No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफू बलियो हुन उपेन्द्रले पार्टी कमजोर पार्नुभयो – उमाशंकर अरगरिया

आफू बलियो हुन उपेन्द्रले पार्टी कमजोर पार्नुभयो – उमाशंकर अरगरिया

काठमाडौं । लुम्बिनी प्रदेश सभाका चार जना सांसद्लाई उपेन्द्र समूहले गैरकानुनी रुपमा कारबाही गरेपछि जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्केको छ ।

पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समूहले चार सांसद्लाई कारबाहीका लागि सिफारिस गरेपछि जसपामा विवाद चर्केको हो । पुष्कमल दाहाल प्रचण्ड र बाबुरामको निर्देशनमा उपेन्द्रले लुम्बिनीमा चलखेल गर्नुभएको आरोप जसपा नेताहरुको छ ।

केन्द्रको निर्णय विपरित जसपाका चार सांसद् सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलेलाई उपेन्द्र समूहले पदमुक्तका लागि प्रदेश सभा सचिवालयलाई सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गर्नुभएको थियो । सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाउनुभएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिइसक्नुभएको छ ।

लुम्बिनी सरकारमा सहभागी हुनुभएका चार सांसद्ले अदालत जाने निर्णय गरिसक्नुभएको छ । तर कोभिड–१९ संक्रमणको जोखिममा कारण बन्दी प्रत्यक्षीकरणका रिटबाहेक अन्य मुद्दा बैशाखभर दर्ता नगर्ने सर्वोच्चको निर्णयका कारण उहाँहरुको रिट दर्ता हुन सकेको छैन ।

देशको वैकल्पिक शक्तिको रुपमा स्थापित भएको पार्टीमा उपेन्द्र यादवहरुले गर्नुभएको काम निन्दनीय भएको जसपा नेता उमाशंकर अरगरिया बताउनुहुन्छ । उपेन्द्रले आफू बलियो हुन पार्टीलाई कमजोर बनाउने खेल खेल्नुभएको उमाशंकरको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका अरगरियाले लुम्बिनी सरकारमा सहभागी चार सांसद्लाई कारबाही गर्ने विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताउनुभयो । ‘न कसैले सम्पर्क नै गरेको छ, न बैठक बसेको छ, यसरी आँखा छलेर गैरकानुनी रुपमा कारबाही गर्नु गलत हो’ – उहाँले भन्नुभयो ।

पार्टीमा कसैलाई कारबाही गर्नुछ भने बैठक बसेर छलफल गर्ने परम्परा रहेको बताउँदै उमाशंकरले भन्नुभयो –‘यस्तो विषयमा छलफल गरेर वैधानिक रुपमा सर्वसम्मतीले निर्णय गर्नुपर्छ, बैठक नै नबसी एउटा समूहले कारबाही गर्नु गलत हो ।’ उपेन्द्र समूहले लुम्बिनीमा खेलेको खेल निक्कै गलत भएको उहाँको भनाइ छ ।

पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने बेला विभाजनको खेल भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । ‘हाम्रो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा बुझिन्छ, यस्तो तरिका र प्रवृत्तिले वैकल्पिक शक्ति हुनै सक्दैन’ – उहाँले भन्नुभयो ।

लुम्बिनीका सांसद्लाई कारबाही गर्ने निर्णय पार्टीको नभई एउटा गुटको निर्णय भएको उहाँले प्रष्ट पार्नुभयो । अरगरियाले भन्नुभयो – ‘यो पार्टीको निर्णय होइन, गुटको हो, बैठकमा अल्पमत बहुमत हुनु स्वभाविक हो, तर निर्णय बैठकबाटै हुनुपर्छ ।’

पार्टीमा व्यक्ति हाबी हुनु नराम्रो पक्ष भएको बताउँदै उहाँले भन्नुभयो – ‘व्यक्ति बलियो हुँदा पार्टी कमजोर हुन्छ, त्यसैले शीर्ष नेता बसेर गहन छलफल गरेर मात्र कुनै प्रक्रिया अगाडि बढाउनुपर्छ, व्यक्तिगत हिसाबले अघि बढ्दा पार्टीलाई र देशलाई नै राम्रो हुँदैन ।’

प्रदेश सभा सचिवालयले पदमुक्त गरेको अवस्थामा कानुनी उपचार नै उत्तम विकल्प भएको पनि उहाँले बताउनुभयो । तर सहमतिबाट सम्भव हुने भए नेताहरुले त्यसमा ध्यान दिनुपर्ने उमाशंकरको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गर्ने निर्णय

प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गर्ने निर्णय

बंगलादेशमा  चिनियाँ दूतावासको अगाडि एक मानव श्रृंखलाको विरोध प्रदर्शन

बंगलादेशमा चिनियाँ दूतावासको अगाडि एक मानव श्रृंखलाको विरोध प्रदर्शन

भारत र चीनको सम्बन्ध धेरै कठिन अबस्थाबाट गुज्रिरहेको : एस जयशंकर

भारत र चीनको सम्बन्ध धेरै कठिन अबस्थाबाट गुज्रिरहेको : एस जयशंकर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .