No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने

कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने

काठमाडौं। जेन-जी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिएका छन्।

विद्रोहका बेला प्रदर्शनकारीको भौतिक आक्रमण समेत झेलेका देउवाले माहोल तातेको तत्कालीन समयमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफूलाई ‘लचिलो’ देखाएका थिए। तर, विद्रोह गर्ने युवा पुस्ताहरु नै विभिन्न समूहमा विभाजित भएर कमजोर हुन थालेपछि देउवा पुनः शक्ति आफ्नै पकडमा राख्ने प्रयासमा जुटेका छन्।

देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको भए पनि अझैसम्म पार्टीको वास्तविक सभापति देउवा नै हुन्। पार्टी विधानअनुसार देउवाले कार्यवाहकलाई जुनसुकै बेला जिम्मेवारीबाट हटाउन सक्छन्। अहिलेसम्म खड्काबाट कार्यवाहकको जिम्मेवारी फिर्ता नलिएको भए पनि देउवा पार्टीभित्र भने सभापतिकै शक्तिका साथ सक्रिय हुन थालेका छन्।

कांग्रेसभित्र निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने संस्थापनइतर पक्षको मागलाई मत्थर पार्दै आफ्नै नेतृत्वमा निर्वाचनमा जाने माहोल बनाउन देउवाले सक्रियता बढाएका छन्। यसका लागि उनले निर्वाचनअघि महाधिवेशनको प्रक्रिया मात्रै सुरु गर्ने शर्तमा महाधिवेशन पक्षधरलाई मनाउने प्रयास थालेका छन्।

पार्टीको विधानअनुसार देउवाको कार्यकाल सकिइसकेको छ। विधानले लिएको विशेष अधिकार प्रयोग गरेर आफ्नो कार्यकाल केही समय लम्ब्याउनेबाहेक देउवासँग पार्टी सभापतिमा रहिरहने अर्को कुनै विकल्प छैन। दुई कार्यकाल सभापति भइसकेका उनी फेरि सभापतिको निर्वाचनमा सहभागी हुन पाउँदैनन्।

आफू फेरि सभापति हुन नपाउने अवस्थामा देउवाले आउँदो निर्वाचनमा आफ्नै नेतृत्वमा जाने र आफू सभापति नरहे पनि सभापतिको जिम्मेवारीमा आफ्नै पक्षका नेतालाई जिताएर पार्टीमा आफ्नो पकड कायमै राख्ने रणनीति बनाएका छन्। यसका लागि पार्टीका सांसदहरु आफ्ना हुनुपर्ने भएकोले निर्वाचनको टिकट वितरण आफ्नै अधीनमा गर्ने देउवाको रणनीति प्रस्ट देखिएको छ।

पार्टीमा महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मासहित अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा भिडेका नेता शेखर कोइराला समेत सकेसम्म पुसभित्रै नियमित महाधिवेशन गर्ने र त्यसो हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, देउवाले उनीहरुलाई भुलाउँदै निर्वाचनमा आफ्नै नेतृत्वमा जाने रणनीति अगाडि बढाइरहेका छन्।

यो रणनीतिको पहिलो चरणमा देउवा सफल पनि भइसकेका छन्। निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम मितिसम्म आलटाल गरेरै देउवाले महाधिवेशनको मिति तोकेनन्। यससँगै अन्तिम समयमा पार्टी सभापतिको रुपमा देउवाकै हस्ताक्षरमा निर्वाचन आयोगमा दल दर्ता भइसक्यो। यसले देउवाकै नेतृत्वमा चुनाबमा जाने बाटो सहज पारिसकेको छ।

यसरी दल दर्ता भइसकेपछि उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री गगन थापाले निर्वाचनअघि नै महाधिवेशन हुने दाबी गरेका थिए। उनले महाधिवेशनपछि नयाँ सभापतिको नेतृत्वमा निर्णय सच्याएर निर्वाचन आयोगमा दल दर्ता गरिने दाबी समेत गरेका थिए। यद्यपि पार्टीले अझैसम्म महाधिवेशनको मिति घोषणा भने गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

देशभर कृषि सर्वेक्षण गरिँदै

देशभर कृषि सर्वेक्षण गरिँदै

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलमै हत्याको आशंका, छोराले मागे जीवित भएको प्रमाण

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलमै हत्याको आशंका, छोराले मागे जीवित भएको प्रमाण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .