No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लिलामी हुनबाट जोगियो आन्दोलनरत सर्लाहीका उखु किसान गगनदेव रायको घरजग्गा

जनकपुरधाम । विगत १४ दिनदेखि राजधानी काठमाडौंमा आन्दोलनरत सर्लाहीका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत लिलामीबाट जोगिएको छ । मनकारी सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताएका छन् ।

यादवले भने, ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी हुन्न ।’ अन्नपूर्ण चिनीमिलबाट दुई लाख ९१ हजार र सहयोगस्वरुप दुई लाख ६४ हजार रुपैयाँ जुटेको उनले जानकारी दिए ।

यादवका अनुसार कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नविकरण गरेर किस्ता लिन थाल्ने र अब लिलामी रोकिने जानकारी गराएको छ । मिलबाट आफ्नो बक्यौता रकम पाउनुपर्ने माग राख्दै माइतीघरमा धर्ना बस्दै गर्दा बैंकले तीन साता समय दिएर सर्लाहीको खर्वास्थित घरमा पत्र पठाएको थियो । गगनदेवले आफ्नो जग्गा लिलामी रोक्न कृषि बिकास बैंकलाई ९ दिनभित्र ९ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

गगनदेव रायको परिवारको आम्दानीको मुख्य स्रोत उखु खेती हो । उनको परिवारले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले गगन देवको १० जनाको परिवारको गर्जो टार्दै आएको थियो । रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वाषिर्क ६०० मेट्रिक टनसम्म उखु पुर्‍याउँथे ।

पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले । उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाल्यो । उनले अन्नपूर्ण चिनी मिलबाट तीन लाख रुपैयाँ भन्दा धेरै रकम पाउन बाँकी थियो । मिलले दिएपछि तिरौंला भन्दै घर खर्च चलाउन स्थानीय साहुबाट ३६ प्रतिशत ब्याजमा उनले ऋण लिए ।

मिलबाट पैसा आएन । ऋणको साँवा र ब्याज बढेर ७ लाख नाघ्यो । स्थानीय ऋण महँगो भएपछि रायले त्यही उखु लगाएको खेत धितो राखेर १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण झिके । गाउँको साहूको ऋण तिरेर बाँकी पैसाले घर चलाए, तर पनि चिनी मिलबाट पैसा आएन । अहिले सोही ऋण चुक्ता नगरेको भन्दै बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

गगनदेवको खेत लिलामीबाट जोगाउन उनको बैंक खाता नविकरण गरिएको र केही सहयोग पनि जम्मा हुन थालेको सामाजिक अभियान्ता यादवको भनाइ छ । सहयोगस्वरुप शुक्रबारसम्म दुई लाख ६४ हजार रुपैयाँ खातामा जम्मा भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
सबै नागरिकलाई कोरोना खोप निःशुल्क गराउँछु : मन्त्री त्रिपाठी

स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?

बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .