No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसद विघटन र नेकपा विभाजनबारे के भन्छन् अमेरिकी राजदूत ?

संसद विघटन र नेकपा विभाजनबारे के भन्छन् अमेरिकी राजदूत ?

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपालमा प्रतिनिधि सभा भंगको विषय सर्वाेच्च अदालत, संवैधानिक सिद्धान्त र प्रजातान्त्रिक प्रक्रिया अनुसार हल गर्ने विषय भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ राष्ट्रपति जो वाइडनका विश्वव्यापी र नेपाल प्राथमिकताबारे सोमबार केही सञ्चारकर्मीहरुसँग कुराकानी गदै राजदूत बेरीले भने,‘नेपाल एक सार्वभौम मुलुक हो, यहाँ सार्वभौम संस्थाहरु छन् । नेपाल र संसारभरि अमेरिकी चासो भनेको प्रजातान्त्रिक प्रणालीले काम गरोस् भन्ने हो ।’

‘यहाँ संविधान छ, कानुन छ । अमेरिकाले नेपालमा प्रजातन्त्र, त्यसका संस्था र प्रक्रियालाई निरन्तर सहयोग गदै आएको छ,’ राजदूत बेरीले अघि भने, ‘सर्वाेच्च अदालत छ, संवैधानिक सिद्धान्तहरु छन्, ती विषयमा छलफल हुनुपर्छ र समाधान गर्नुपर्छ ।’

कुनै पनि समस्या आउँदा अमेरिकामा पनि संवैधानिक र प्रजातान्त्रिक प्रक्रियाद्वारा हल गर्ने गरेको उनले सुनाए ।

सत्तारुढ नेकपाभित्रको विवादबारे सोधिएको प्रश्नमा भने राजदूत बेरीले यस विषयमा बोल्ने र पोजिसन लिने आफ्नो विजनेस नभएको बताएका छन् । ‘नेकपाभित्रको विवादमा हामी कुनै पनि पोजिसन लिदैनौं किनभने यो हाम्रो विजनेस होइन’ उनले भने ।

अमेरिकी राजदूत बेरीले मिलेनियम च्यालेन्च कर्पाेरेसन(एमसीसी)बारे समेत खुलेर बोलेका छन् ।

राष्ट्रपति परिवर्तनले कुनै पनि खालको असर नगर्ने भन्दे उनले भने, ‘हाम्रो लागि एमसीसी कुनै राजनीतिक इकाई होइन, यो खाली विकास र आर्थिक हाँगो हो ।’

‘हाम्रो राजनीतिक संक्रमणले एमसीसीलाई कुनै पनि खालको असर गर्दैन । एमसीसीको अर्काे चरण भनेको यहाँको संसदबाट अनुमोदन हो । नयाँ राष्ट्रपति आउँदैमा एमसीसीको आधारभूत आकार र स्वरुपमा कुनै पनि परिवर्तन हुन्न ।’

नयाँ प्रशासनले इन्डोप्यासेफिक रणनीतिलाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्नमा उनले यस क्षेत्रमा अमेरिकाको प्राथमिकता र नीतिमा खासै परिवर्तन नआउने बताए । उनले भने, ‘तपाईंले इन्डोप्यासेफिक भनेपनि, एसिया प्यासेफिक भनेपछि वाइडन प्रशासनले हिन्द महासागर क्षेत्रलाई महत्वपूर्ण रुपमा लिन्छ र अमेरिकाको राष्ट्रि सुरक्षाका लागि यो क्षेत्र महत्वपूर्ण छ ।’

उनले अमेरिका खुल्ला, स्वतन्त्र, पारदर्शी र विधिमा आधारित इन्डोप्यासेफिकको पक्षमा रहेको बताए ।

वाइडन प्रशासनले इन्डोप्यासेफिक रणनीतिलाई निरन्तरता दिन्छ कि नयाँ नामाकरण गर्छ भन्ने पनि बहस छ । राजदूत बेरीले नामभन्दा विषयवस्तु प्रधान हुने बताए ।

अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्छ ? भन्ने प्रश्नमा राजदूत बेरीले भने, ‘हामी नेपालको सार्वभौमसत्तालाई उच्च प्राथमिकता दिन्छौं । नेपालसँग हामी विशेषगरी विकासका एजेण्डामा सहकार्य गरिरहेका छौं, जुन नेपालको आवश्यकताले प्रेरित हुन्छ ।’

राजदूत बेरीले बाइडेन कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा कुनै पनि परिवर्तन हुने बताएका छन् । नेपाल–अमेरिका सम्बन्धको मुख्य आधार विकास सहयोग भएको भन्दै उनले भने, ‘अमेरिकाको नेपालसँगको आधारभूत नीतिमा परिवर्तन हुन्न । दुईपक्षीय सम्बन्ध विकास सहयोगले निर्देशित गरेको छ । प्रजातान्त्रिक, सार्वभौम, समावेशी र आर्थिक रुपमा समृद्ध नेपालले मात्र अमेरिकाको राष्ट्रिय सुरक्षा चासो सम्बोधन गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .