• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा


चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले एक कम्पनीलाई चन्द्रमाको सतहबाट चट्टान ल्याउनका लागि एक डलर भुक्तान गर्दैछ ।

लुनार आउटपोस्ट नामक उक्त कम्पनीलाई नासाले हालै चन्द्रमाबाट ढुंगा ल्याउने ठेक्का दिएको हो । उक्त कम्पनीले अब नासाका लागि चन्द्रमाबाट चट्टानको नमूना ल्याउनेछ ।

नासाले निकै कम खर्चमा चन्द्रमाबाट यस्तै खाले नमूनाहरु संकलनका लागि लुनार आउटपोस्ट जस्तै विभिन्न चारवटा सम्झौता गरेको छ ।

त्यसमा क्यालिफोर्नियास्थित मास्टेन स्पेस सिस्टम्स, टोक्योस्थित आइस्पेस तथा उसैको युरोपेली सहायक कम्पनी रहेका छन् ।
नासाले ती कम्पनीहरुलाई चन्द्रमाको सतहबाट ढुंगा तथा माटो लगायतका नमूनाहरु संकलन गरेर ल्याउने जिम्मा दिएको हो ।

ती नमूनाहरु प्रतिनमूना ५० ग्रामदेखि ५ सय ग्रामको वजनको बीचमा हुनसक्ने नासाले जनाएको छ ।

नासाका प्रवक्ताले भनेका छन्, ‘यी कम्पनीहरुले हाम्रा लागि नमूना एकत्रित गर्ने छन् र हामीलाई दृश्य सबुत प्रदान गर्ने छन् । त्यसका साथै त्यससँग सम्बन्धित डाटा पनि दिने छन् । त्यसबाट चन्द्रमासँग सम्बन्धित अन्य जानकारीहरु पनि हामीलाई प्राप्त हुनेछन् ।’

लुनार आउटपोष्टका सिइओ जस्टिन साइरसले बीबीसीसँग भनेका छन्, ‘यो मिसन २०२३ मा हुने हो । तर हामी केही कम्पनीहरुसँग कुराकानी गरिरहेका छौँ जसको सहयोगले यसको सुरुवातको मिति केही पहिला पनि ल्याउन सकिनेछ ।’

अमेरिकाको कोलोराडोस्थ्ति लुनार आउटपोस्ट एक रोबोटिक्स कम्पनी हो । नासाका अनुसार उक्त कम्पनीले चन्द्रमाको दक्षिण ध्रुवबाट चट्टान एकत्रित गर्नका लागि एक अमेरिकी डलर प्राप्त गर्नेछ ।

तर उक्त मिसनका लागि जुन रकम नासाले ती कम्पनीहरुलाई दिनेछ त्यो वास्तवमा परिमाणमा नगन्य नै हो । तथापि नासासँगको सहकार्यले ती कम्पनीहरुलाई प्रेरणामात्र दिने छैन ती कम्पनीहरुलाई विभिन्न वैज्ञानिक लाभ पनि प्राप्त हुनेछन् । जस्तै ः चन्द्रमाको सतहबाट संशाधनहरु निकाल्ने अभ्यासका लागि समेत अनुमति मिल्नेछ ।

साइरसका अनुसार उक्त मिसनबाट ठूलो बदलाव आउनेवाला छ । खासगरी अन्तरीक्षको खोज सम्बन्धमा रहेको सोच पनि बदल्नेछ ।

साइरसको कम्पनी ब्लु ओरिजिन जस्ता अन्य कतिपय कम्पनीहरुसँग सम्पर्कमा छ । जो विशेष रुपबाट चन्द्रमासम्म उडान भर्ने काम गरिरहेको छ । अमेजनको संस्थापक जेफ बेजोसको ब्लु ओरिजिन स्थापनामा मुख्य भूमिका रहेको छ ।

जापानको जुन कम्पनीसँग नासाले सम्झौता गरेको छ, उसलाई पाँच हजार अमेरिकी डलर दिइनेछ र उक्त कम्पनी सन् २०२२ मा चन्द्रमाको उत्तरपूर्वी क्षेत्रबाट नमुना संकलन गर्नेछ ।

तीन किस्तामा मिल्नेछ एक डलर

अन्तरीक्ष विशेषज्ञ सिनिएड ओ सुलिभान भन्छन्, ‘अन्तरीक्ष कार्यक्रमका लागि एक अमेरिकी डलर जस्तो रकमको भुक्तान यहाँ महत्वपूर्ण होइन । तर यो महत्वपूर्ण छ कि नासाले यस्तो कार्यक्रमहरुमा भाग लिइरहेको छ र नयाँ उदाहरण पेश गरिरहेको छ ।’

उनका अनुसार उक्त कार्यक्रममा संलग्न पैसा महत्वपूर्ण होइन, तथापि पृथ्वीको बाहिर खरीदकर्ता र बिक्रेताहरुको बजार बनाउनका लागि व्यवसायिक तथा कानूनी मापदण्ड बनाउनका लागि चाहिँ महत्वपूर्ण छ ।

नासाले बताएअनुसार तीनवटा कम्पनीहरुको पुरस्कारको भुक्तान ३ किस्तामा हुनेछ । पहिलो चरणमा कम्पनीहरुलाई १० प्रतिशत रकम भुक्तान हुनेछ, फेरि १० प्रतिशत रकम स्याटेलाइट लञ्च हुने बेलामा गरिन्छ । बाँकी ८० प्रतिशत चाहिँ नमूना संकलन भएको प्रमाणित भएसँगै हुनेछ ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अन्तरिक्षको फोहोर खसेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?
  • २०७७ मंसिर २३, मंगलवार १५:४१
  • In "सूचना-प्रविधि"
  • चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ?
  • २०७७ मंसिर २३, मंगलवार १५:४१
  • In "देश"
  • महामारीका बीच कार्यालय विस्तार गर्दै गुगल, ७ अर्ब डलर लगानी
  • २०७७ मंसिर २३, मंगलवार १५:४१
  • In "सूचना-प्रविधि"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन

करतारपुर साहिब व्यवस्थापन गैर-सिखमा हस्तान्तरण गरेकोमा भारतद्वारा पाकिस्तानको निन्दा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version