जुनसुकै परिस्थितिमा पनि पछाडि नहट्ने र राष्ट्र र धर्मको लागि बलिदान दिनु पर्ने अवस्था आएमा तयार रहन बिश्व हिन्दु युवा संघका युवालाइ निर्देशन समेत गरेको संयोजक सिंहले बताए । ॐआदेश