• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारी स्तरको समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत


सरकारी स्तरको समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत

काठमाण्डौं : नेपालसँग गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’  (सरकारी स्तरको) समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ । गत माघ २ गते भारतमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले राखेको मल खरिदमा जीटूजी गर्ने प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अहिले ग्लोबल टेण्डर मार्फत नेपालले मल खरिद गरिरहेको छ ।

तीन वर्षअघि नै भारतसँग मल खरिदका लागि जीटूजी मोडल प्रस्ताव गरेपनि अहिले बल्ल समझदारी बनेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए ।

‘परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भारतले नेपाललाई मल दिन सहमति जनाएको छ, हामीले जीटूजीको मोडल बनाउन तयारी थालेका छौं,’सचिव कार्कीले भने ।

जीटूजीमा मल खरिदबारे भारतसँग भएको समझदारी कार्यान्वयन गर्न परराष्ट्रमार्फत कृषि मन्त्रालयलाई पत्राचार भएको पनि सचिव कार्कीले बताए । भारतले कति परिमाणमा नेपाललाई मल उपलब्ध गराउने र त्यासको प्रक्रिया के हुने भन्नेबारे मन्त्रालयले प्रारम्भिक चरणको छलफल सुरु गरिसकेको बताएको छ ।

अन्तर्राष्ट्रिय बजारबाट नेपालले हरेक वर्ष करिब ९ अर्ब रुपैयाँ बराबरको ४ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्छ । यसमा सरकारी स्वमित्वको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत ३ लाख ५० हजार मेट्रिकटन अनुदानको मल खरिद हुन्छ ।

गत आर्थिक वर्षको बजेटमार्फत १५० लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न ठेक्का पाएका नेपाली कम्पनीले मल ल्याउन नसकेपछि तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले जीटूजीमार्फत मल खरिद गर्न भारत लगायतका मुलुकसँग छलफल थालेका थिए ।

हाल पेट्रोलियम पदार्थ खरिदकै मोडलमा मल खरिद गर्ने गरी भूसालले भारत, चीन, ओमन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकसंग परामर्श सुरु गरेका थिए ।अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै
  • २०७७ माघ १२, सोमबार २२:०८
  • In "कृषि"
  • मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र
  • २०७७ माघ १२, सोमबार २२:०८
  • In "कृषि"
  • रासायनिक मलको चरम अभावको देशभरीका किसानहरु
  • २०७७ माघ १२, सोमबार २२:०८
  • In "BannerNews"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

भारत-चीन सीमामा फेरि झडप, २० चिनियाँ सेना घाइते

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

‘नयाँ शीतयुद्ध’ले विश्वलाई विभाजनतर्फ लैजान्छ : जिनपिङ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version