काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आफ्ना सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलव्ध गराउने बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा पदभारपछि उहाँले कोरोना नियन्त्रणमा सरकार लागिरहेको बताउदै खोप सबैले निःशुल्क पाउने बताउनुभयो । मन्त्री त्रिपाठीले आफ्नो कार्यकालमा कुनै पनि काम अपारदर्शी नहुने जिकिर गर्नुभयो ।
स्वास्थ्य मन्त्रीका रुपमा शुक्रबार नियुक्त हुनभएका मन्त्री त्रिपाठीले शुक्रबार साँझ नै शितल निवास पुगी पद तथा गोपनीयताको सपथ खानु भएको थियो ।आइतबार उहाँ रापशाहपथ स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी पद बहाली गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री रहनु भएका त्रिपाठीलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।