• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोभिडको त्रास बढ्दा चीनमा तनावग्रस्त परिस्थितिमा


कोभिडको त्रास बढ्दा चीनमा तनावग्रस्त परिस्थितिमा

बेइजिङ — चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले उनको निकै कम उमेरमा मृत्यु भएको र त्यसको कारण सम्भावित कोभिड संक्रमण हुन सक्ने आकलन गरेका जनाइएको छ ।

चुको परिवारले उनको ‘अप्रत्याशित मृत्युले निकै दुःखी तुल्याएको’ जनाएको भए पनि मृत्युको कारणबारे केही उल्लेख गरेको छैन । भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य–कोभिड नीति’ अख्तियार गरेको चीनले गत डिसेम्बरमा लचिला नियमहरू ल्याएको थियो । त्यसयता चीनमा भाइरसको संक्रमण तथा मृत्युदर ह्वात्तै बढेको जनाइएको छ ।

पछिल्लो समय अस्पतालहरूमा संक्रमितको भीड बढेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालहरूका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दाबी छ ।

चीनले भने पछिल्लो समय संक्रमित र ज्यान गुमाएकाहरूबारे तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । डिसेम्बरयता २२ जनाले भाइरसको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ अधिकारीहरूको भनाइ छ ।

डब्लूएचओले चीनमा बढिरहेको संक्रमण ‘चिन्ताजनक’ भएको जनाउँदै संक्रमणको गम्भीरता, अस्पताल भर्ना दर र आईसीयूको आवश्यकताबारे तथ्यांक उपलब्ध गराउन चीन सरकारसँग पटक–पटक आग्रह गरिसकेको छ ।

त्यसका साथै, भाइरसविरुद्धको खोपको प्रयोग व्यापक पार्न संगठनले चीन सरकारसमक्ष माग गरेको छ । तर चु लगायत सेलिब्रेटीको मृत्युले भने चीनमा सरकारी अधिकारीले जनाएको भन्दा भयावह स्थिति रहेको दाबी गरिएको छ । नयाँ वर्षको दिनमा अभिनेता गोङ्ग जिन्ताङको पनि मृत्यु भएको थियो । ८३ वर्षीय गोङ्ग चीनकै लामो टेलिभिजन शृंखला ‘इन–लज, आउट लज’ बाट निकै लोकप्रिय भएका थिए । उनको मृत्युको अझैसम्म प्रस्ट भइसकेको छैन, तर सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यसलाई कोभिड संक्रमणसँग जोडेका छन् ।

‘हे भगवान्, वृद्ध मानिसहरूको राम्रोसँग उपचार गर,’ गोङ्गसँगै काम गरेका हु यानफेनले चिनियाँ सामाजिक सञ्जाल विबोमा लेखेका छन् । त्यस्तै, चर्चित पटकथा लेखक नी झेनको पनि ८४ वर्षको उमेरमा सोमबार मृत्यु भएको छ । पूर्व पत्रकार तथा नान्जिङ विश्वविद्यालयका पूर्वप्राध्यापक हु फुमिङ पनि हालै ज्यान गुमाउनेमध्येमा छन् । डिसेम्बर २१ देखि २६ सम्म १६ जना वैज्ञानिक तथा इन्जिनियरहरूले ज्यान गुमाएका बताइएको छ । तर उनीहरूमध्ये कसैको पनि कोभिडका कारण मृत्यु भएको जनाइएको छैन । पछिल्लो समय भाइरसको संक्रमण फैलिएसँगै अमेरिका, भारत, जापान भारतलगायत देशले चीनबाट आउने यात्रुहरूका हकमा कडा नियम जारी गरिसकेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा संक्रमण बढ्दो , सेटिब्रिटीकाे मृत्युले झन त्रास
  • २०७९ पुष २२, शुक्रबार १४:४८
  • In "BannerNews"
  • जनता रोडमा ओर्लिदा हल्लियो चिनियाँ सरकार
  • २०७९ पुष २२, शुक्रबार १४:४८
  • In "BannerNews"
  • चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन
  • २०७९ पुष २२, शुक्रबार १४:४८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

Next Post

चिनियाँ ऋण महँगो र भुक्तानी अवधि छोटो छ: डा. टोफिकुल इस्लाम खान

सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले तोकिए बमोजिमको औषधीहरुको चरम अभाव

निर्मला पन्त हत्या प्रकरणः डिएनए परिक्षण गर्न २ जनाको रगत संकलन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version