• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै


भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै

सरकारले भारतसँग जिटुजी गरेपछि पहिलो खेपमा करिब ३० हजार मेट्रिक टन रासायनिक मल यसै साता आउने भएको छ। कृषि सामग्री कम्पनीले भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसिएफ) कम्पनीबाट मल खरिद गरेको छ। जिटुजी सम्झौता गरेपछि पहिलो पटक ३० हजार मेट्रिक टन युरिया मल खरिद गरेको कृषि सामग्री कम्पनीका कामु महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए। ‘जिटुजी गरेको मल कोलकाता आइपुगेको छ,’ कार्कीले भने, ‘यसै साता नेपाल आइपुग्छ।’ अब भारतबाट मल ल्याउने बाटो खुलेकाले आगामी दिनमा सहज रूपमा मल आयात हुने विश्वास गरिएको छ।

खुल्ला बोलपत्रबाट मल खरिद गर्दा किसानलाई समयमा उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेको थियो। खरिद प्रक्रिया छोट्याएर मल ल्याउन सरकारले भारतसँग जिटुजी गरेको थियो। जिटुजी गरेपछि पहिलो खेप मल आउन लागेको हो। सरकारले भारतबाट १ लाख ७० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न जिटुजी गरेको थियो। अरू मल पनि क्रमशः आयात गर्ने कम्पनीले जनाएको छ। जिटुजी गरेपछि मल खरिद गर्न मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई जिम्मा दिइएको थियो।

सरकारले आगामी ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्न जिटुजी गरेको थियो। आव २०७९/८० मा १ लाख ७० हजार, २०८०/८१ मा १ लाख ९५ हजार, २०८१/८२ मा २ लाख १० हजार र २०८२/८३ मा २ लाख १० हजार मेट्रिक टन मल दिने सहमति भारतले गरेको थियो। ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमै मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेर मल ल्याउन थालेको हो।

बजेट भाषणमै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा न्यूनतम ५-६ महिना लाग्ने भएकाले छोटो प्रक्रियाबाट मल ल्याउन लागिएको हो। बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्।

नेपाल सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिँदै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मल खरिद गरेर किसानलाई बिक्री गर्दै आएका छन्। दुई निकायले मल खरिद गरेको बताउँदै आए पनि किसानले भने गहुँ, आलु लगायतका तरकारी बालीका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गर्दै आएका छन्।

करिब ९५ हजार मेट्रिक टन रासायनिक मल पाइपलाइनमा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ। ‘केही मल स्टक छ,’ कार्कीले भने, ‘मल आउने प्रक्रियामा रहेकाले अभाव हुँदैन।’ कृषि सामग्री कम्पनीसँग अहिले १० हजार ५ सय मेट्रिक टन डिएपी, २१ हजार ७ सय मेट्रिक टन युरिया १२ सय २५ मेट्रिक टन पोटास मल मौज्दात रहेको छ। दुई कम्पनीसँग करिब ४२ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कम्पनीले चालु आर्थिक वर्षसहित अर्को वर्षका लागि समेत मल खरिदको योजना बनाएर काम गरिरहेको जनाएको छ। कम्पनीले असारसम्मका लागि पर्याप्त मलको व्यवस्थापन गर्न थप ७ अर्ब रूपैयाँ बजेट व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरेको छ। ‘आगामी आर्थिक वर्षको लागि आवश्यक मलका लागि अहिले नै खरिद प्रक्रिया अघि बढाउनु पर्छ,’ कामु महाप्रबन्धक कार्कीले भने, ‘अर्को वर्षको मलका लागि अहिले बजेटको स्रोत सुनिश्चितताको माग गरेका छौं।’

मुलुकमा वार्षिक करिब ५ लाख मेट्रिक टन खपत हुन्छ। जमिनका आधारमा नेपालमा रासायनिक मलको माग करिब ७ लाख ८५ हजार मेट्रिक टन भए पनि कम प्रयोग हुने गरेको छ।

मल विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै रासायनिक मल उद्योग सञ्चालनमा ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ। रासायनिक मल कारखाना खोल्न लाग्ने लागत, प्रविधिलगायत विषयमा लगानी बोर्डले अध्ययन गरेको थियो। नेपालमा रासायनिक मल कारखाना खोल्ने विषय २०४१ सालदेखि नै चर्चामा छ। २०४१ सालमै त्यसबारे सम्भाव्यता अध्ययन पनि थालिएको थियो। करिब आधा दर्जन अध्ययन भए पनि कुन मोडलमा गर्ने भन्ने विषयमा सरकारले निष्कर्ष निकालेको छैन। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रासायनिक मलको चरम अभावको देशभरीका किसानहरु
  • २०७९ पुष ४, सोमबार ११:४२
  • In "BannerNews"
  • ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र
  • २०७९ पुष ४, सोमबार ११:४२
  • In "कृषि"
  • मङ्सिर दोस्रो सातादेखि रासायनिक मल आउने
  • २०७९ पुष ४, सोमबार ११:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देशभर कृषि सर्वेक्षण गरिँदै

तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्दै महतो

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

धान भित्र्याउने बेला वर्षाले समस्या

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

Next Post

नयाँ सरकार गठनका लागि चिनियाँ सक्रियता बढ्यो

“ धेरै नेताहरू पदशीन गराउन , नेपालमा संघियता नै किन चाहियो ?,,,,

नयाँ सरकारको कसरतका बीच बढ्यो चिनियाँहरुको दौडधुप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version