No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

 काठमाडौं । पशुपतिनाथको शिव लिङ्गमा एक अर्ब मूल्य बराबरको सुनको जलहरी लगाउने निर्णय विवादित बनेको छ । तर, यो विवाद नयाँचाहिँ होइन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालामा तयार यो प्रस्ताव विवादकै कारण रोकिएको थियो ।

धार्मिक दृष्टिले समेत सुनको जलहरी अनुचित हुने तर्कप्रति बेवास्ता गर्दै कम्युनिष्ट पृष्ठभूमिबाट आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित प्रस्ताव सदर गरेका छन् ।

माघ १२ गते सबेरै पत्नी राधिकासहित पशुपतिनाथको पूजा गर्न पुगेका ओलीले सुनको जलहरी लगाउने प्रस्ताव स्वीकारेका थिए । जलहरी लगाउन एक अर्ब खर्च लाग्ने, तर पशुपति विकास कोषसँग ६५ करोड मात्रै भएको जानकारी पाएपछि बाँकी पैसा सरकारले दिने वचनवद्धता पनि ओलीले गरेका छन् ।

ईश्वरका नाममा शपथ समेत नलिने कम्युनिष्ट प्रधानमन्त्रीहरू मध्ये ओलीमा हिन्दू रूझान बढेको सन्देश सुनको जलहरी लगाउने निर्णयमा मात्रै सीमित हुँदैन । उनका अरू अभिव्यक्ति र निर्णयहरूको शृङ्खला नै बन्दै गएको छ ।

धर्मलाई अफिम मान्ने पृष्ठभूमिबाट ‘यूटर्न’ हुँदै ओली पशुपतिनाथको पूजा गर्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । बहुदल स्थापनापछि कोही गैरकम्युनिष्ट कार्यकारी प्रमुख समेत पूजाकै लागि पशुपति गएका थिएनन् ।

ओलीले भने पशुपति पुगेर पञ्चामृत पूजा, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ति बाले । धर्म निरपेक्ष मुलुकका प्रधानमन्त्रीले देखाएको हिन्दू रूझानप्रति आलोचना भइरहँदा त्यसै दिन चितवन पुगेर ओलीले भने– माडीमा भव्य राम मन्दिर बन्छ । रामको प्रतिमा बनिसक्यो, सीताको बन्दैछ ।

‘जेलमा हुँदा मोहनचन्द्र अधिकारीले पूजा गरेको केपी ओलीले देखेछन् । त्यसपछि पार्टी बैठकमा मोहनचन्द्रलाई कार्वाही हुनुपर्छ भनेर सीपीसँग मिलेर केपी ओलीले माग राखे’, तीन नेता सम्झन्छन् ।

हुन त विपक्षी दल र नेताविरुद्ध तीखो आरोप लगाउन धार्मिक ग्रन्थहरूको पात्र र प्रवृत्तिको प्रयोग ओलीका निम्ति नयाँ होइन । चितवन पुगेर पनि पुष्पकमल दाहाल प्रचण्डप्रति राम मन्दिरकै विषयमा आरोप लगाए । ‘यही जिल्लाबाट छानिएका, त्यही क्षेत्रबाट निर्वाचित सांसद राम मन्मभूमि अयोध्यामा राम मन्दिर बनाउने कुरा किन चुइँक्क बोल्न सक्नुहुन्न ?’, ओलीको प्रश्न थियो ।

धार्मिक ग्रन्थ रामायण वर्णित रामको जन्म भारतमा नभएर नेपालको माडीस्थित अयोध्यापुरीमा भएको अभिव्यक्तिका कारण विवादित बन्दा पनि ओलीले लगाइरहेको रटानले पनि उनमा हिन्दू रुझान बढेको आशंकालाई बल पुग्छ । कतिपयले ओलीलाई कमल थापाको लाइनमा गएको समेत भन्न थालेका छन् ।

गत असार २९ मा भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारतको अयोध्या नक्कली भएको ओलीले बताएका थिए । यसैकारण परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गरेर, यो कुटनैतिक विषय नभएको प्रष्टोक्ति दिनु परेको थियो ।

संकटमा परेको संकेत !

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीको गतिविधि र अभिव्यक्तिलाई धर्म निरपेक्षता परित्यागको संकेतका रुपमा अर्थ्याउँछन् । ‘धर्म निरेपक्ष देशमा कुनै पनि प्रधानमन्त्री पूजाआजा गरेर हिँड्दैन, हिँड्नु पनि हुँदैन । धर्म निरपेक्षतालाई भत्काउनलाई यसो गरिँदैछ’, उनी भन्छन् ।

ओलीसँग राजनैतिक, सैद्धान्तिक र वैचारिक तर्क सकिएकाले ध्यान मोड्न धार्मिक मुद्दा उठाएको श्रेष्ठको विश्लेषण छ ।

हुन पनि संसद विघटन, संवैधानिक परिषदसम्बन्धी अध्यादेशलगायत निर्णयका कारण ओली राजनैतिकरुपमा संकटमा छन् । संसद् विघटनलगत्तै नेकपा विभाजित हुँदा ओलीसँग पूर्वएमालेको आधा संगठन मात्रै छ । पूर्वमाओवादी तर्फका केही नेताहरुले साथ दिए पनि पार्टीभित्र उनी प्रष्ट अल्पमतमा छन् । संसद् विघटन गर्ने निर्णय विरुद्ध उनको समूह बाहेक सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजीवी आन्दोलनरत छन् ।

विश्लेषक श्रेष्ठ, धार्मिक यात्रा राजनैतिक रूपमा कमजोर भएको प्रमाण रहेको बताउँछन् । हुन पनि ओली आवद्ध दलको सैद्धान्तिक मान्यता मात्रै नभएर स्वयं उनकै पृष्ठभूमि पनि पूजाआजा र धार्मिक गतिविधि विरुद्ध छ । ओलीलाई नजिकबाट चिन्ने एक नेताका अनुसार, पार्टीमा कसैले पूजा गरेको सुन्दा मात्रै पनि उनी कार्वाहीको माग गर्थे ।

‘जेलमा हुँदा मोहनचन्द्र अधिकारीले पूजा गरेको केपी ओलीले देखेछन् । त्यसपछि पार्टी बैठकमा मोहनचन्द्रलाई कार्वाही हुनुपर्छ भनेर सीपीसँग मिलेर केपी ओलीले माग राखे’, तीन नेता सम्झन्छन् । तर, विस्तारै ओली धर्मप्रति उदार बन्न थालेको उनी बताउँछन् ।

२०७२ को संविधान जारी हुने अवस्थामा आइपुग्दा त ओली हिन्दू राज्यको पक्षमा उभिन पुगे । जबकि तत्कालीन एमाले र उसले मार्गदर्शक सिद्धान्त मान्ने जनताको बहुदलीय जनवाद (जबज) ले धर्म निरपेक्ष राज्यको कल्पना गरेको थियो ।

‘अहिले केपी ओलीसँग २०६२/०६३ को जनआन्दोलन र त्यसबाट प्राप्त राजनीतिक उपलब्धी नै मन परेको छैन’, प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भन्छन् । आइतबार माइतीघर मण्डलामा सांसदहरुको धर्ना सम्बोधनका क्रममा त उनले प्रतिक्रियावादीहरुसँगको साँठगाँठकै कारण ओली धार्मिक गतिविधिमासमेत आरोप लगाए । ‘ओली नयाँ हिसाबले नयाँ पण्डा बनेर, नयाँ मठाधीश बनेर, धर्मको कुरा गरेर नेपाली जनतालाई अल्मल्याउन सक्छु कि भनेर कुचेष्टा गरिरहेका छन्’, उनको भनाइ थियो ।

अयोध्याबारे दिएका अभिव्यक्ति र गतिविधिले पनि ओली पूर्वमान्यताबाट ‘यूटर्न’ भएर हिन्दू रुझानको सन्देश दिन खोजिरहेका छन् । जस्तो– ओली राम मन्दिर बनाउने अभिव्यक्ति त बेला–बेला दिन्छन् । तर, कार्यान्वयनतिर भने चासो दिएका छैनन् । उनले गएको साउन २३ मा माडीका जनप्रतिनिधिलाई बालुवाटार बोलाएर भव्य मन्दिर निर्माणलाई गति दिन निर्देशन दिए । तर, अहिले अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल नै निराश छन् । उनी भन्छन्, ‘माटो परीक्षणसमेत त भएको छैन, थप के कुरा गर्नु र ?’

माडीका मेयर ठाकुरप्रसाद ढकाल त प्रधानमन्त्रीको अभियानकै विपक्षमा छन् । राम मन्दिर बनाउन चासो दिने कुरै भएन । ‘राम मन्दिरसँगै चेपाङको घरको कुरा पनि उठाउनुपर्छ । चेपाङको घर बनाउन शुरु नभइकन राम मन्दिर बनाउने निर्णय भयो भने मेरो सहमति छैन’, उनी भन्छन् ।

माडीमा १९२ घर चेपाङ साउनदेखि त्रिपाल मुुनि बसिरहेका बेला प्रधानमन्त्रीले राम मन्दिर बनाउने भाषण गर्दै हिँडेकोमा ढकालको आपत्ति छ । माडीको जनता र समृद्धिप्रति चिन्तित होइन, हिन्दू रुझानको सन्देश दिन ओली अग्रसर देखिएको उनको निष्कर्ष छ ।

कतिसम्म भने आफ्नो आलोचना गर्नेहरूलाई पनि ओली धार्मिक पदावली नै प्रयोग गरेर गाली गर्न थालेका छन् । गएको माघ ८ मा आफ्नो समूहका प्रेस संगठन नेपालको भेला सम्वोधन गर्दै गलत स्वार्थ भएका पत्रकारहरु नर्कमा जाने अभिव्यक्ति दिए । ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्मा बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन’, आफ्नो आलोचना गर्ने पत्रकारहरुलाई भनेका थिए ।

हिन्दू राज्यको वकालत गर्दै आएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठ भने हिन्दू धर्मतिर ढल्कनु प्रधानमन्त्री ओलीको बाध्यता भएको बताउँछन् । ‘हिन्दू बहुल समाज प्रधानमन्त्रीले बुझ्नु भएजस्तो छ । हिन्दू धर्मप्रति देखाइएको तदारुकतालाई सकारात्मक रुपमा लिनुपर्छ’, श्रेष्ठ भन्छन् । हिन्दू धर्ममा विश्वास राख्नेहरुको मन जित्न पनि प्रधानमन्त्रीले यस्तो कदम चालेको हुनसक्ने उनी बताउँछन् ।

हुँदाहुँदा संसद् विघटन र मध्यावधि निर्वाचनको पक्षमा जनता रहेको देखाउन आयोजित सभा पनि पूर्वराजदरबार अगाडि राखियो । राजनीतिक गतिविधि हुने थलो भृकुटीमण्डप, रत्नपार्क छोडेर नारायणहिटी दरबार संग्राहलयको गेटमै मञ्च बनाएर सभा राखिनुमा नेकपाकै अर्का समूहका नेताहरु सशंकित छन् । तर, जनसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेल, सभास्थलबारे अनुचित अनुमान लगाउन नहुने बताउँछन् । ‘भृकुटीमण्डपमा सभा गर्दा थोरै मानिस अट्ने भएकाले नारायणहिटी अगाडि राखिएको हो । सत्तारुद्ध दलले सभा गर्दा ट्राफिक व्यवस्थापन पनि हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .