• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ मोडलको अमेरिकी नक्कल के हुन्छ नीति ?


चिनियाँ मोडलको अमेरिकी नक्कल के हुन्छ नीति ?

♦भेरोनिक डी रुगी

माओपछि चीनमा भएको आर्थिक विस्फोट उसले पुँजीवाद अँगालुन्जेल मात्र हो । सन् २०१५ मा पुँजीवाद विरोधी औद्योगिक नीति अन्तर्गत ‘मेड इन चाइना, २०२५’ योजना सुरु भएदेखि यो मुलुक पुँजीवादबाट एककदम पछि हटेको छ । यद्यपि हालसालै ‘मेड इन चाइना, २०२५’नाम हटाइएको छ, तथापि नीति कायमै छ ।

यसले काम गर्दैन । चीनको नयाँ औद्योगिक नीतिले एउटा काम भने गरेको छ । यसले धेरै कन्जर्भेटिभ अमेरिकीहरूलाई तर्साएको छ । उनीहरूलाई लाग्न थालेको छ—आर्थिक वृद्धिको मुख्यचालक बजार होइन, कर्मचारीतन्त्र हो । अर्थात, सबै प्राकृतिक र वित्तीय स्रोत परिचालन गर्ने अधिकार निक्षेपण गरिएको कर्मचारीतन्त्रका प्रशासकहरू अर्थतन्त्रका चालक हुन् भन्ने पारेको छ । यसको एउटा उदाहरण साना व्यवसाय तथा उद्यमसम्बन्धी अमेरिकी सिनेट कमिटीको एउटा प्रतिवेदनमा पाइन्छ । यसमा बेइजिङको योजनालाई कसरी निस्तेज पार्ने भन्ने कुरा छ ।

विश्व आधिपत्य हासिल गर्न चीनले थालेको माथिदेखि तल झर्ने तथा भन्सार, अनुदान, पुँजी नियन्त्रणजस्ता गैरबजार विधिका नीतिहरूले साँच्चिकै काम गर्छन् भन्ने आम त्रास, कमिटीको प्रतिवेदनमा प्रतिविम्बित छ । चिनियाँ नीतिहरूले विद्युतीय सवारी, रोबोट र अन्तरिक्षसम्बद्ध उद्योगसहित १० क्षेत्रमा सबैलाई उछिन्छन् भन्ने आम त्रास हो ।

सोही सन्दर्भमा कमिटीका प्रमुख मार्को रुबियोले अमेरिकाले पनि आफ्नै औद्योगिक नीति बनाउनुपर्ने आह्वान गर्नु आश्चर्यजनक छ । उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिने, चीनले उछिन्न खोजेको भनिएका औद्योगिक क्षेत्रमा अमेरिकी कम्पनीलाई सहयोग गर्ने, लगानी तथा पुँजीको प्रवाहलाई नियन्त्रण गर्ने, प्रविधि क्षेत्रका कम्पनीले अध्ययन–अनुसन्धानमा लगाएको रकमलाई करयोग्य आम्दानीबाट कटौती गर्न दिने र साना व्यवसायलाई सहयोग गर्ने विषय यसमा परेका छन् ।

चीनको आर्थिक वृद्धि र भीमकाय आकारलाई बेवास्ता गर्न सकिँदैन । तर यसको अर्थ चीनलाई आर्थिक प्रभुत्व कायम गर्न तानाशाही विधिले सक्षम बनाउँछ भन्ने होइन । धेरै अमेरिकी प्राज्ञ, अर्थशास्त्री र राजनीतिज्ञहरूले उतिबेला बढाे भयानक ढंगले सोभियत संघ हाम्रो विरोधी आर्थिक शक्ति हुनेछ भन्ने गलत प्रक्षेपण गरेका थिए । यसबाट मैले सोचेकी थिएँ, हामीले एउटा पाठ सिकेका थियौं ।

राज्यको योजनाले चीनको आर्थिक समृद्धिलाई अँध्यारोमा पार्नेछ । यसका स्रोत सीमित छन् । सरकारले कुनै एक, दुई वा दशवटा क्षेत्रमा लगानी विस्तार गर्यो भने अरू सबै क्षेत्रबाट स्रोतहरू आफूतिर खिच्छ । यसले भविष्यको आर्थिक वृद्धिलाई जोखिममा पार्छ ।

खुलाबजार पक्षधरले यो कुरालाई बुझेका छन् । स्थानीय ज्ञानको महत्वलाई नबुझेका, अविद्याको सिकार र सरकारी अधिकारीहरूले विजेता चुन्ने काम बजारले भन्दा राम्ररी गर्नै सक्दैनन् । व्यवहारमा कर्मचारीतन्त्रले पराजितहरूलाई माथि ल्याउँछ, विजेताहरूको उच्चतम सम्भाव्य क्षमता उपयोगमा बाधा खडा गर्छ । नवसिर्जनाको विरुद्ध हुन्छ केन्द्रीय योजना । यो चीनमा पहिल्यै देखिसकिएको हो ।

यसमा सिनेटर रुबियोको अडानलाई भने नम्बर दिनैपर्छ । चीनमा माथिदेखि तल सर्ने सरकारी योजनाले काम गर्छ भने अमेरिकामा पनि काम गर्छ भन्ने उनको विश्वास छ । तर उनले बिर्सिएका छन्, जुन कुरो अमेरिकामा सरकारले गर्दा असफल भएका छन्, त्यो चीनमा गर्दा पनि असफलै हुन्छन् नि ! होइन, यसपाली कुरो बेग्लै छ भन्ने हो तथा चीन नवसिर्जना र उत्पादनमा विश्व–अधिपति हुन्छ भनी मान्ने हो भने पनि अमेरिकाले सरकारी हस्तक्षेपको नीतिमार्फत त्यसलाई सम्बोधन गर्नु हुँदैन ।

पहिलो त, तुलनात्मक लाभको नियम सत्य हो । चीनले बाहिर सस्तोमा उत्पादन हुने वस्तु आयात गर्ने नीतिलाई निरन्तरता दिँदै फाइदा हुन्छ । दोस्रो, अमेरिकाले अरू मुलुकका औद्योगिक नीतिहरूबाट तर्सिएर पहिले पनि आफ्नो औद्योगिक नीति बनाएकै हो । तर त्यसको नतिजा भनेको उपभोक्ता र करदाताले बेहोर्नुपरेको भारी लागत हो । यसले गम्भीर आर्थिक विसंगतिहरूलाई भित्य्रायो ।

अमेरिकी इतिहासमा गर्व गर्ने कन्जर्भेटिभहरूले १९८० मा ल्याइएको अमेरिकी औद्योगिक नीतिको असफलताबाट सिक्नुपर्छ । त्यति बेला जापानले केही घरायसी प्रयोगका विद्युतीय उपकरण उत्पादनमा सबैलाई उछिन्दै छ भन्ने त्रासलाई सम्बोधन गर्न उक्त नीति आएको थियो । ती उपायले न जापानमा काम गरे, न अमेरिकामा । राजनीतिक सम्पर्क राम्रो भएका र सञ्चालनमा आईसकेका उद्योगलाई मात्रै संरक्षण गर्ने भएकाले औद्योगिक नीतिहरू असफल हुन्छन् भन्ने पाठ विगतले हामीलाई सिकाएको छ । अझ राम्रा उपायहरू लिएर आउने उच्च सिर्जनशील सम्भावित उद्यमी र नवउद्यमी यसबाट पीडित हुन्छन् ।

रुबियोको प्रतिवेदनमा भनिएजस्तो हामीले उत्पादनमूलक (उदाहरणका लागि) उद्योगलाई प्राथमिकतामा राख्नै हुँदैन । उत्पादित वस्तुको निर्यात धनी मुलुकहरूको आयको प्रमुख स्रोत हो । तर व्यापारको लाभलाई कति परिमाणमा वस्तु निर्यात गरियो भनेर नाप्नु हुँदैन । एडम स्मिथलगायतका अर्थशास्त्रीहरूले भनेजस्तो व्यापारको मुख्य उद्देश्य कतिवस्तु आयात गर्न सकिने भइयो भन्ने हुनुपर्छ ।

यसको अर्थ सरकारको कुनै भूमिका छैन भन्ने होइन । वास्तवमा क्लिन्टन कार्यकालमा सबैभन्दा प्रभावकारी औद्योगिक नीति आएको थियो । त्यसमा नवप्रवर्तनका लागि ठाउँ दिने र त्यसको सुरक्षा गर्ने भन्ने थियो । यसबाट राजनीतिकर्मीहरूले सिकेको हुनुपर्छ । १९९७ मा क्लिन्टन प्रशासनको ‘फ्रेमवर्क फर ग्लोबल इलेक्ट्रोनिक कमर्स’ले त्यही काम गरेको थियो । डिजिटल व्यापारका लागि‘अनुमतिबिना सिर्जना’भन्ने कथनले अमेरिकी नेतृत्वमा इन्टरेनटको व्यापारिक विकासलाई बल पुर्याएको थियो । अमेरिकी खुला उद्यम प्रणालीलाई घात हुने गरी हामीले भयदोहनलाई ठाउँ दिनु हुँदैन । यही प्रणालीले नै उपभोक्ताले खोजेको कुरा उपलब्ध गराउन सक्षम छ भन्ने पुष्टि भएको छ । (द न्युयोर्क टाइम्समा Why Are Republicans Embracing Economic Qmate Planning? शीर्षकबाट नेपालबहसको स्वतन्त्र अनुवाद) रुगी जर्ज मेसोन युनिभर्सिटीको मर्काटस सेन्टरमा सिनियर रिसर्च फेलो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र
  • २०७८ पुष ७, बुधबार १३:२१
  • In "BannerNews"
  • बुटवल–नारायणगढमा सकसपूर्ण यात्रा
  • २०७८ पुष ७, बुधबार १३:२१
  • In "BannerNews"
  • कोभिडको त्रास बढ्दा चीनमा तनावग्रस्त परिस्थितिमा
  • २०७८ पुष ७, बुधबार १३:२१
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

एमसीसीका कारण हल्लिदै सत्ता गठबन्धन , बाबुराम पनि मैदानमा

भारतले क्वान्टम सिम्युलेटर क्युसिम कम्प्युटर बजारमा ल्यायो

पाकिस्तानको अर्थतन्त्र धारासायी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version