No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कतारका नेपाली श्रमिक सेयर लगानीमा आकर्षित

कतारका नेपाली श्रमिक सेयर लगानीमा आकर्षित

 कतार । सेयर बजारमा लगानी गर्न कतारका श्रमिकहरु उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कतारमा रहेका श्रमिकहरु सेयर बजारमा लगानी गर्न उत्साहित भएका हुन् ।

खासगरी ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै आएका नेपालीहरुमा पनि सेयर लगानीमा आकर्षण बढेको छ ।

यहाँबाट बैंक खातासहित सेयर आवेदन फारम भर्नका लागि मिल्ने भएपछि नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ लगायत बैंकका प्रतिनिधिहरु मार्फत कतारका श्रमिकहरुले खाता खोलेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रम गर्नका लागि अनिवार्य बैंक खाता खोल्न पर्ने भएपछि मात्रै बैंक खाता खोलेर प्रयोग गरेका श्रमिकहरुले अहिले सेयरमा लगानी गर्न डिम्याट खाता खोल्न थालेका छन् ।

हालै सिद्धार्थ बैंक मार्फत डिम्याट खाता खोलेर ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा लगानी गरेका गोर्खाका विनोद श्रेष्ठ र नुवाकोटका निरजकुमार थापा १०/१० कित्ताको साझेदार बनेका छन् ।

गोेर्खाकै सन्तोष श्रेष्ठ भने पहिलो गाँसमै ढुंगा लागेको बताउँछन् । उनले पनि ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भरेका थिए । पहिलो पटक नै हात शून्य भएपछि उनी अलि निराश देखिए । यद्यपि महिला लघुवित्तको आईपीओ पनि भरेको सुनाउँदै श्रेष्ठले यसमा आशावादी रहेको सुनाए ।

सात वर्षदेखि कतारमा रहेका नुवाकोट खड्गभन्ज्याङका सुमन खड्का भने सेयर बजारका पुराना लगानीकर्ता हुन् । उनले आफूसहित परिवारका सबै सदस्यहरुको डिम्याट खाता खोलेर सेयरमा लगानी गरेका छन् । विदेशमा भएकाले सुरुवाती समयमा सेयरमा लगानी गर्न नपाएको तर अहिले विदेशबाटै सेयरमा लगानी गर्न मिल्ने भएपछि कुनै पनि कम्पनीको आईपीओ नछुटाइ लगानी गरेको उनले सुनाए । परिवारका सदस्यसहितको हाल करिव २ लाख ५० हजारभन्दा बढीको सेयर पुँजी रहेको खड्काले सुनाए । आईपीओमा लगानी गर्दा नोक्सानी व्यहोर्न नपर्ने उनको अनुभव छ । उनले दोश्रो बजारमा प्रवेश गर्नका लागि भने लहलहैमा नलागेर बुझेर मात्रै लाग्नुपर्ने सुझाव दिए ।

पछिल्लो सयम कतारमा रहेका श्रमिकहरुले सेयर बजारमा लगानी गर्नका लागि धमाधम बैंक खाता र डिम्याट खाता खोल्न थालेको कतारस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधि प्रकाश फुयाँलले बताए । पछिल्लो समय सेयर बजारमा लगानी गर्नकै लागि दिनहुँ ६ जनाभन्दा बढीको नयाँ खाता खोलेको उनले बताए ।

आप्रवासी कामदारको प्रमुख बासस्थान रहेको सनैया क्षेत्रबाट दोहाको तरबार गेट नजिकै सिटी एक्सचेन्जमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न सुनसरी, काठमाडौं र पाल्पाका तीन जना आएकामध्ये दुई जनाको मात्रै खाता खुल्यो । उनीहरुसँगै खाता खोल्ने ठाउँमा पुगेका चितवनका प्रकाश न्यौपानेले करिव तीन घण्टा लाइनमा बसेर खाता खोलेका बताए ।

बैंकका प्रतिनिधिले तीन जनाको मात्रै काम गर्न भ्याउने भनेपछि सनैयाबाट आएका दुई जनाको बैंक खाता खुल्यो भने एक जना अर्को दिन आउने गरी फर्किए । बैंकले निःशुल्क खाता खोलिदिएपछि खाता खोल्न आउनेहरुको लर्को लाग्न थालेको छ । बैंक खाता खोलेपछि डिम्याट खोल्न एक सातादेखि दुई सातासम्म लाग्ने भएकाले पछि आउन बैंकका प्रतिनिधिले आग्रह गरेका थिए । डिम्याट नम्बर र सिआरएन नम्बर लिन पुनः आउनका लागि आग्रह गरिएको थियो ।

त्यस्तै सिद्धार्थ बैंक मार्फत सेयरमा लगानी गर्नका लागि बैंक खाता र डिम्याट खोल्न नेपालीहरु आउने गरेको नज्मास्थित गल्फ एक्सचेन्जमा रहेको सिद्धार्थ बैंकका प्रतिनिधि दुर्गा रिजालले जानकारी दिए । नेपाल इनभेष्टमेन्ट बैंकले निःशुल्क रुपमा बैंक खाताका खोलेको छ भने डिम्याट र मेरो सेयरको एक वर्षका लागि कुनै शुल्क नलाग्ने जनाएको छ । यता सिद्धार्थ बैंकका प्रतिनिधिले भने बैंक खाता खोले वापत कतारी ५० रियाल -नेपाली सरदर १५ सय ७५ रुपियाँ) लिएका छन् ।

त्यस्तै जागरुक युवा समाज नेपाल कतारले संस्थामा आवद्ध भएका आफ्ना सदस्यहरुलाई सेयर बजार सम्बन्धी आधारभूत जानकारी, डिम्याट खाता, बैंक खाता खोल्ने प्रक्रिया सम्बन्धी तालिम दिने योजना बनाएको समाजका उपाध्यक्ष यादवप्रसाद चौलागाईले जानकारी दिए । उनले कतारको नियम अनुसार सामाजिक दुरी कायम गर्दै सन्चालन गर्ने कार्यक्रममै बैंकका प्रतिनिधि मार्फत बैंकिङ्ग प्रक्रियाहरु पनि पूरा गर्न सहयोग गर्ने जनाएका छन् ।

हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

Next Post
सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

डेढ वर्षअघि बौद्धमा भएको त्यो लुटपाट

डेढ वर्षअघि बौद्धमा भएको त्यो लुटपाट

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .