• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अन्तरिक्षको फोहोर खसेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?


अन्तरिक्षको फोहोर खसेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?

निजी कम्पनीहरुको आगमनसँगै अहिले अन्तरिक्षमा यानहरुको आवागमन पनि बढिरहेको छ । यो सँगै पृथ्वीको कक्षबाट अन्तरिक्ष फोहोरको रुपमा स्याटेलाइटका टुक्रा, यान तथा स्पेस स्टेसनका फोहोरका टुक्राहरु समेत पृथ्वीमा खस्ने क्रम बढ्नेछ । हालै २० हजार किलो तौल भएको चिनियाँ स्याटेलाइटको भिमकाय टुक्रा अनियन्त्रित भएर माल्दिभ्स नजिकैको हिन्द महासागरमा खस्यो । यसअघि सन् २०२० को मे महिनामा पनि चीनको एक अर्को रकेट पनि अनियन्त्रित भएर पश्चिमी अफ्रिकी तटमा खसेको थियो।

यस्ता दुर्घटनाहरु बढ्दै जाँदा त्यसले पूराउने क्षतिको चिन्ता पनि बढ्दैछ । आखिर के यस्ता दुर्घटनाबाट हुने नोक्सानीको क्षतिपूर्ति प्राप्त हुन्छ त ? के संसारमा यस्तो कुनै अन्तर्राष्ट्रिय कानून छ जसले यस्ता खाले दुर्घटनालाई सम्बोधन गर्दछ ? यसको जवाफ हुन्छ, छ । विभिन्न देशका सरकारहरुले आपसी सहमतिमा यस्तो कानूनको निर्माण गरी मान्यता दिएका छन् । उक्त कानूनले अन्तरिक्ष फोहोरबाट हुने धनजनको क्षतिबाट बँचाउने तथा क्षतिको क्षतिपूर्ति दिने प्रावधान समेटेको छ ।

के हो अन्तरिक्ष फोहोर

अन्तरिक्षमा मानव निर्मित यस्तो कुनैपनि वस्तु जो निस्क्रिय भएर पृथ्वीको कक्षको चोरैतर्फ घुमिरहेको छ, त्यसलाई नै अन्तरिक्ष फोहोर अर्थात् स्पेस डेब्रिस भनिन्छ । एक अनुसन्धान अनुसार सन् २०२० को जनवरीसम्ममा पृथ्वीको कक्षमा ८ हजार मेट्रिक टन भन्दा धेरै अन्तरिक्ष फोहोर जम्मा भइसकेको छ ।

यस्ता फोहोरका टुक्रा कक्षबाट उछिट्टिएर पृथ्वीतर्फ अनियन्त्रित भएर खस्ने घटनाहरु बढिरहँदा धेरैको चिन्ता छ कि के यस्ता घटना रोक्न सकिन्छ ? अनि यसबाट हुने क्षतिको पूर्ति कसले गरिदिन्छ ? वैज्ञानिकहरुका अनुसार यसका लागि तीनवटा महत्वपूर्ण कदम उठाउनु आवश्यक छ । पहिलो आधिकारिक संस्थाहरुले यस्तो खतरनाक परिस्थितिलाई रोक्ने काम पहिलेदेखि नै गर्नुपर्दछ । दोश्रो, नियम तथा प्रोटोकलहरुको पालना र निगरानीका लागि प्रारुप तयार पार्नु पर्दछ । तेश्रो, यदि यस्ताखाले दुर्घटना भएमा अन्तर्राष्ट्रिय संस्थाहरुको जिम्मेवारी तयार गर्नका लागि पनि एक रुपरेखा तयार गर्नु पर्दछ ।

अन्तरिक्षयान घरमाथि खस्यो भने के हुन्छ ?

यदि कुनै देशको अन्तरिक्ष यान तपाइँको घरमाथि खस्यो वा दुर्घटनाग्रस्त भयो भने यस्तो दुर्घटनाको लागि पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता अर्थात् कानून उपलब्ध छ । वर्तमान अन्तरीक्ष कानून भनेको सन् १९७६ को बाह्य अन्तरीक्ष सन्धी (इगतभच क्उबअभ त्चभबतथ) र सन् १९७२ को दायित्व महासन्धि (Liability Convention) हुन् । यी दुबै कानूनलाई अमेरिकाले पनि स्विकार गरेको छ । यी सन्धी सम्झौता अनुसार यदि कुनै देशको अन्तरीक्षयान क्षतिग्रस्त वा दुर्घटनाग्रस्त भएर कुनैपनि अन्य देशको सिमानाभित्र खस्यो भने त्यो विषय ती दुई देशबीचको मुद्दा बन्दछ ।

यस्तो दुर्घटनाको लागि अन्तरीक्ष फोहोर उत्पादक मुलुक अन्तराष्ट्रिय स्तरमा जिम्मेवार बन्दछ र भएको क्षतिको क्षतिपूर्ति दिनु पर्दछ । भलै त्यस्तो क्षति उक्त देशको निजी कम्पनीद्वारा भएको किन नहोस् । जस्तो एलन मस्कको कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको यान कुनै मुलुकमा खसेर क्षति भएका त्यसको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्दछ ।

कसरी कार्यान्वयन हुन्छ कानून ?

यस कानून अनुसार अन्तरिक्ष फोहोर खसेर क्षति भोगको पीडित मुलुकले कुनै अन्तरिक्षयानको फोहोर वा क्षतिग्रस्त टुक्रा पृथ्वीको सतहमा वा आकाशमै उडिरहेको आफ्नो जहाजमा खसेर कति क्षति पुरायो भन्ने कुरा सावित गर्नुपर्ने आवश्यकता हुँदैन । राजनीतिक स्तरमा दुई मुलुकबीच कुराकानी भएर क्षतिपूर्तिको प्रक्रिया अगाडि बढ्छ ।

रुसले दिएको थियो २९ करोड रुपैयाँ

सन् १९७८ मा सोभियत संघको कसमस ९५४ स्याटेलाइट क्यानडाको उत्तर पश्चिमी क्षेत्रस्थित खाली जमिनमा खसेको थियो । दुर्घटनापछि उक्त यानको परमाणु रियक्टरबाट रेडियाधर्मी फोहोर त्यस क्षेत्रको ठूलो भागमा फैलियो । अमेरिका तथा क्यानडाको संयुक्त टीमले उक्त रेडियोधर्मी फोहोरलाई हटाए, जसका लागि त्यस समयको १ करोड ४० लाख क्यानेडियन डलर अर्थात् झण्डै १ अर्ब ३४ करोड रुपैयाँ बराबरको रकम खर्च भएको थियो । तत् पश्चात् क्यानडाले सोभियत संघ समक्ष ६० लाख क्यानेडियन डलर क्षतिपूर्ति माग गर्‍यो। अन्ततः सोभियत संघले समझदारी अनुरुप क्यानडालाई ३० लाख क्यानेडियन डलर अर्थात् २९ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति दिएको थियो ।

दायित्व महासन्धि अन्तर्गत बनेका सन्धि सम्झौताको उपयोग गरी यसरी क्षतिपूर्ति दिएको यो नै पहिलो र हालसम्मको एकमात्र घटना हो । कुनै देशको अन्तरिक्षयान तथा अन्तरिक्ष फोहोर अरु कुनै देशमा दुर्घटनाग्रस्त भएको एकमात्र घटना पनि त्यहीँ हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यस्ता छन् आईटी क्षेत्रका आकर्षक जागिर, कसको तलब कति ?
  • २०७८ जेष्ठ २०, बिहीबार १५:३८
  • In "समाचार"
  • के अन्तरिक्ष युद्धतर्फ अघि बढ्दैछन् अमेरिका, रुस र चीन ?
  • २०७८ जेष्ठ २०, बिहीबार १५:३८
  • In "सूचना-प्रविधि"
  • नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या
  • २०७८ जेष्ठ २०, बिहीबार १५:३८
  • In "थप"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कर्णालीमा २ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version