No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !

एजेन्सी- । सामान्यतया ७ वर्षका बालबालिकाले के गर्छन् होला ?

यो प्रश्न सुन्नासाथ हाम्रो मनमा अनेक उत्तरहरु आउँछन् । ७ वर्षका बालबालिका गुडियासँग खेल्न रुचाउँछन्, आमाबुबासँग घुम्न रुचाउँछन् ।

जे होस् सानै भएकाले उनीहरु अभिभावकको निगरानीमा हुन्छन् । तर केही बालबालिका भने सानैदेखि फरक प्रतिभाका हुन्छन् ।

युगान्डाका ७ बर्षका बालक ग्राहम सेमा पनि त्यस्तै एक अद्भूत बालक हुन् जसले अहिलेसम्म तीन पटकसम्म प्रशिक्षार्थीको रुपमा विमान उडाइसके ।

उनको सपना भनेको मंगल ग्रहमा पुग्नु हो । रोयटर्सका अनुसार ग्राहममा विमानको विषयमा अथाह ज्ञान छ र उनीसँग सानै उमेरमा विमान उडाउनसक्ने क्षमता पनि छ ।

उनलाई युगान्डामा ‘क्याप्टेन’ उपमा दिइएको छ । स्थानीय संचारमाध्यमले उनीबारे समाचार छापेपछि यतिबेला उनी विश्वभर चर्चित बनेका छन् ।

युगान्डाका लागि जर्मन राजदूत तथा देशकै यातायातमन्त्रीले उनीसँग भेटिसकेका छन् । उनी गणित र विज्ञान विषयमा निकै अगाडि छन् । उनले सेस्ना १७२ विमान तीनपटक सफल रुपमा उडाइसकेको रोयटर्सले जनाएको छ ।

पाइलट र अन्तरिक्षयात्री बन्ने उनको लक्ष्य छ । स्पेस एक्स कम्पनीका मालिक एलन मस्कलाई प्रेरणाको स्रोत ठान्ने यी साना क्याप्टेनले मंगल ग्रहमा पुग्ने सपना रहेको बताउँछन् ।

उनी भन्छन्,‘एलन मस्कसँग अन्तरिक्षबारे बुझ्न मन छ र उनीसँग मंगल ग्रहमा पुगेर हात मिलाउने मन छ ।’

३ वर्षको हुँदा एउटा हेलिकप्टर आफ्नी हजुरआमाको घरमा ठोक्किएर दुर्घटनामा परेको देखेपछि उनलाई विमान उडाउने रहर जागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

Next Post
जसपाद्वारा संसद विघटन विरुद्ध प्रदेश २ भरि प्रदर्शन

लिलामी हुनबाट जोगियो आन्दोलनरत सर्लाहीका उखु किसान गगनदेव रायको घरजग्गा

सबै नागरिकलाई कोरोना खोप निःशुल्क गराउँछु : मन्त्री त्रिपाठी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .