No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

 काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कू’को काठमाडौंमा विरोध भएको छ । बृहत नागरिक आन्दोलनका अभियन्ताहरूले सोमबार दिउँसो ४ः३० बजे माइतीघर मण्डलामा भेला भएर नेपालमा जस्तै प्रतिगमन सुरु भएको भन्दै विरोध गरेका हुन् ।

आइतबार सिफलमा विरोध प्रदर्शन गरेको नागरिक अभियन्ताहरूले माइतीघरमा आकस्मिक विरोध प्रदर्शन गरे ।

दिउँसो अनामनगरमा बसेको ‘बृहत् नागरिक आन्दोलन’को बैठकले लोकतन्त्र एउटा देशसँग मात्र सम्बन्धित नहुने निचोड निकाल्दै तत्काल विरोध गर्ने निर्णय गरेको थियो । बैठकपछि अभियन्ताहरू युग पाठक, नारायण वाग्ले, राजेन्द्र महर्जन, अर्चना थापा, सञ्जीव उप्रेती, रीता परियार लगायतको टोली माइतिघरतर्फ लागेका थिए ।

विरोध प्रदर्शनमा ‘म्यानमारी जनताको अधिकार फिर्ता गर’, ‘हामी म्यानमारको जनताको पक्षमा छौं’ लगायतका ब्यानर बोकेर अभियन्ताहरूले प्रदर्शन गरेका थिए । उनीहरूले सैनिक सत्तामाथि विश्व समुदायको कहिल्यै साथ नहुने भन्दै शान्तिपूर्ण भेलासहित आफ्ना कुरा राखे ।

प्रदर्शनमा बोल्दै अभियन्ता सागर परियारले विश्वको जुनसुकै देशको लोकतन्त्रमाथि आक्रमण भए पनि त्यो सह्य नहुने बताउँदै सैन्य ‘कू’को भर्त्सना गरे । परियारले भने, ‘कुनै पनि ‘कू’ स्वतन्त्र नागरिकले स्वीकार गर्न सक्दैन । अझ म्यानमारको सन्दर्भमा त्यहाँ निकै जटिल अवस्था छ । यसैले तत्काल लोकतन्त्र बहाली हुनुपर्छ ।’

यता प्रदर्शनलाई सम्बोधन गर्दै विश्लेषक उज्ज्वल प्रसाईंले म्यानमारको कूबाट नेपाली नागरिकले पनि पाठ सिक्दै सचेत हुनुपर्ने बताए । प्रसाईंका अनुसार नेपालमा पनि कमजोर प्रतिपक्षको फाइदा उठाउँदै जुनसुकै बेला कू हुन सक्नेछ । ‘पुसमा संसद विघटन भयो, माघमा सैन्य अभ्यास भन्दै बख्तरबन्द गाडी सहरमा घुमाइँदैछ’ प्रसाईंले भने, ‘यो प्रतिकूल अवस्थामा हाम्रो लोकतन्त्रमाथि प्रहार हुने सम्भावना धेरै हुन्छ ।’

केपी ओली सरकारले धर्म निरपेक्षता, संघीयता, संसदलाई निरन्तर प्रहार गर्नु सैन्य कूकै शैली भएको प्रसाईंको मत थियो ।

बृहत नागरिक आन्दोलनका अभियन्ता युग पाठकले म्यानमारको लोकतन्त्रमाथि मात्र नभएर समग्र विधिको शासनमाथि सैन्य आक्रमण भएको टिप्पणी गरे । उनले अनलाइनखबरसँग भने, ‘लोकतन्त्रमाथि प्रहार हुँदा चुप बस्नै मिल्दैन भन्ने सोचले सडकमा आएका हौं । हामी म्यानमारी जनताको अधिकारको लागि आवाज बुलन्द गर्नेछौं ।’

माइतीघरबाटै अभियन्ता अनुभव अजितले आफू म्यानमार गएको अनुभव सुनाउँदै त्यहाँ रहेका नेपाली मूलका म्यानमारी जनताको जीवनरक्षाको माग राखे । ‘नेपाल र म्यानमारबीच धेरै समाजिक–आर्थिक समानता छ’, अजितले भने, ‘यसर्थ नेपाली जनता म्यानमारको घटनाले चिन्तित हुँदा विश्व समुदायले पनि म्यनमारमाथि चासो राख्नुपर्छ ।’

विश्लेषक राजेन्द्र महर्जनले पनि विश्व परिवेशमा लोकतन्त्रमाथि एकपछि अर्को आक्रमण भएको टिप्पणी गरे । महर्जनका अनुसार निरंकुश शक्तिले लोकतन्त्र, विश्वशान्ति र अग्रगमनमा खलल पुर्‍याइरहेको छ ।

विरोध प्रदर्शनमा युवा टोलीको सक्रिय उपस्थिति थियो । विश्वविद्यालय पढ्दै गरेका युवा अभियन्ताहरू विवश बाबु, देवव्रत, बच्चु हिमांशुलगायतले म्यानमारको सैन्य ‘कू’को खुलेर विरोध गरे । बृहत् नागरिक आन्दोलनले मंगलबार सहीद शुक्रराज र गंगालालको सम्मानमा उनीहरूलाई गोली हानिएको स्थान शोभा भगवतीमा कार्यक्रम गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

प्रधानमन्त्रीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन

प्रधानमन्त्रीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .