• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रासायनिक मलको चरम अभावको देशभरीका किसानहरु


रासायनिक मलको चरम अभावको देशभरीका किसानहरु

रौतहट । खेतमा गहुँको विउ छर्न तथा त्यसमा चाहिने युरिया, डिएपी लगायतको रासायनिक मलको रौतहट सहित देशैभरीका किसानहरुले रासायनिक मलको चरम अभाव खेपिरहेका छन् ।
दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय सहकारी मार्फत किसानलाई मल बिक्री गर्ने गरेका हुन्  । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पनि उपलब्ध रहेका मल मनपरी मूल्यमा विक्री वितरण गरेर किसानको ढाँड सेक्ने काम गरिरहेको पाइएको छ । प्रत्यक्ष मारमा किसान परेका छन् । गहुँ छर्ने वेला डिएपी मल राख्न नपाएका किसानले अहिले गहुँ उम्रिएपछि युरिया पनि हाल्न पाएका छैनन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गहुँ र व्यावसायिक तरकारी खेतीका लागि यो सिजनमा ६० हजार टन डिएपी र ७० हजार टन युरिया गरी कुल एक लाख ३० हजार टन मलको माग छ । यो माग कात्तिकदेखि माघसम्मका लागि मात्र हो । तर, हाल कृषि सामग्रीको गोदाममा नौ हजार आठ सय टन युरिया र तीन हजार एक सय २२ टन डिएपी तथा साल्ट ट्रेडिङसँग नौ हजार एक सय ६६ टन युरिया गरी कुल २२ हजार १३८ टन मात्रै रासायनिक मल मौज्दात छ । १५ हजार टन युरिया भने आपूर्तिको क्रममा बाटोमै छ । माग पूर्ति गर्न यो मलले छेउ पनि लाग्दैन । मल आपूर्तिमा भएको अस्तव्यस्त हेर्दा किसानले चैते धानमा समेत रासायनिक मल पाउने सम्भावना न्यून रहेको देखिन्छ ।
चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले १५ अर्ब अनुदान उपलब्ध गराउने बजेटमै घोषणा गरेको थियो । कृषि मन्त्रालयले यो बजेटबाट तीन लाख नौ हजार टन मल खरिद गर्न सक्ने आकलन गरी कृषि सामग्रीलाई दुई लाख नौ हजार टन र साल्ट ट्रेडिङलाई एक लाख टन खरिदको स्वीकृति दिएको थियो ।
तर, हालसम्म ७६ हजार पाँच सय टन मात्रै आपूर्ति भएको छ । दुई लाख ३२ हजार पाँच सय टन आउने टुंगो छैन । दुवै कम्पनीले खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाए पनि आवश्यकताअनुसार आपूर्ति गर्न सकेका छैनन् । कम्पनीका अधिकारीहरू आपूर्तिकर्ता ठेकेदारले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य उच्च बिन्दुमा पुगेको कारण देखाउँदै सम्झौताअनुसार उपलब्ध नगराएको जवाफ दिन्छन् ।
कृषि सामग्रीले सुरुमा १० हजार टन युरियाका लागि टेन्डर गरेको थियो । त्यसमा आपूर्तिकर्ता सिल्क ट्रान्सपोर्ट छनोट भई चीनबाट गत असोजमा १५ सय टन मात्रै ल्याएको छ । बाँकी आठ हजार पाँच सय ल्याउन सकेको छैन । २ भदौमा ठेक्का सम्झौता भएको ३० हजार टन युरिया स्विस सिंगापुर कम्पनीले ६६२.२५ डलर प्रतिटनका दरले चीनबाट आपूर्ति गर्ने भनिएको थियो । तर, सो ठेक्का सम्झौता लगत्तै अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य निरन्तर बढेर उच्च बिन्दुमा पुगेपछि आपूर्तिकर्ताले नल्याएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोख्रेलले बताए ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि हामीलाई कबोल गरेको रकममा आपूर्तिकर्ता कम्पनीले मल किन्न सकेनन्, जसकारण हामीलाई उनीहरूले उपलब्ध गराउन नसकेको जानकारी दिएका छन्,’ उनले भने, हामीले जुनसुकै हालतमा भए पनि सम्झौता गरेको मल उपलब्ध गराउनु पर्छ भनेका छौँ ।’ पोख्रेलका अनुसार कृषि सामग्रीले दुई ठेक्कामा खरिद सम्झौता गरेको २५–२५ हजार टन र अर्को ठेक्काको ३० हजार टन युरिया आउन बाँकी छ ।
गत असोज अन्तिम साता ठेक्का सम्झौता भएको २५ हजार टन युरियामध्ये १० हजार टन आइसकेको छ । थप १५ हजार टन कोलकाताबाट लोड भएर हिँडिसकेको उनले बताए । ‘सो युरिया नौ सय ४९ डलर प्रतिटनमा सम्झौता भएको थियो । त्यतिखेर र अहिले पनि अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य यसकै आसपास छ । यो मलको आपूर्तिकर्ता स्विस सिंगापुर हो ।’
कृषि सामग्रीले ७५ हजार टन डिएपीको टेन्डर गरेकोमा २५ हजार टन मात्रै आएको छ । यसमध्ये हाल गोदाममा तीन हजार एक सय ७२ टन मात्र बाँकी छ । अरू ५० हजार टन डिएपी क्रमशः ८११.९४ डलर प्रतिटन र ८२२.७३ डलर प्रतिटनका दरले ठेक्का सम्झौता भए पनि खरिद हुन सकेको छैन । आपूर्तिकर्ता कम्पनीहरू जेन ट्रेड र देश ट्रेडिङले १५ माघसम्ममा मल ल्याउने गरी समय पाएका छन् । ‘दुवै कम्पनीले अहिलेसम्म मल ल्याउने प्रक्रिया सुरु गरेका छैनन । त्यसैले कुन देश र कुन कम्पनीबाट मल ल्याउन लागेको हो, ती कम्पनीसँग भएको सम्झौताको प्रतिलिपी पेस गर्नू भनेर आपूर्तिकर्ताहरू जेन ट्रेड र देश ट्रेडिङलाई निर्देशन दिएका छौँ,’ पोखरेलले भने । यसरी कृषि सामग्रीले खरिदका लागि अनुमति पाएको दुई लाख नौ हजार टनमध्ये ५१ हजार पाँच सय टन मल मात्रै ल्याउन सकेको छ ।
साल्ट ट्रेडिङले पनि एक लाख टन खरिदको जिम्मा पाए पनि २५ हजार टन युरिया मात्रै ल्याउन सकेको छ । इन्डियन पोटास लिमिटेड (आइपिएल) ले ६६५ डलर प्रतिटनका दरले उपलब्ध गराएको युरियामध्ये हाल गोदाममा नौ हजार एक सय ६६ टन मात्रै मौज्दात छ । थप २५ हजार टन युरिया र २५ हजार टन डिएपी भने ठेक्का सम्झौता गरे पनि ल्याउन सकेको छैन । साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत पंकज जोशी कम्पनीले अन्तर्राष्ट्रिय मूल्य बढेकाले आपूर्तिमा ढिलाइ गरेको बताए ।

सहज रुपमा मल निर्यात गराइदिन चीनसँग कूटनीतिक पहल

कृषि सामग्री र साल्ट ट्रेडिङले ठेक्का सम्झौता गरेको सबै मल चीनबाट आउन लागेको हो । विश्व बजारमा सबैभन्दा धेरै मल चीनले नै निर्यात गर्छ । त्यसैले आपूर्तिकर्ताले चीनका विभिन्न मल उत्पादकबाट ल्याउने गरी कृषि सामग्री र साल्ट ट्रेडिङसँग ठेक्का सम्झौता गरेका थिए । तर, चीनले १५ अक्टोबर (२९ असोज) मा सर्कुलर जारी गर्दै रासायनिक मल निर्यातमा कडाइ गरेको छ । चीनमा नै कम मल उत्पादन भइरहेकाले निर्यात गर्दा सरकारको अनुमति लिनुपर्ने र सकेसम्म कम मल निर्यात गर्न दिने चिनियाँ नीतिले नेपालमा मल ल्याउने कम्पनी अप्ठेरोमा परेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
‘हाम्रोमा अधिकांश मल चीनबाट ल्याउने गरी ठेक्का सम्झौता भएको छ, तर चीनले अकस्मात् मल निर्यातमा कडाइ गरेका कारण जहाज लिएर चिनियाँ बन्दरगाहसम्म पुगेका कम्पनीले पनि मल ल्याउन पाएका छैनन्,’ उनले भने । नेपाली आपूर्तिकर्ताले चीनको उद्योगमा नेपालका लागि भनेर छुट्याएको मलसमेत निस्कन नपाएको गुनासो गरेपछि कृषि मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।
‘नेपालको सरकारी कम्पनीले मल लिन लागेकाले त्यहाँको उद्योगबाट निष्कासन गर्न दिनु तथा निर्यातका लागि सहजीकरण गरिदिनु भनेर परराष्ट्र हुँदै चीनलाई पत्राचार भइरहेको छ,’ कृषि सामग्री कम्पनी लिमिटेडको प्रवक्ता विष्णु पोख्रेलले भने, ‘नेपालको सरकारी कम्पनीले नै मगाएको मल भएकाले चीनले केही सहजीकरण गरिदिन्छ कि भन्ने आश छ ।’
रासायनिक मलको मूल्य अन्तरराष्ट्रिय बजार बढेको मूल्य अनुसार नेपालमा एक बोराको लागत ६ हजारभन्दा बढी पर्न जान्छ ।
गत आर्थिक वर्ष ०७७÷७८ मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले करिब ४ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्दा ११ अर्ब रुपैयाँ सरकारी अनुदान प्रयोग भएको थियो । त्यतिवेला युरिया बढीमा पाँच सय डलर प्रतिटन र डिएपी ६५० डलर प्रतिटनमा खरिद भएको थियो । तर, अहिले निरन्तर मूल्य बढेर डिएपी १११९.४५ डलर प्रतिटन र युरिया ९६९ डलर प्रतिटन पुगेको छ । जसकारण एक लाख टन युरिया खरिदको लागत १७ अर्ब रुपैयाँ पुगेको साल्ट टे«डिङका सहायक प्रमुख कार्यकारी अधिकृत पंकज जोशीले बताए । ‘युरियामा अहिले ९० प्रतिशत अनुदान दिनुपर्ने स्थिति बन्यो,’ उनले भने, ‘लागत मूल्यमा युरिया बिक्री गर्ने हो भने अहिले किसानले प्रतिबोरा ६ हजार रुपैयाँभन्दा बढीमा किन्नुपर्ने स्थिति छ ।’

भारतबाट ‘जिटुजी’ प्रक्रियामा ल्याउने भनेको मल पनि अनिश्चित

टेन्डर प्रक्रियाबाट मल नआउँदा अप्ठ्यारोमा परेका किसानलाई वितरण गर्न भारतबाट ‘जिटुजी’ प्रक्रियामा मल ल्याउने प्रारम्भिक समझदारी भएको थियो । तर, उक्त मल भित्रने प्रक्रिया पनि अनिश्चित भएको छ । गत १८ भदौमा दुवै देशका कृषि सचिवको संयोजकत्वमा भएको बैठकले दुवै देशको मन्त्रिपरिषद्बाट निर्णय गराई वार्षिक दुई लाख टन मल कोटामा भारतले उपलब्ध गराउने सहमति भएको थियो । तर, ठोस निर्णय भएको छैन ।
‘त्यतिखेरको छलफलमा एक महिनाभित्र आफ्नो क्याबिनेटबाट निर्णय गराई हामीलाई जानकारी गराउँछौं भनेर भारतीय पक्षले बताएको थियो, तर अहिलेसम्म कुनै जानकारी आएको छैन’ कृषि मन्त्रालयका उपसचिव गंगा आचार्यले भने, ‘हामीले पनि सबै कागजात तयार गरी मन्त्रिपरिषदमा पेश गर्न ठिक्क पारेर राखेका छौं ।’ यो वर्ष भारतले २ कारोड टन मल खरिद गर्ने घोषणा गरिसकेको छ । त्यसैबाट नेपाललाई पनि दिने बतएको थियो ।

किन भयो मलको अभाव ?

यस वर्ष तीन लाख नौ हजार टन खरिदको स्वीकृति छ, तर अहिलेसम्म साढे ७६ हजार टन मात्रै आपूर्ति भयो
वर्षे धानका लागि एक लाख टन मल किन्न कृषि मन्त्रालयले माग्यो १३ अर्ब, बजेट निकासा नभए मल अभाव हुने

वर्षे धानका लागि एक लाख टन मल किन्न कृषि मन्त्रालयले माग्यो १३ अर्ब, बजेट निकासा नभए मल अभाव हुने
भारतबाट ‘जिटुजी’ प्रक्रियामार्फत ल्याउने भनिएको दुई लाख टन मल आउने पनि अनिश्चित
चीनले निर्यातमा कडाइ गर्दा आपूर्तिमा समस्या, निर्यात सहज बनाइदिन चीनसँग कूटनीतिक पहल हुँदै
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ, नयाँ मूल्यमा खरिद गर्दा एक बोराकै लागत ६ हजारभन्दा बढी पर्ने
किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारको अर्बौँ अनुदान परेको हुन्छ, तर समयमा मल नपाएर किसानले जहिल्यै दुःख पाइरहेका हुन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै
  • २०७८ पुष ७, बुधबार १३:११
  • In "कृषि"
  • चीनले सम्झौताअनुसार समयमै रासायनिक मल आपूर्ति नगर्दा नेपालमा मलको हाहाकार
  • २०७८ पुष ७, बुधबार १३:११
  • In "BannerNews"
  • जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो
  • २०७८ पुष ७, बुधबार १३:११
  • In "BannerNews"
Tags: #कृषि

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चिनियाँ मोडलको अमेरिकी नक्कल के हुन्छ नीति ?

एमसीसीका कारण हल्लिदै सत्ता गठबन्धन , बाबुराम पनि मैदानमा

भारतले क्वान्टम सिम्युलेटर क्युसिम कम्प्युटर बजारमा ल्यायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version