• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन


 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन

बेइजिङ । चीनले उत्तर पश्चिमी क्षेत्रमा मुस्लिम समुदायलाई आफ्नो इस्लामप्रतिको विश्वास अभिव्यक्त गर्नबाट वञ्चित गर्नुका साथै दुर्गम क्षेत्र र साना गाउँहरूमा समेत चिनियाँ अधिकारीहरुले मस्जिदहरु ध्वस्त पार्ने गतिविधि बढाइरहेका छन् ।

त्यस्ता विध्वंसहरु भित्री मंगोलिया, हेनान र निन्क्सियाको क्षेत्रमा व्यापक रूपमा सञ्चालन गरिएका छन् । यी क्षेत्रहरुमा चिनियाँ मुस्लिम अल्पसंख्यकहरुको बसोबास रहेको छ । यसबाहेक चिनियाँ अधिकारीहरूले युनान प्रान्तमा रहेका तीनवटा मस्जिद जबरजस्ती बन्द गरेको इस्लाम खबरले जनाएको छ ।

अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले गरेको पछिल्लो अध्ययन अनुसार सन् २०१७ देखि चीनमा ६५ प्रतिशत मस्जिदहरु र ५८ प्रतिशत इस्लामिक साइटहरु ध्वस्त पारिएका छन् । यसका साथै सामुदायिक भेला तथा उत्सवहरूमा अपराधिकरण, मुस्लिम समुदायका  शिक्षाविद्हरू, सांस्कृतिक व्यक्तित्वहरुलाई बेपत्ता पार्ने र सार्वजनिक क्षेत्रमा उइगर भाषा उन्मुलन गर्ने काम भइरहेको जनाइएको छ ।

केवल काश्गरमा मात्रै सन् २०१६ यता ७० प्रतिशत मस्जितहरु भत्काइएका छन् । यद्पि एथ्नोमोजीलोजिस्ट र उइघुर विशेषज्ञ राचेल ह्यारिसले यसरी ध्वस्त पारिएका मस्जिदहरुको संख्या ८० प्रतिशतभन्दा बढी भएको बताएका छन् । सम्पूर्ण पुरानो सहर ध्वस्त पारिएका छन् र त्यहाँका बासिन्दाहरूलाई विस्थापित गरिएको छ ।

इस्लाम खबरका अनुसार, चीनले सार्वजनिक रूपमा इस्लामिक प्रार्थना गर्ने स्थलहरुमा अपराधीकरण गर्ने काम गरिरहेका छन् र स्थानीय अधिकारीहरूले मुस्लिमलाई घरमा पनि प्रार्थना गर्न दिइएको छैन ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले स्पष्टरुपमा आफ्नो समुदायलाई मुस्लिम समुदायबाट खतरा भएको भन्दै त्यसलाई निर्मुल पार्ने नीति लिएका छन् । जस अनुसार नै अल्पसंख्यक मुस्लिमहरुलाई दमन गर्ने, हत्या गर्ने, यातना दिने, विस्थापन हुन बाध्य पार्ने काम भइरहेको छ ।

चीनको सिचुआन युनिभर्सिटीले हालसालै सार्वजनिक गरेको एक दस्तावेज अनुसार गान्सु, निग्सिया, किङहाई, सिन्जियाङ, तिब्बत, भित्री मंगोलिया, हेबै र सिचुआन क्षेत्रमा एक सयभन्दा बढी मुस्लिम संरचनाहरु ध्वस्त पार्ने योजना बनाइएको छ । चीनमा आइकनिक इस्लामिक साइटहरूको विनाश गर्न उपायहरुबारे छलफल भइरहेकोसमेत जनाइएको छ ।

उक्त दस्तावेजमा भनिएको छ कि धार्मिक मुद्दाको त्यस्तो अनुचित व्यवहारले जातीय र धार्मिक मुद्दाहरूमा केन्द्रीय समितिको सुसंगत नीति र पार्टी र राज्यको विश्वसनीयतालाई पनि कमजोर पार्छ र मुस्लिमले यस किसिमको उपायमा पर्ने प्रतिकूल प्रभावलाई प्रकाश पार्दछ ।

“स्थानीय मुसलमानहरु अत्यन्त मनोवैज्ञानिक आघातबाट गुज्रिरहेका छन र स्थानीय अधिकारीहरुको कडा निगरानीमा आफ्नो पीडा व्यक्त गर्ने आँट गर्दैनन्,” दस्तावेजमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्
  • २०७७ मंसिर २४, बुधबार १४:४३
  • In "अन्तराष्ट्रिय"
  • चीन र पाकिस्तान दुवैले नेपालमा आफ्नो गतिविधि तीव्र गतिमा बढाऊदै , के होला त अब आउने दिनमा ??
  • २०७७ मंसिर २४, बुधबार १४:४३
  • In "अन्तराष्ट्रिय"
  • विश्व उइघुर कांग्रेसद्वारा ओआईसी प्रतिनिधिमण्डलको पूर्वी तुर्किस्तान भ्रमणको निन्दा
  • २०७७ मंसिर २४, बुधबार १४:४३
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

करतारपुर साहिब व्यवस्थापन गैर-सिखमा हस्तान्तरण गरेकोमा भारतद्वारा पाकिस्तानको निन्दा

सरकारी वेबसाइटहरू र आइएसआइबिच सम्बन्ध देखिएपछी अमेरिका सतर्क

अष्ट्रेलियाले चीनको बेल्ट र रोड सम्झौताहरू खारेज गर्ने कानुन ल्याउदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version