No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खुलामञ्च मासेर सडकमा सभा

खुलामञ्च मासेर सडकमा सभा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक मुद्दाहरुले काठमाडौंका सडक तातिन थालेको छ । हरेक दिनजसो कुनै नै कुनै दल वा समूहको विरोध प्रदर्शन, र्‍याली, आमसभा भइरहेको छ । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमै दुई ठूला सभा गरिसक्यो भने नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत पनि सडकमै छन् ।

२३ माघदेखि त संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा ओली समूह पनि सडकमा आउँदैछ ।

प्रचण्ड–नेपाल समूहले पुस १४ र माघ ९ गते प्रदर्शनीमार्गमा विरोधसभा गरेका थियो भने ओली समूहले सभाका लागि नारायणहिटी दरबार संग्रहालय अगाडिको सडक रोजेको छ ।

ठूला सभाहरु हुँदा उपत्यकाकै ट्राफिक आवागमन दिनभर अस्तव्यस्त हुने गरेको छ । अब हुने सभामा त्यही नियति भोग्नुपर्ने भन्दै दरबारमार्गका केही व्यापारी जिल्ला प्रशासन कार्यालय कार्यालय काठमाडौंमा ‘डेलिगेसन’ जाने तयारीमा छन् । शहरको मुख्य सडकमा सभा गर्न रोक्नुपर्ने उनीहरुको माग छ ।

दरबारमार्गका व्यवसायी ऋषिराम नेवार सडकको साटो खुलामञ्चजस्ता क्षेत्रमा सभा गर्न सुझाव दिन्छन् । ‘जनतालाई दुःख दिएपछि शक्ति देखिने होइन होला । कुनै खुलामञ्चजस्ता सार्वजनिक स्थलहरुमा कार्यक्रम गर्दा भइहाल्छ नि’ उनले भने ।

शक्ति प्रदर्शन गर्न ब्यापारीले भनेजस्तो खुलामञ्च उपयुक्त नहुने तर्क गर्छन् नेकपा ओली समूहका जनसभा परिचालन समितिका संयोजक आनन्द पोखरेल । ‘दरबारमार्गमा गर्दा पश्चिमतर्फ सञ्चयकोषको भवनसम्म र दक्षिणतर्फ जमल घण्टाघरसम्म मान्छे राख्न मिल्छ । डेढ/दुई लाख मान्छे अट्छन्,’ उनी भन्छन्, ‘खुलामञ्च त अरु ढंगले अकुपाइ भएको छ, कसरी कार्यक्रम गर्नू ?’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल २०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको खुलामञ्चको उचित संरक्षण नभएको बताउँछन् ।

फरक विचार राख्नेलाई असुरक्षा हुने अवस्था आयो भने सरकारले सुरक्षाकर्मी परिचालन गरेर विरोध गर्न दिनुपर्छ भन्ने मान्यता रहेको भन्दै उनले भने, ‘खुलामञ्च जस्तो ठाउँहरु सबैलाई चाहिन्छ । विकासको विवाद र ढिलाइ लगायतका के कति कारणले खुलामञ्चमा अवरोध छ, त्यो छिट्टै हट्नुपर्छ ।’

माइतीघर मण्डला, प्रदर्शनीमार्गजस्ता अहिले उपयोग भइरहेका क्षेत्र साँघुरा र सडक भएकाले ठूला कार्यक्रमका लागि खुलामञ्च निर्विकल्प भएको उनको भनाइ छ ।

राजनीतिक भूमि दुर्व्यसनको अखडा

कुनै समय काठमाडौंको खुलामञ्च राजनीति गर्नेहरुका लागि ‘उर्बरभूमि’ नै थियो ।

राजनीतिक विश्लेषक पोखरेलका अनुसार २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए ।

त्यो सभाबाट उनले जनमत संग्रहमा बहुदलका पक्षमा बहुमत आउने भन्दै पञ्चायती सरकारलाई दीर्घकालीन महत्वका निर्णयहरु नलिन र त्यसो भएमा बहुदल आएपछि बन्ने सरकारले बोक्न नसक्ने बताएका थिए ।

बीपीले भने जस्तो २०३६ सालको जनमत संग्रह बहुदल पक्षले त जितेन तर, खुलामञ्चमा राजनीतिक कार्यक्रमहरु गर्ने क्रम सुरु भयो । ०४६ सालको परिवर्तनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरुले पनि खुलामञ्चमा उभिएर भाषण गरे । २०६२/६३ को दोस्रो जनआन्दोलनमा जनताको जित भएको घोषणा पनि यही खुलामञ्चबाट भएको थियो ।

बाह्रबुँदे सम्झौतापछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र मधेस आन्दोलनबाट उदाएका मधेस केन्द्रित दलहरुले पनि पटकपटक यही खुलामञ्च रोजे । संविधान निर्माणका क्रममा सानो वा ठूलो हरेक विचार समूह वा दललाई आफ्नो आवाज सुनाउने मञ्च बनेको थियो । तर अहिले खुलामञ्च खुला छैन ।

खुलामञ्च अहिले बसपार्क, क्रसर प्लान्ट, गोदाम भवन र पार्किङस्थलमा परिणत भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा सटर राखेर स्थायी संरचना बनाउने प्रयास गरेको थियो । अभियान्ताले दबावपछि केही संरचना त हटेका छन् तर, अतिक्रमित खुलामञ्च अहिले पनि खुला हुन सकेको छैन ।

निरन्तर सरकारी अतिक्रण

सम्पदा संरक्षणका अभियन्ता आलोकसिद्धि तुलाधर काठमाडौं उपत्यकामा टुँडिखेलसहित खुलामञ्च क्षेत्र ऐतिहासिक कालदेखि नै सार्वजनिक खुला क्षेत्रका रुपमा रहेको बताउँछन् । शहरी पर्यावरणमा ग्राउन्ड रिचार्ज गर्नेदेखि शहरमा आपतका बेला जम्मा हुने ठाउँका रुपमा खुलामञ्च क्षेत्र कायम थियो ।

दशरथ रंगशालादेखि रानीपोखरीसम्म फैलिएको विशाल खुला क्षेत्र विभिन्न कालखण्डमा सरकारबाटै खुम्च्याइँदै लगियो । बेलायत भ्रमणबाट फर्किएपछि जंगबहादुरले टुँडिखेललाई परेड मैदान बनाए, धरहरा बनाए, सेनाको मुख्यालय बन्यो ।

राजा महेन्द्रको पालामा सेनाले टुँडिखेलमै सैनिक मञ्च र रानीपोखरीसँगै रत्नपार्क बनाएपछि बीचमा बचेको भाग भने सर्वसधारणको खुला पहुँचमा थियो । त्यही खुला ठाउँको मञ्च राजनीतिक एजेन्डा सुनाउने ठाउँ बनेको थियो ।

हजारौं मान्छे अटाउने त्यही खुलामञ्चलाई २०७१ सालमा अतिक्रमण गर्ने योजना बन्यो । खुलामञ्चभित्र व्यवसायिक अन्डरग्राउन्ड पार्किङ बनाउने गरी काठमाडौं महानगरले अध्ययन गरायो । २०७२ वैशाखको भूकम्पमा हजारौंलाई आश्रय दिएपछि खुलामञ्चभित्र भूमिगत पार्किङ बनाउने योजना गलत सावित भयो ।

तर ११ माघ ०७१ मा पुरानो बसपार्कमा २९ तले भ्यू टावर बनाउने जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीलाई अनुमति दिएको महानगरपालिकाले फेरि खुलामञ्चमै आँखा लगायो ।

२०७३ को असोजमा एक तिहाई क्षेत्र ओगट्ने गरी पुरानो बसपार्क खुलामञ्चभित्र सारियो र भित्र व्यवसायिक सटर र शौचालय बनाउन अनुमति दिइयो । सम्झौताअनुसार एक वर्षभित्रै टावरको भूमिगत भागमा बस टर्मिनल बनाएर बसपार्क टावरभित्रै सरिसक्नुपर्ने थियो ।

तर, चार वर्ष बितिसक्दा पनि टावरको भूमिगत भागमा बस टर्मिनल तयार भएको छैन । बरु मेयर विद्यासुन्दर शाक्य र महानगरका कर्मचारीसँग मित्रता कायम गरेका ठेकदार मनोज भेटवालले खुलामञ्चको अस्थायी बसपार्कभित्रै ४५ भन्दा बढी व्यवसायिक सटरहरु बनाउन अनुमति हत्याए । खुलामञ्च मासेर सटर हालेको भन्दै तीब्र आलोचना भएपछि महानगरले डोजर चलायो ।

तर खुलामञ्चको अतिक्रमण हटेको छैन । खुलामञ्चमा बसपार्कको भागलाई सिमेन्ट प्रयोग गरेर ढलान गरिएको छ । बाँकी भागमा अवधिमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन बनाउने ठेकदार कम्पनीका गोदामहरु बनाए ।

उनीहरुले खुलामञ्चभित्र प्रिफ्याब भवन मात्रै बनाएनन्, क्रसर प्लान्टसम्म चलाए । खुलामञ्च संरक्षणको जिम्मा पाएको काठमाडौं महानगरका कर्मचारीहरुले कमिसनको लोभमा एकपछि अर्को संरचना बनाउन अनुमति दिए ।

खुलामञ्च मासिँदै गएपछि सम्पदा अभियान्ताहरुले गतवर्ष ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाए । अहिले ठेकदारले बनाएका भवनहरु भत्काइएका छन् तर, त्यो क्षेत्रलाई व्यवस्थित गर्न महानगरपालिकाले चासो दिएको छैन । साे क्षेत्र अहिले पनि निर्माण सामग्री, उपकरण,  गाडीका पार्किङ लगायतले अस्तब्यस्त र भद्रगोल छ ।

नेकपाकै ओली समूहका नेता एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित भने खुलामञ्चलाई अहिलेको रुपमा देख्दा दुःख लाग्ने गरेको बताउँछन् ।

खुलामञ्चलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जनआन्दोलनका उपलब्धीहरुहरु रक्षा गर्ने थलो मान्ने उनी भन्छन्, ‘खुलामञ्चमा विपक्षीको आवाज घन्कियो भने त्यसलाई सुनेर सरकारले आफ्ना कमजोरी सच्याउन पाउँछ । सरकारले पनि आफ्ना कुरा त्यहीँ बसेर राख्न सक्छ ।’

मेयर शाक्यलाई पटक–पटक खुलामञ्च खाली गर्न आग्रह गर्दा पनि नसुनेको उनको गुनासो छ । खुलामञ्च विचार अभिव्यक्तिको स्वतन्त्रताको सन्देश दिने ठाउँ भएकाले त्यसलाई पूर्ण रुपमा खुला गरेर उपयोग गर्नुपर्ने उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
संसद विघटन र नेकपा विभाजनबारे के भन्छन् अमेरिकी राजदूत ?

संसद विघटन र नेकपा विभाजनबारे के भन्छन् अमेरिकी राजदूत ?

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .