No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी

उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी

सप्तरी : सरिता गिरीले आफूलाई चीनको इसारामा उपेन्द्र यादवले सांसद पदबाट हटाएको बताएकी छन् । उनले यो कार्यमा नेकपा नेतृत्वको सरकार र जनता समाजवादी पार्टीका नेताहरु समेत मिलेको बताइन् ।

‘आफूलाई दल त्याग ऐन अनुसार निकालेको भनिएपनि दल त्याग नगरेको सबैलाई थाहा छ’ सप्तरी सदरमुकाम राजविराजमा उनका समर्थकहरुले सोमबार आयोजना गरेको मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, “चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।”

आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत उनले आरोप लगाईन् ।
‘आफूलाई सांसद पदबाट निकालेपछि चीनका राजदूत पार्टी कार्यालयमै आउन चाहेकी थिइन’ गिरीले भनिन्, “तर नेताहरुले यहाँ नआउनुस । भिडियोमै खुशियाली मनाऔं भनेपछि उनी भिडियोमै कुरा गरिन् ।”
चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।

उपेन्द्र यादवले चीनको इसारामा मधेशलाई देशलाई बनाउन खोजेको उनले आरोप समेत लगाइन् ।
‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका छन्’ गिरीले भनिन्, “उनको यो तिब्बत बनाउने योजना हो । त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेबारी दिइएको छ । जसमा उपेन्द्र पनि संलग्न छन् ।”
मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको उनले बताइन् ।
भारतसँग मित्रवत सम्बन्ध रहेकै कारण नेकपा र चीनको संलग्नतामा मधेशका नागरिकको नागरिकता अधिकार खोसिएको उनले बताइन् । ‘नेपाल र भारतबीच रोटीबेटीको, संस्कृतिको सम्बन्ध छ’ उनले भने, “यो सम्बन्धलाई कसैले तोड्न सक्दैन् ।”
चीन सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न उनले चेतावनी समेत दिइन् ।

भट्टराईले न्याय लिन दिएन्

आफूलाई सांसद र साधारण सदस्यता समेतबाट हटाइएपछि न्यायालयमा जाँदा पनि न्यायको बाधक पार्टीकै नेताहरु बनेको उनको दावी छ । सांसद पदबाट हटाइएपछि सर्वाेच्चमा रिट दायर गरेको उनले बताइन् । रिटमा गिरीको पक्षमा फैसला सुनाइए महाअभियेग लगाउने भनेर बाबुराम भट्टराईले न्यायाधीशलाई धम्की दिएको उनले बताइन् ।
न्यायाधीश पनि पार्टीको भागबण्डाबाट नियुक्त हुने भएकाले उनीहरुले नेताको मात्रै कुरा सुन्ने गरेको गिरीको दावी छ ।
‘यो देशमा सबै संयन्त्र नेताको बन्धक बनेका छन्’ गिरीले भनिन्, “नेताले न्यायाधीश, प्रहरीसहित राज्य संयन्त्रका कर्मचारीलाई दिनमा रात भनेपछि उनीहरुले पनि रात नै भन्छन् । त्यसैले यहाँ न्याय पाउन कठिन छ ।”
नेकपाका नेताले देशमा समाजवाद उन्मुख राज्य बनाउँछौं भनेपनि अधिनायकवादी व्यवस्था ल्याइएको उनले बताइन् ।

रेणुलाई खोई स्पष्टिकरण पनि ?

सप्तरीमा आएर भाषण गरेकी सरिता गिरीले यहींकी पार्टी नेतृ रेणु यादवबारे पनि बोलिन् । ‘मैले केहि नगर्दा पनि सांसद र पार्टीबाट निकालियो’ उनले भनिन्, “तर रेणु यादवले त पार्टी विभाजन गर्न लागेको थियो । उनीसँग किन स्पष्टिकरणसम्म सोधिएन् ?”
उपेन्द्र मधेश विद्रोहका नायक भएपनि अहिले राज्यसत्तासामु आत्मसमर्पण गरेको उनले बताइन् । ‘जुन राज्य सत्ताको बिरोधमा लाखौं लाख मधेशीलाई उतारेर सयौंलाई शहीद बनाइयो, अहिले तीनै उपेन्द्र यादव बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठसँग मिलेर आत्मसर्पण गरिसकेका छन्’ उनले भनिन् ।

१९५० को सन्धी पुनरावलोकन हुन दिन्नौं

नेतृ गिरीले सन् १९५० को सन्धी पुनरावलोकन नगर्न भारतसँग अनुरोध गरिन् । ‘यो सन्धी त्यत्तिबेलासम्म हुनुहुँदैन जति बेलासम्म मधेशको आवाज भारतसमक्ष नपुगोस्’ उनले भनिन्, “नेपालका ५० प्रतिशत जनसंख्या भएको मधेशीलाई नजर अन्दाज गरेर त्यो सन्धीको पुनरावलोकन हुनुहँदैन् । र, हामी हुन दिन्नौं पनि ।”
उनले यदी यो सन्धीको पुनरावलोकन हुन्छ भने १८१६ को सन्धी पनि समावेश गर्न माग गरिन् । ‘अंग्रेजले नेपालसँग गरेको १८१६ को सन्धी पनि समावेश गरियोस् र त्यसको जिम्मेबारी भारतले स्वीकार गरोस्’ उनले भनिन्, “नेपाली शाषकबाट मधेशीको दमन नहोस् त्यसका लागि हामीलाई सहयोग पनि गरियोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
भान्सामा खानेकुरा भण्डारण : यसरी बोत्तलमा राख्नु कति उचित ?

भान्सामा खानेकुरा भण्डारण : यसरी बोत्तलमा राख्नु कति उचित ?

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...